Page 18

माओवादी केन्द्रीय कमिटी १५१ सदस्यीय बनाउन प्रस्ताव

काठमाडौं । नेकपा (माओवादी केन्द्र) ले स्थायी कमिटी बैठक आह्वान गरेको छ । बैठक आगामी शनिबार बिहान ११ बजेका बोलाइएको कोषाध्यक्ष तथा कार्यलयका मुख्यसचिव श्रीराम ढकालले जानकारी दिए । बैठक पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बस्ने छ ।
बैठकमा विधान संशोधनका विषयमा छलफल हुने उनको भनाइ छ । माओवादीले विधान संशोधनका लागि उपाध्यक्ष पम्फा भुसालको नेतृत्वमा विधान मस्यौदा समिति गठन गरेको थियो । सोही समितिले आएका सुझाव प्रस्तुत गर्ने छ ।
मस्यौदा समितिका सदस्य तथा उपमहासचिव गिरिराजमणि पोखरेलका अनुसार केन्द्रीय कमिटीको आकार घटाएर १५१ सदस्यीय बनाउने प्रस्ताव पेस गरिने छ । केन्द्रीय कमिटीको आकार ९९ सदस्यीय बनाउन पनि सुझाव आएको छ ।
ढकालका अनुसार बैठकले विधान सम्मेलनको मिति तय गर्ने छ । माओवादीले फागुन पहिलो साता विधान सम्मेलन गर्ने निर्णय गरेकको छ । तर, मिति तोक्न बाँकी छ ।
पार्टीले चार महिनासम्म चलाएको रूपान्तरण अभियानको समीक्षा गर्ने एजेन्डा स्थायी कमिटी बैठकको छ । त्यसैगरी नेताहरूको कार्यविभाजन तोक्ने तयारी पनि छ ।

शेयर बजारमा ०.६२ अंकको गिरावट, ४ अर्ब ३० करोडको कारोबार

Frustrated business man looking at the falling graph of a stock market struck in financial crisis

काठमाडौं । शेयर बजारले झिनो करेक्शनसहित यो साताका लागि बिश्राम लिएको छ ।
नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) का अनुसार लगातार उकालो चढिरहेको बजार आज ०.६२ अंकले ओरालो झरेको हो । ०.०३ अंकले बजार घट्दा नेप्से २०८८.९९ अंकमा ओर्लिएको छ ।
आज ३०७ कम्पनीका २ करोड २१ लख ३२ हजार ७ सय ६८ कित्ता शेयर किनबेच हुँदा ४ अर्ब ३० करोड ७७ लाख ६३ हजार २ सय ७७.२७ रुपियाँ बराबरको कारोबार भएको हो ।
समग्रमा बजारमा झिनो करेक्शन देखिए पनि विभिन्न १२ कम्पनीका लगानीकर्ताहरुले प्रतिशत बढी नाफा कमाएका छन् । निर्धन उत्थान लघुवित्त, समाज लघुवित्त, मिड सोलु हाइड्रो, त्रिशुली जलविद्युत, मुक्तिनाथ कृषि कम्पनी र नेपाल वायरहाउजिङको शेयर मूल्य १०–१० प्रतिशतले बढेको हो ।
त्यस्तै हिमालयन रि, मेगा म्युचुअल फण्ड १, भूगोल इनर्जी, सानिमा मिडिल तमोर, थ्री स्टार हाइड्रो र मनकामना इन्जिनियरिङ हाइड्रोका लगानीकर्ताहरुले क्रमशः ९.९९, ९.९५, ९.८६, ९.७३, ९.७३ र ९.५८ प्रतिशतले नाफा कमाएका छन् ।
त्यस्तै नेपाल एसबिआई बैंकको ऋणपत्रका लगानीकर्ताहरुले सबैभन्दा बढी ९.६० प्रतिशतले घाटा व्यहोरेका छन् ।
आज हिमालयन बैंकको संस्थापक शेयर सबैभन्दा बढी किनबेच भएको छ । २३ करोड ८५ लाख ७ हजार २२ रुपियाँ बराबरको शेयर किनबेच भएको नेप्सेले जानकारी दिएको छ ।
साताको पहिलो दिन आइतबार २६.३६ अंकले बजार घट्दा ५ अर्ब २४ करोड १४ लाख ८ हजार ३ सय ७९.८५ रुपियाँ, सोमबार ३६.५७ अंकले बजार बढ्दा ४ अर्ब ६७ करोड ५२ लाख २४ हजार ९ सय ६.२८ रुपियाँ, मंगलबार २०.६२ अंकले बजार बढ्दा ६ अर्ब ११ करोड ८३ लाख १७ हजार ८ सय ६६.६७ रुपियाँ र हिजो बुधबार ९.५० अंकले बजार बढ्दा ५ अर्ब १३ करोड ४८ लाख ४८ हजार ७ सय ८९.३८ रुपियाँ बराबरको कारोबार भएको थियो ।

