नबिल बैंकले साउन ६ गतेदेखि ऋणपत्र निष्कासन गर्ने

काठमाडौं । नबिल बैंक लिमिटेडले साउन ६ गतेदेखि ऋणपत्र निष्कासन गर्ने भएको छ ।
बैंकले ‘७ प्रतिशत नबिल डिबेन्चर २०८९’ निष्कासन गर्न असार १२ गते नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको थियो ।
८ वर्षे अवधिको यो ऋणपत्रको वार्षिक ब्याजदर भने ७ प्रतिशत हुनेछ ।
बैंकले ३ अर्ब रुपियाँबराबरको प्रतिकित्ता १ हजार रुपियाँका दरले ३० लाख कित्ता ऋणपत्र निष्कासन गर्नेछ । जसमध्ये १८ लाख कित्ता व्यक्तिगत तवरबाट र १२ लाख कित्ता सार्वजनिक निष्कासनमार्फत (सामूहिक लगानी कोषका लागि सुरक्षित गरिएको ६० हजार कित्तासहित) बिक्री गरिनेछ ।
लगानीकर्ताले न्यूनत २५ कित्ता र अधिकतम १२ लाख कित्ताको माग गर्दै आवेदन दिन सक्नेछन् ।
आवेदन दिने अन्तिम मिति साउन ९ गतेलाई तोकिएको छ । यद्यपि, तोकिएको समयभित्र पर्याप्त आवेदन नपरेमा म्याद २० गतेसम्म लम्बिनेछ ।
बैंकको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक नेपाल एसबिआई मर्चेण्ट बैंकिङ लिमिटेड रहेको छ ।

LEAVE A REPLY