काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ । विवरणअनुसार बैंकको नाफा ९२.४५ प्रतिशतले बढेको छ ।
समीक्षा अवधिमा बैंकले २ अर्ब १ करोड १४ लाख रुपियाँ खुद नाफा कमाएको छ । अघिल्लो आवको सोही अवधिमा बैंकले १ अर्ब ४ करोड ५१ लाख रुपियाँ खुद नाफा कमाएको थियो ।
समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी १५.४१ प्रतिशत र खुद फी तथा कमिशन आम्दानी १८.१६ प्रतिशत, कुल सञ्चालन आम्दानी १६.५१ प्रतिशत र सञ्चालन मुनाफा ९९.९१ प्रतिशत बढेको छ ।
नाफासँगै बैंकको प्रतिशेयर आम्दानी पनि बढेको छ । असार मसान्तसम्म बैंकको यस्तो आम्दानी ८.३१ बढेर १७.३१ रुपियाँ पुगेको छ । असार मसान्तसम्ममा बैंकको वितरणयोग्य मुनाफा १ अर्ब ७ करोड रुपैयाँ र वितरणयोग्य प्रतिशेयर आम्दानी ९.२३ रुपियाँ, मूल्य आम्दानी अनुपात १४.९९ गुणा र प्रतिशेयर नेटवर्थ १६३.८० रुपियाँ रहेको छ ।
११ अर्ब ६२ करोड १३ लाख रुपियाँ चुक्ता पुँजी रहेको यस बैंकको जगेडा कोषमा ७ अर्ब ४१ करोड रुपियाँ सञ्चित छ ।