बर्दियामा आगोले जलेर वृद्धाको मृत्यु

काठमाडौं । बर्दियामा आगोले जलेकी एक वृद्धाको मृत्यु भएको छ । राजापुर नगरपालिका–५, झप्टीकी अन्दाजी ७५ वर्षीया सोहनी थारुको मृत्यु भएको हो ।
बुधबार दिउँसो उनी सुत्ने कोठमा चिसोबाट जोगिन बालेको आगो सल्कँदा जलेर घाइते भएकी थिइन् । सोहनीले ओढेको ब्लांकेट आगोमा परेको थियो । त्यसबाट आगो सल्किएको थियो ।
घटनापश्चात् उपचारका निम्ति उनलाई बर्दिया अस्पताल हुँदै नेपालगन्ज ल्याइएको थियो । उपचारका क्रममा बिहीबार बिहान ४ बजे नेपालगन्जस्थित कान्ति आरोग्य अस्पतालमा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बर्दियाका सूचना अधिकारी एवं डीएसपी तुल्सीराम अर्यालले जानकारी दिए ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

कुमारी बैंकले घटायो ब्याजदर

काठमाडौं । कुमारी बैंकले ब्याजदर घटाएको छ । बैँकले पुस महिनाको तुलनामा माघका लागि ब्याजदर घटाएको हो ।
एक सूचना जारी गर्दै बैँकले माघ महिनाका लागि व्यक्तिगत मुद्दती निक्षेपमा अधिकतम ८.११ प्रतिशत ब्याज दिने भएको छ । त्यस्तै, सोही निक्षेपमा न्यूनतम ६.५० प्रतिशत ब्याज दिने भएको छ। एक वर्षभन्दा बढी अवधिको व्यक्तिगत मुद्दती निक्षेपमा ८.११ प्रतिशत ब्याज दिने बैँकले जानकारी दिएको छ ।
त्यसैगरी, बैंकले संस्थागत मुद्दतीमा भने अधिकतम ६.११ प्रतिशत र न्यूनतम ५.२५ प्रतिशत ब्याज दिने भएको हो ।
चालू महिना (पुस) मा व्यक्तिगत मुद्दती निक्षेपमा बैंकले अधिकतम ९.३१ प्रतिशत ब्याज दिएको थियो । संस्थागत मुद्दतीमा भने ७.३१ प्रतिशत ब्याज दिइरहेको छ।

कञ्चनपुरको भीमदत्त नगरपालिकाका वडाध्यक्ष मृत फेला

महेन्द्रनगर । कञ्चनपुरको भीमदत्त नगरपालिका प्रवक्ता एवम् वडा नम्बर ६ का वडाध्यक्ष महेन्द्र खड्का मृत फेला परेका छन्।
वडाध्यक्ष खड्का मोटरसाइकलसहित बिहीबार बिहान मृत फेला परेका प्रहरीले जानकारी दिएको छ। जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रमुख प्रहरी उपरीक्षक कमल थापाका अनुसार वडाध्यक्ष खड्का भीमदत्त–६ ऐठपुरस्थित सडकमा मृत फेला परेका हुन्।
खड्का मृत फेला परेको स्थानमा उनी चढेको मोटरसाइकल दुर्घटनाग्रस्त अवस्थामा फेला परेको एसपी थापाले जानकारी दिएका छन्। वडाध्यक्ष खड्काको मोटरसाइकल दुर्घटनामा मृत्यु भएको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुमान छ।
एसपी थापाका खड्का मृत फेला परेको सडकमा पाइपहरु छन्। सोही पाइपमा ठोक्किएर मोटरसाइकल दुर्घटना भएको हुनसक्ने उनले जनाए।
प्रहरीले घटनाबारे थप अनुसन्धान भइरहेको जानकारी दिएको छ। ‘अहिले हेर्दा मोटरसाइकल दुर्घटना भएर निधन भएको देखिन्छ। विस्तृत कुरा अनुसन्धान गर्दै जाँदा खुल्छ होला,’ कञ्चनपुर प्रहरी प्रमुख एसपी थापाले भने।
वडाध्यक्ष थापा बुधबार दिउँसो भीमदत्त नगरपालिकामा आयोजित सार्वजनिक सुनुवाइमा सहभागी भएका थिए। २०७९ सालमा भएको स्थानीय तहको निर्वाचनमा खड्का नेपाली कांग्रेसबाट वडाध्यक्षमा निर्वाचित भएका थिए।

