Page 16

बझाङमा भूकम्पको धक्का महसुस

बझाङ । बझाङमा भूकम्पको धक्का महसुस गरिएको छ ।
शुक्रबार राति ११ बजेर ३२ मिनेट जाँदा भूकम्पको गएको हो । भूकम्प मापन केन्द्र सुर्खेतका अनुसार छविसपाथिभेरा गाउँपालिकाको पतालचौर आसपास केन्द्र भएर ४.४ रेक्टर स्केलको भूकम्प गएको हो ।
बझाङमा गत असोज १६ गतेको भूकम्पपछि लगातार पराकम्पको गइरहेको छ । सदरमुकाम चैनपुरमा भूकम्पले घरहरू हल्लिएपछि स्थानीयहरू खुला चौरमा आएर फेरि घर फर्किएका छन् ।

भालुबाङ बस दुर्घटना ः मृतक १२ मध्ये ८ जनाको सनाखत

बुटवल । दाङको राप्ती गाउँपालिका–१ भालुबाङस्थित राप्ती नदीको पुलबाट बस खस्दा मृत्यु हुने मध्येका ८ जनाको सनाखत भएको छ। मृतक १२ जना मध्ये दुई जना भारतीय नागरिक सहित ८ जनाको परिचाहन भएको हो।
मृत्यु हुनेहरूमा बाँके जिल्ला बस्ने वर्ष ६० का कुसुम बस्नेत, मकवानपुर बस्ने वर्ष ३९ का सौरभ विष्ट, काठमाडौँ चन्द्रागिरि बस्ने वर्षका ६५ ताराकान्त पाण्डे, भारत उत्तर प्रदेशका वर्ष ३१ का मुने, जुम्लाका वर्षका ४० मुन बहादुर रावत, बाँकेका वर्ष ३०का रामवरण हरिजन, रुकुमका वर्ष २५ का दीपक कामी, भारत विहारका वर्ष ६७ का जोगेन्द्र रामको सनाखत भएको प्रहरीले जानकारी दिएको छ।
दुर्घटनामा परी २३ जना घाइते छन्। घाइतेमध्ये ४ जनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय, दाङले जानकारी दिएको छ।
बाँकेको नेपालगन्जबाट काठमाडौँ आउँदै गरेको भे १ ख ३९१२ नम्बरको बस गए राति पुलबाट तल राप्ती नदीमा खसेको थियो । घाइतेहरूमध्ये ७ जना बुटवल, १४ जना कोहलपुर र दुई जनाको भालुबाङ अस्पतालमा उपचार भइरहेको छ।
प्रहरीका अनुसार १२ वटै शव पोस्टमार्टमका लागि लमही अस्पतालमा राखिएको छ। नमस्ते यातायातको बसमा ३६ जना सवार थिए। सल्यान निवासी वर्ष २८ का बस चालक लालबहादुर नेपालीलाई प्रहरीले नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ।

भालुवाङ बस दुर्घटना ः ५ जनाको मृत्यु, २५ जना घाइते

काठमाडौं । नेपालगञ्जबाट काठमाडौं आउँदै गरेको बस दाङको भालुवाङस्थित पुलबाट राप्ती नदीमा खस्दा ५ जनाको मृत्यु भएको छ। २५ जना घाइते भएका छन्।
नेपालगञ्जबाट काठमाडौं आउँदै गरेको भे १ ख ३९१२ नम्बरको बस शुक्रबार राति १० बजेतिर राप्ती नदीमा खसेको थियो।

भालुवाङ बस दुर्घटनामा चार जनाको घटनास्थलमै मृत्यु

काठमाडौं । दाङको भालुवाङमा भएको बस दुर्घटनामा चारजनाको घटनास्थलमै ज्यान गएको छ ।
नेपालगञ्जबाट काठमाडौंतर्फ आइरहेको भे १ ख ३९१२ नम्बरको बस राप्ती गाउँपालिका–१ स्थित राप्ती पुलबाट खसेको हो ।

दाङको भालुवाङस्थित राप्ती पुलबाट बस खस्यो

दाङ । दाङको राप्ती गाउँपालिका–१ स्थित राप्ती पुलबाट बस खसेको छ । शुक्रबार राति नेपालगन्जबाट काठमाडौंतर्फ जाँदै गरेको भे १ ख ३९१२ नम्बरको बस १० बजे राप्ती पुलबाट खसेको हो ।
जिल्ला प्रहरी कार्यलयले बस दुर्घटना भएको पुष्टि गरेको छ । गाडीमा ३० जना सवार रहेको प्रहरीले जानकारी दिएको छ। थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ। अहिले सेना र प्रहरी घटनास्थलमा पुगेर उद्धार कार्य जारी छ ।

 

