काठमाडौं । एनएमबि बैंक लिमिटेडको नाफा गत आर्थिक वर्षमा ४६.२२ प्रतिशतले बढेको देखिएको छ ।
अघिल्लो आव २०८०, ०८१ मा २ अर्ब २४ करोड रुपियाँ नाफा कमाएको बैंकले गत आव २०८१, ०८२ मा ३ अर्ब २८ करोड रुपियाँ नाफा कमाएको छ ।
समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी ११.१४ प्रतिशतले बढेर ८ अर्ब २ करोड ८ लाख रुपियाँ र खुद फी तथा कमिशन आम्दानी २१.६२ प्रतिशतले बढेर २ अर्ब १८ करोड १७ लाख रुपियाँ पुगेको छ ।
त्यस्तै, बैंकको कुल सञ्चालन आम्दानी १४.३४ प्रतिशत र सञ्चालन मुनाफा ६४.४६ प्रतिशत बढेको छ ।
नाफासँगै बैंकको प्रतिशेयर आम्दानी पनि बढेको छ । यस अवधिमा बैंकको प्रतिशेयर आम्दानी ५.६६ रुपियाँले बढेर १७.९०रुपियाँ पुगेको छ भने प्रतिशेयर नेटवर्थ १८०.६८ रुपियाँ र मूल्य आम्दानी अनुपात १५.१० गुणा रहेको छ ।
१८ अर्ब ३३ करोड ६७ लाख रुपियाँ चुक्ता पुँजी रहेको बैंकको जगेडा कोषमा १४ अर्ब ३१ करोड रुपियाँ सञ्चित छ । गत आवको चौथो त्रैमाससम्म बैंकको वितरणयोग्य मुनाफा १ अर्ब ९० करोड रुपियाँ रहेको छ भने वितरणयोग्य प्रतिशेयर आम्दानी १०.४१ रुपियाँ रहेको छ।