युनाइटेड अजोड इन्स्योरेन्सको वार्षिक साधारणसभा सम्पन्न

काठमाडौं । युनाइटेड अजोड इन्स्योरेन्स लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । काठमाडौंको आम्रपाली ब्याङ्क्वेट भाटभटेनीमा सोमबार साधारणसभा सम्पन्न भएको हो।
सभामा सञ्चालक समितिको वार्षिक प्रतिवेदन, २०८०, ८१ को युनाइटेड अजोड इन्स्योरेन्स लिमिटेडको लेखापरीक्षण प्रतिवेदनसहितको लेखापरीक्षण गरिएको २०८१ साल असार मसान्तसम्मको वासलात, नाफा नोक्सान हिसाब र नगद प्रवाह विवरण तथा सोसँग सम्बन्धित अनुसूची सभाबाट पारित गरिएको थियो । साथै, सञ्चालक समितिबाट पेश गरिएका सबै सामान्य र विशेष प्रस्ताव सर्वसम्मतिबाट पारित गरिएको थियो ।
कम्पनीले प्रधान कार्यालय लगायत ६ वटा प्रादेशिक कार्यालय, ३९ वटा शाखा, ४३ वटा उपशाखा कार्यालयहरु, १५ वटा बीमा काउण्टरहरु र ६ वटा तेस्रो पक्ष बीमा काउण्टरहरुबाट र ३६५ बीमा सेवा प्रदान गर्दै आएको ।

LEAVE A REPLY