नागरिक उन्मुक्ति पार्टीको पहिलो महाधिवेशन आजदेखि

टीकापुर । नागरिक उन्मुक्ति पार्टीको पहिलो अधिवेशन आजदेखि हुँदैछ ।
कैलालीको टीकापुरमा हुने महाधिवेशनको सबै तयारी पूरा भएको पार्टीले जानकारी दिएको छ । बिहीबारदेखि शनिबारसम्म चल्ने महाधिवेशनले पार्टीको नयाँ नेतृत्व चयन गर्नेछ ।
महाधिवेशनमा देशभरिबाट करिब ८ हजार प्रतिनिधिहरु सहभागी हुनेछन् । तर सर्वसम्मतरुपमा नेतृत्व चयन हुने संरक्षक चौधरीको दाबी छ । नेताहरूका अनुसार अब चौधरी आफैँ पार्टीको अध्यक्ष बन्ने तयारीमा हुनुहुन्छ ।
महाधिवेशनले २८ पदाधिकारीसहित ५०१ सदस्यीय केन्द्रीय समितिको निर्वाचन गर्नेछ । विधानअनुसार नागरिक उन्मुक्तिले महाधिवेशनबाट अध्यक्ष, सह अध्यक्ष, सात उपाध्यक्ष, महासचिव, ७ सहसचिव र एक कोषाध्यक्ष निर्वाचित गर्नेछ ।
०७९ मा पहिलो पटक निर्वाचनमा भाग लिएर ४ सीट जितेको नागरिक उन्मुक्ति कैलालीमा सबैभन्दा ठूलो राजनीतिक दल हो । टीकापुर घटनापछि जेल परेका संरक्षक चौधरीले जेलबाटै श्रीमती रन्जिता श्रेष्ठ चौधरीलाई अध्यक्ष बनाएर पार्टी गठन गरेका थिए । अध्यक्ष चौधरी चुनाव जितेर अहिले भूमि व्यवस्था, गरिबी निवारण तथा सहकारी मन्त्रीसमेत हुनुहुन्छ ।

राष्ट्रियसभा निर्वाचनः आज उम्मेदवारको नामावली प्रकाशन

काठमाण्डौ । राष्ट्रियसभा सदस्य निर्वाचनका लागि मनोनयन दर्ता गराएका उम्मेदवारको नामावली आज प्रकाशित हुने भएको छ । हिजो र आज दाबीविरोध र उजुरीउपर छानबिन गरेपछि निर्वाचन आयोगले आजै उमेदवारको नामावली प्रकाशन गर्ने भएको हो ।
राष्ट्रियसभाका रिक्त १९ सिटका लागि सोमबार सातै प्रदेशबाट ५२ जनाले मनोनयन दर्ता गराएका थिए ।
शुक्रबार नाम फिर्ता लिन चाहने उम्मेदवारले नाम फिर्ता लिन सक्ने जानकारी दिईएको छ । शुक्रबार नै उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिने निर्वाचन आयोगले जानकारी दिएको छ । पुस २८ गते बिहान १० देखि दिउँसो १ बजेसम्म उमेदवारलाई निर्वाचन चिह्न प्रदान गरिने निर्वाचन कार्यतालिका छ ।
यस निर्वाचनमा सात प्रदेशमा एक, एक मतदानस्थल र दुई, दुई मतदान केन्द्र कायम गरिएको छ । मतदान माघ ११ गते बिहान ९ बजेदेखि दिउँसो ३ बजेसम्म हुनेछ ।

