काठमाडौं । नबिल बैंकले गत आर्थिक वर्षमा ७ अर्ब १२ करोड ७५ लाख रुपियाँ नाफा निकालेको छ । यो अघिल्लो आवको तुलनामा १५ प्रतिशतले बढी हो । अघिल्लो आवमा बैंकले ६ अर्ब १९ करोड ७१ लाख रुपियाँ नाफा कमाएको थियो ।
गत आवको चौथो त्रैमाससम्म बैंकको खुद ब्याज आम्दानी सामान्य बढेर १६ अर्ब ३२ करोड ७२ लाख, खुद शुल्क तथा कमिसन आम्दानी ५.३८ प्रतिशत बढेर ३ अर्ब ४१ करोड ६१ लाख, कुल सञ्चालन आम्दानी ३.४० प्रतिशतले बढेर २१ अर्ब ५१ लाख र सञ्चालन नाफा २५.४४ प्रतिशत बढेर १० अर्ब ८४ करोड ७८ लाख रुपियाँ पुगेको छ ।
यस अवधिमा बैंकको नाफासँगै प्रतिशेयर आम्दानी पनि बढेको छ । अघिल्लो आवमा ३.४४ रुपियाँ रहेको यस्तो आम्दानी गत आवमा बढेर २६.३४ रुपियाँ पुगेको छ । त्यस्तै, बैंकको प्रतिशेयर नेटवर्थ २३५.५८ रुपियाँ र मूल्य आम्दानी अनुपात २०.५५ गुणा रहेको छ ।
अघिल्लो आवमा ४.४५ प्रतिशत रहेको खराब कर्जा गत आवमा ४.२७ प्रतिशतमा झरेको छ ।
त्यस्तै, गत आवमा बैंकको वितरणयोग्य नाफा ५४.८६ प्रतिशतले बढेर अर्ब ७७ करोड रुपियाँ रहेको छ । यसका आधारमा बैंकको लाभांश वितरण क्षमता १७.६४ प्रतिशत रहेको देखिन्छ । अघिल्लो आवमा यस्तो क्षमता लाभांश क्षमता ११.३९ प्रतिशत थियो ।
२७ अर्ब ५ करोड ६९ लाख चुक्ता पुँजी रहेको बैंकको जगेडा कोषमा करिब ३१ अर्ब ९१ करोड रुपियाँ सञ्चित छ ।