Page 13

प्रधानमन्त्री प्रचण्डले पाए विश्वासको मत

काठमाण्डौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले विश्वासको मत पाएका छन् । मंगलबारको प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री प्रचण्डले १५७ जना सांसदको विश्वासको पाएका हुन् ।
जम्मा २६८ सांसदले मत हालेका थिए । दाहालको पक्षमा १५७ मत र विपक्षमा ११० मत परेको छ, भने एकजना तटस्थ बसे । विश्वासको मतका लागि प्रचण्डले कम्तीमा १३८ मत पाउनुपर्थ्यो । उनलाई एमाले,रास्वपा, जसपा, नेकपा एस र नाउपाले समर्थन गरेका छन् ।

शेयर बजारमा २.४८ अंकको गिरावट, अपर तामाकोशीमा लाग्यो नेगेटिभ सर्किट

Frustrated business man looking at the falling graph of a stock market struck in financial crisis

काठमाडौं । केही दिन यता बढिरहेको शेयर बजारमा आज पुनः करेक्शन आएको छ ।
नेपाल स्टक एक्सचेञ्ज लिमिटेड ९नेप्से० का अनुसार आज बजार २.४८ प्रतिशतले बजार घटेको हो । ०.११ प्रतिशतले बजार तल झर्दा नेप्से परिसूचक २१०८.७२ अंकमा झरेको छ ।
आज ३१० कम्पनीका १ करोड ८ लाख ८९ हजार ६ सय ३४ कित्ता शेयर किनबेच हुँदा ४ अर्ब २४ करोड ८५ लाख २३ हजार ३ सय ३२.२२ रुपियाँ बराबरको कारोबार भएको भएको छ ।
समग्रमा बजारमा करेक्शन देखिए पनि वीन नेपाल लघुवित्त, उन्नति सहकार्य लघुवित्त, आत्मनिर्भर लघुवित्त, समाज लघुवित्त र जनउत्थान सामुदायिक लघुवित्तका लगानीकर्ताहरुले क्रमशः ९.९९, ९.५८, ९.२२, ९.०३ र ७.८९ प्रतिशतले नाफा कमाएका छन् ।
त्यस्तै अपर तामाकोशीमा नेगेटिभ सर्किट लागेको छ । उक्त कम्पनीका लगानीकर्ताहरुले १० प्रतिशतले घाटा व्यहोरेका छन् ।
आज पनि शिवम् सिमेन्टकै उच्च कारोबार भएको छ । उक्त कम्पनीको २५ करोड ५३ लाख ८३ हजार ६ सय ६२ रुपियाँ बराबरको कारोबार भएको नेप्सेले जानकारी दिएको छ ।
साताको पहिलो दिन आइतबार २२.१० अंकले बजार उचालिंदा २ अर्ब ९२ करोड २७ लाख ७१ हजार ५ सय ५८.९१ रुपियाँ र हिजो मंगलबार ५८.५८ अंकले बजार बढ्दा ४ अर्ब ५५ करोड १६ लाख ३२ हजार ३ सय ४७.८२ रुपियाँ बराबरको कारोबार भएको थियो । सोमबार भने सार्वजनिक बिदाका कारण बजार बन्द रहेको थियो ।

नुवाकोटमा बाबुको हत्या गर्ने छोरा र बुहारी पक्राउ

नुवाकोट । नुवाकोटको किस्पाङ गाउँपालिका–५ पोखरीगाउँका भरतबहादुर नेपालीको हत्या अभियोगमा उनका छोरा र बुहारी पक्राउ परेका छन् ।
पचपन्न वर्षीय नेपालीको गत बिहीबार मध्यरातमा भएको हत्यामा संलग्न रहेको अभियोगमा मंगलबार उनका छोरा र बुहारीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काले जानकारी दिए । उनका अनुसार पक्राउ पर्नेमा १७ वर्षीय युवक र उनकी श्रीमती ३७ वर्षीया जमुना नेपाली रहेका छन् ।
“बाबु छोराबीच यही फागुन २५ गते रातको समयमा घरायसी विषयमा भएको विवादमा १७ वर्षीय युवक र उनकी श्रीमतीले ‘ढोकामा लगाउने आग्लोले टाउकामा प्रहार गरी घाँटी थिचेर हत्या गरेको’ पाइएकाले पक्राउ गरिएको हो”, प्रनाउ खड्काले भने, “शव परीक्षण प्रतिवेदन र अभियुक्तहरूको बयानका आधारमा उनीहरूको संलग्नता पाइएकाले मुलुकी अपराध संहिता, २०७४ को ज्यानसम्बन्धी कसुरमा कारबाहीका लागि अनुसन्धान अघि बढाएका छौँ ।”
प्रहरीको प्रारम्भिक अुनसन्धानका क्रममा अभियुक्तहरूले आफूहरूले भनेका विषयमा बाबुबाट असहयोग हुने गरेकाले ‘हत्या गरेको’ भनेर स्वीकार गरेको पाइएको छ । ती युवकले दुई वर्षअघि जमुनासँग विवाह गरेका थिए । त्यसपश्चातदेखि नै बाबुसँग आफूहरूको विवाद उत्पन्न हुँदै आएको प्रहरीसमक्ष ती अभियुक्तले बयान दिएका छन् ।