राष्ट्रपति र सार्कका नवनियुक्त महासचिवबीच भेटवार्ता

कााठमाण्डौ । राष्ट्रपति रामचन्द्र पौडेल र दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) का नवनियुक्त महासचिव मोहम्मद गोलाम सरवरबीच शिष्टाचार भेटवार्ता भएको छ ।​​
राष्ट्रपति भवन शीतलनिवासमा आज अपरान्ह भएको भेटमा राष्ट्रपति पौडेलले सार्कको संस्थापक सदस्य तथा वर्तमान अध्यक्षको हैसियतमा नेपाल सदस्य राष्ट्रहरूबीच एकता र ऐक्यबद्धताको भावनामा सार्क प्रक्रियालाई अगाडि बढाउन पूर्ण प्रतिबद्ध रहेको जानकारी दिएका थिए ।
राष्ट्रपतिको कार्यालयका अनुसार सार्कका अन्य सदस्य राष्ट्रहरूले पनि सहयोग र समझदारीका माध्यमबाट सार्कलाई गति दिनेछन् भन्नेमा आफू आशावादी रहेको राष्ट्रपति पौडेलको भनाइ थियो ।

सन्दीप लामिछानेलाई ८ वर्ष जेल सजाय

काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेलाई ८ वर्ष कैद सजाय सुनाइएको छ ।
काठमाडौं जिल्ला अदालतका न्यायाधीश शिशिरराज ढकालले सन्दीपलाई आठ वर्षको जेल सजाय सुनाउनुभएको हो ।
ढकालको इजलासले उनीबाट ३ लाख जरिवाना र पीडितलाई २ लाख रुपैयाँ क्षतिपूर्ति भराउन आदेश गरेको छ। यही पुस १३ गते सन्दीपलाई किशोरी बलात्कार मुद्दामा दोषी ठहर गर्दै अदालतले फैसला सुनाएको थियो ।
लामिछानेले पीडित युवतीको नाजुक आर्थिक अवस्थाको फाइदा उठाएर जबरजस्ती करणी गरेको अदालतको ठहर छ ।
यसैबीच लामिछाने जिल्ला अदालतको फैसला चित्तबुझ्दो नभएको भन्दै थप कानुनी उपचारका लागि उच्च अदालत जाने भएका छन ।

नेपाल इन्भेष्टमेण्ट मेगा बैंकले बाराको सिमरामा खोल्यो शाखा

काठमाडौं। नेपाल इन्भेष्टमेण्ट मेगा बैंकले नयाँ शाखा सञ्चालनमा ल्याएको छ।
बैंकले बाराको सिमरा उपमहानगरपालिका २, सिमरा रोडमा बुधबारदेखि नयाँ शाखा सञ्चालनमा ल्याएको हो। यो सँगै मधेश प्रदेशमा बैंकका शाखा २१ पुगेका छन्।
बैंकका प्रमुख कार्यकारी अधिकृत ज्योतिप्रकाश पाण्डेले शाखा उद्‍घाटन गरे। उनले शाखा सञ्चालनमा आएसँगै सिमरा र आसपासका वासिन्दाले सहज रुपमा बैंकिङ कारोबार गर्न पाउने जनाए। उनले सेवाग्राहीलाई प्रभावकारी सेवा दिने प्रतिबद्धता जनाए।
बैंकले हाल २६२ शाखा कार्यालय र ६३ वटा एक्सटेन्सन काउन्टरमार्फत सुविधा दिंदै आएको छ ।

लेटेष्ट समाचार

गृह मन्त्रालयको भर्चुअल बैठक ः निर्वाचन सुरक्षामा केन्द्रित रहन निर्देशन

काठमाडौं । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनलाई स्वच्छ, निष्पक्ष, शान्तिपूर्ण र भयरहीत वातावरणमा सम्पन्न गर्न गृह मन्त्रालयले सबै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुसँग भर्चुअल बैठक सम्पन्न...

सामाजिक सञ्जाल नियमन सम्बन्धी विधेयक संसदवाट फिर्ता लिने सरकारको निर्णय

काठमाण्डौं । सरकारले सामाजिक सञ्जालको सञ्चालन प्रयोग तथा नियमन गर्न बनेको विधेयक सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०८१ संघीय संसदवाट फिर्ता लिने निर्णय गरेको...

पुरानो संसद् फर्काउने चलखेल र धम्की स्वीकार्दैनौं ः रवि लामिछाने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले अझै पनि ज–जसले गठबन्धन गरे पनि निर्वाचनबाट आउने परिणाम स्वीकार्न तयार रहेको जनाएका छन्...