नागरिक उन्मुक्ति पार्टीको अध्यक्षमा रेशम चौधरी चयन

धनगढी । नागरिक उन्मुक्ति पार्टी (नाउपा) महाधिवेशनबाट अध्यक्ष पदमा रेशमलाल चौधरी निर्विरोध चयन भएका छन् ।
कैलालीको टीकापुरमा जारी पार्टीको प्रथम महाधिवेशनबाट चौधरी पार्टी अध्यक्षमा निर्विरोध चयन भएका हुन।
निर्वाचन प्रक्रियामा अध्यक्ष पदमा रेशमको मात्रै उम्मेदवारी परेकाले उनी निर्विरोध निर्वाचित भएको जानकारी दिर्ईएको छ । उनकी पत्नी रञ्जिता श्रेष्ठ दौडमा भए पनि उनले अन्तिमसम्म उम्मेदवार दिइनन् ।

बम्जनको सम्पत्ति अनुसन्धान गर्न सीआईबीको टोली सिन्धुपाल्चोक र बारा जाँदै

काठमाडौं । ‘लिटिल बुद्ध’ भनेर प्रचारित ‘तपस्वी’ रामबहादुर बम्जन पक्राउ परेसँगै प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को टोली उनको आश्रममा जाने भएका छन् । बम्जनले सञ्चालन गरेको आश्रमको थप अनुसन्धान गर्न जान लागेका हुन् ।
हराएका व्यक्तिहरूका आफन्तले दिएको उजुरीका आधारमा सीआईबीको टोली पुनः बम्जनको आश्रम सिन्धुपाल्चोक र बारामा जान लागेका हुन् ।
बम्जनले सञ्चालन गरेको सिन्धुपाल्चोकको बाँडेगाँउको आश्रमबाट २०६९ मा हेटौँडाका ५१ वर्षीय सञ्चलाल बाइबा, २०७१ मा नुवाकोटका २९ वर्षीया चिनिमाया तामाङ, मकवानपुरकी फूलमाया रुम्बा र बाराको खुमजोर आश्रमबाट सुरेशकुमार आलेलाई बेपत्ता पारेको आरोप बम्जनमाथि छ ।
यसअघि समेत प्रहरीले बम्जनको आश्रमबाट शव गलाउन प्रयोग गरिएको नुनसहित केही शंकास्पद बस्तु फेला पारेको थियो । तर, शव पहिचान हुने अन्य प्रमाण भने प्रहरीले फेला पार्न सकेको छैन । त्यसैको खोजीमा सीआईबीको टोली पुनः आश्रमको अनुसन्धानमा जान लागेको सीआईबी स्रोतले जानकारी दिएको छ ।
त्योबाहेक सीआईबीले उनको घरबाट बरामद गरिएको विभिन्न १६ मुलुकको अवैध रुपैयाँ र नेपाली रकमको स्रोतबारे समेत अनुसन्धान गर्ने भएको हो ।
सीआईबीका एसएसपी दिनेश आचार्यले उनको घरबाट बरामद भएको रकमको स्रोतबारे अनुसन्धान हुने जनाए । सीआईबीले बम्जन बस्दै आएको काठमाडौंको बूढानीलकण्ठस्थित घरबाट तीन करोड ३० लाख नगद रुपैयाँ बरामद गरेको थियो । त्यस्तै, करोडौँ पर्ने टोयोटाको हाइलक्स वाग्मती प्रदेश–०१०२५ च ३६४० नम्बरको गाडी समेत नियन्त्रणमा लिएको छ ।
अर्को गाडी खरिदको लागि थप साढे चार करोड रुपैयाँ नगद बुझाएको खुलेको छ । मंगलबार साँझ पक्राउ परेका बम्जनलाई सीआईबीले बुधबार नै सर्लाही पठाएको थियो ।
उनलाई जिल्ला अदालत सर्लाहीले बिहीबार पुर्पक्षका लागि थुनामा पठाएको छ । सर्लाही नै गएर थप अनुसन्धान गर्ने सीआईबीको तयारी छ । बम्जन बस्दै आएको घरबाट सीआईबीको टोलीले बिहीबार समेत केही शंकास्पद बस्तु नियन्त्रणमा लिएको छ ।
मंगलबार १५ थान मोबाइल फोन बरामद गरेको सीआईबीले बिहीबार थप केही थान पेनड्राइभ, सीसीटीभी स्टोरेज र तीनवटा मोटरसाइकल समेत नियन्त्रणमा लिएको हो ।
सोही उजुरीको आधारमा बम्जनमाथि पहिलोपटक सर्लाही अदालतले २०७६ माघमा पक्राउ पुर्जी जारी गरेको थियो । त्यसयता उनी प्रहरीको फरार सूचीमा थिए ।

