काठमाण्डौं । एनएमबि बैंक लिमिटेडले संस्थापक समूहको शेयर बिक्रीमा ल्याएको छ । बैंकको विभिन्न संस्थापक शेयरधनीको स्वामित्वमा रहेको ५ लाख ९८ हजार १४५ कित्ता संस्थापक शेयर आजदेखि बिक्रीमा राखिएको हो ।
उक्त शेयर खरिदका लागि बैंकका विद्यमान संस्थापक शेयरधनी तथा अन्य व्यक्ति तथा कम्पनीहरुले आवेदन दिन सक्नेछन् । लगानीकर्ताले सूचना प्रकाशित भएको ७ दिनभित्र आवेदन दिनुपर्नेछ । सर्वसाधारणहरुले आफुलाई पायक पर्ने कार्यालयबाट शेयर खरिदको लागि आवदन दिन सक्नेछन् ।