काठमाडौं । प्रभु बैंकका ग्राहक र कर्मचारीले ललितपुरको झम्सिखेलस्थित होपफुल हराइजन नेपालमा विशेष छुट पाउने भएका छन् । बैंकका ग्राहक र कर्मचारीले होपफुलको मानसिक स्वास्थ्य सम्बन्धि सेवामा विशेष छुट पाउने गरी दुई पक्षीय समझदारी भएको हो ।
एक समारोहका बिच होपफुल हराइजन नेपालका तर्फबाट डा. प्रकृति प्रधान र प्रभु बैंकका तर्फबाट प्रमुख मार्केटिङ अफिसर रमेश कुमार श्रेष्ठले समझदारीपत्रमा हस्ताक्षर गरे ।
छुट सुविधा प्राप्त गर्नका लागि बैंकका ग्राहकले प्रभु बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड तथा प्रिभिलेज कार्ड मध्ये कुनै एक पेश गर्नुपर्ने छ ।
होपफुल हराइजन नेपाल नेपालको एक दक्ष एवं अनुभवी विषेशज्ञको टोलीद्वारा निजी क्षेत्रबाट सञ्चालित मानसिक स्वास्थ सेवा प्रदायक संस्था हो । यस संस्थाले सबै उमेर समूहका लागि विभिन्न किसिमका मानसिक स्वास्थ सम्बन्धि सेवाहरु उपलब्ध गराउँदै आइरहेको छ ।
बैंक अफ द इयर २०२३ समेत रहेको प्रभु बैंकका नेपालभर ३१२ शाखा कार्यालय, २८६ एटीएम साथै ६८ एक्सटेन्सन काउन्टरमार्पmत करिब ३१ लाख भन्दा बढी ग्राहकलाई बैंकिङ एवं वित्तीय सेवा प्रवाह गरिरहेको छ ।