श्रीमतीको हत्या गरी एक जना फरार

विराटनगर । पाँचथरको मिक्लाजुङ गाउँपालिका–३ आरुबोटेका एक युवकले श्रीमतीको हत्या गरेका छन् ।
असफल कुरुम्बाङले धारिलो हतियार प्रहार गरी श्रीमती गोमा फियाकको हत्या गरेको प्रहरीले जानकारी दिएको छ ।
घरासयी विवाद मिलाउन छलफल भइरहेका बेला एक्कासी उनले श्रीमतीमाथि आक्रमण गरेका थिए । त्यस क्रममा छुट्याउन खोज्ने उनकी सासु कान्छीमाया र स्थानीय महेन्द्र श्रेष्ठ सिकिस्त घाइते भएका छन । दुवैजनाको झापाको बिर्तामोडस्थित बी एण्ड सी अस्प्तालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
घटनालगत्तै कुरुम्बाङ फरार भएका छन । प्रहरीले उनकी खोजी गरिरहेको छ ।

शिवम् सिमेन्ट्सको आठौंसाधारण सभा सम्पन्न

काठमाडौं । शिवम् सिमेन्ट्स लिमिटेडको आठौं वार्षिक साधारण सभा सम्पन्न भएको छ । कम्पनीका अध्यक्ष गौरव गोयलको अध्यक्षतामा आज राष्ट्रिय सभागृह, प्रर्दशनी मार्ग, काठमाडौंमा साधारण सभा सम्पन्न भएको हो ।
उक्त साधारण सभाबाट आव २०७९, ०८० सम्मको संचित मुनाफाबाट शेयरधनीलाई १५ प्रतिशतका दरले लाभाँस वितरण गर्ने प्रस्ताव पारित भएको छ ।
आव २०७९, ०८० सम्मको संचित मुनाफाबाट (शेयर प्रिमियम वापतको रकम यथावत रुपमा कम्पनीमा नै संचित राखी) अन्य संचित रकमबाट शेयरधनीलाई चुक्ता पूँजी रु ४ अर्व ४० करोडको १४.२५ प्रतिशतका दरले रु. ६२ करोड ७० लाख बराबरको वोनस शेयर र ०.७५ प्रतिशतका दरले (कर प्रयोजनका लागि) रु. ३ करोड ३० लाख नगद लाभाँससहित आफ्ना शेयरवालाहरुलाई कूल जम्मा १५ प्रतिशतका दरले लाभाँस वितरण गर्ने प्रस्ताव समेत पारित गरिएको हो ।
हाल कम्पनीको अधिकृत पुँजी ७ अर्व र जारी तथा चुक्ता पूँजी रु. ४ अर्व ४० करोड रहेकोमा १४.२५ प्रतिशतकाका दरले बोनश शेयर वितरण गरे पश्चात कम्पनीको जारी तथा चुक्ता पूँजीमा बृद्धि भई ५ अर्ब २ करोड ७० लाख कायम हुनेछ ।

राष्ट्रपतिले गरे पृथ्वीनारायण शाहको शालिकमा माल्यार्पण

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले पृथ्वी जयन्तीको उपलक्ष्यमा सिंहदरबार मूल गेट अगाडि रहेको पृथ्वीनारायण शाहको शालिकमा माल्यार्पण गरेका छन् ।
राष्ट्रपति पौडेलले शुक्रबार बिहान नेपाल एकीकरण अभियानका नेतृत्वकर्ता पृथ्वीनारायण शाहको ३०२औँ जन्मजयन्ती तथा राष्ट्रिय एकता दिवसको सन्दर्भमा सिंहदरबार पश्चिम गेट पुगेर पृथ्वीनारायण शाहको शालिकमा माल्यार्पण गरेका हुन् ।
सो अवसरमा नेपाली सेनाको टोलीले सम्मान गारत अर्पण गरेको थियो ।

लेटेष्ट समाचार

गृह मन्त्रालयको भर्चुअल बैठक ः निर्वाचन सुरक्षामा केन्द्रित रहन निर्देशन

काठमाडौं । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनलाई स्वच्छ, निष्पक्ष, शान्तिपूर्ण र भयरहीत वातावरणमा सम्पन्न गर्न गृह मन्त्रालयले सबै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुसँग भर्चुअल बैठक सम्पन्न...

सामाजिक सञ्जाल नियमन सम्बन्धी विधेयक संसदवाट फिर्ता लिने सरकारको निर्णय

काठमाण्डौं । सरकारले सामाजिक सञ्जालको सञ्चालन प्रयोग तथा नियमन गर्न बनेको विधेयक सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०८१ संघीय संसदवाट फिर्ता लिने निर्णय गरेको...

पुरानो संसद् फर्काउने चलखेल र धम्की स्वीकार्दैनौं ः रवि लामिछाने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले अझै पनि ज–जसले गठबन्धन गरे पनि निर्वाचनबाट आउने परिणाम स्वीकार्न तयार रहेको जनाएका छन्...