नबिल बैंकद्वारा ब्याजदर घटाउने निर्णय, मुद्दति र बचतसँगै ऋणको पनि घट्ने

काठमाडौं । चैत्र १ गतेबाट लागू हुने गरी नबिल बैंकले ब्याजदरमा कटौति गर्ने निर्णय गरेको छ । आज सूचना प्रकाशित गर्दै नबिल बैंकले नयाँ ब्याजदर सार्वजनिक गरेको हो ।
बैंकले सार्वजनिक गरेको ब्याजदर अनुसार चैत्र महिनाका लागि साधारण बचत खातामा ३.७५० प्रतिशतदेखि ५.७५० प्रतिशतसम्म ब्याजदर तोकेको छ । बैंकले रेमिट्यान्स बचत खातामा भने ६.७५० प्रतिशत ब्याजदर प्रदान गर्नेछ ।
त्यसैगरी बैंकले मुद्दति निक्षेपमा व्यक्तिगततर्फ न्यूनतम ६.२५० प्रतिशतदेखि अधिकतम ७.२५० प्रतिशतसम्म र संस्थागततर्फ न्यूनतम ५.२५० प्रतिशतदेखि अधिकतम ६.२५० प्रतिशतसम्म ब्याजदर कायम गरेको छ । बैंकले यता रेमिट्यान्सतर्फ न्यूनतम ७.२५० प्रतिशतदेखि अधिकतम ८.२५० प्रतिशतसम्म ब्याजदर निर्धारण गरेको छ ।
बचत र मुद्दति खाताको ब्याजदर घटाएसँगै बेसरेट पनि घट्नेछ । बेसरेट घटेसँगै सबै प्रकारका ऋणीहरूको ब्याजदर घट्नेछ ।

त्रिदेशीय ट्वान्टी–२० शृंखला ः उपाधिका लागि नेपाल र पीएनजीबीच खेल हुँदै

काठमाडौं । त्रिदेशीय ट्वान्टी–२० शृंखलाको उपाधिका लागि आज नेपाल र पपुवा न्युगिनी (पीएनजी) खेल हुँदै छ । खेल बिहान पौने १२ बजे सुरू हुनेछ ।
यससघि पहिलो खेलमा नेपाल र हङकङबीचको खेल वर्षाका कारण बिनानतिजा टुंगिएको थियो । मंगलबार नै भएको खेलमा पीएनजीमाथि ८५ रनको जित निकाल्दै नेपालले फाइनल पक्का गरेको हो ।
पीएनजीले मंगलबार भएको दोस्रो खेलमा घरेलु टीम हङकङलाई १० विकेटको पराजित गर्दै फाइनल यात्रा तय गरेको थियो ।
लिग चरणको खेल सकिँदा नेपालले तीन अंक र पीएनजीले दुई अंक जोड्दा हङकङले एक अंक जोड्यो । अब हङकङले तेस्रो स्थानका लागि हङकङ ‘ए’ सँग खेल्नेछ ।

प्रधानमन्त्री प्रचण्डले आज विश्वासको मत लिँदै

काठमाण्डौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज बस्ने प्रतिनिधिसभा बैठकबाट विश्वासको मत लिने भएका छन् । बुधबार बिहान ११ बजेका लागि बोलाइएको बैठकबाट प्रधानमन्त्रीले विश्वासको मत लिने संघीय संसद सचिवालयले जानकारी दिएको छ ।
गत फागुन २१ मा नेपाली कांग्रेससँगको सहकार्य तोडेर नयाँ गठबन्धन बनाएका दाहालले कांग्रेसले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि विश्वासको मत लिनुपर्ने प्रावधान अनुसार विश्वासको मत लिन लागेका हुन् ।
सत्ता फेरबदलसँगै प्रधानमन्त्री दाहालले १४ महिनामा तेस्रो पटक विश्वासको मत लिन लागेका हुन् । गत वर्ष पुस १० मा एमालेको समर्थनमा प्रधानमन्त्री बनेपछि उनले पुस २६ मा पहिलो पटक विश्वासको मत लिएका थिए । त्यतिखेर उनलाई २७५ मध्ये २ सय ६८ सांसदको समर्थन प्राप्त भएको थियो । त्यसपछि गत वर्षको चैत ६ गते दोस्रो पटक विश्वासको मत लिँदा उनले १७२ मत प्राप्त गरेका थिए । तेस्रो पटक लिँदा भने यो संख्या थप घट्नेछ ।
यद्यपि विश्वासको मत प्राप्त गर्न १३८ सांसदको समर्थन चाहिन्छ । त्यो संख्या सत्ता घटक ५ दलसँग पर्याप्त छ । एमालेबाट ७७, माओवादी केन्द्रका ३२, रास्वपाका २१, जनता समाजवादीका १२ र एकीकृत समाजवादीका १० सांसद छन् । त्यस्तै चार सिट भएको नागरिक उन्मुक्ति पार्टीले पनि विश्वासको मत दिन ह्विप जारी गरेको छ ।
हालसम्म प्रधानमन्त्रीलाई १५६ सांसदको समर्थन जुट्ने देखिएको छ । संसद्‌मा अहिले कांग्रेसको ८८, राप्रपाको १४, जनमतको ६, र लोसपाको चार गर्दा ११२ मत गठबन्धन बाहिर छ । जनमोर्चा र नेपाल मजदुर किसान पार्टीका दुई र स्वतन्त्र सांसद पनि हालसम्म विपक्षमा हुने देखिएको छ ।

दिल खोलेर प्रचण्डलाई विश्वासको मत दिने ओलीको घोषणा

काठमाण्डौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले विनाहिचकिचाहट दिल खोलेर प्रधानमन्त्री पुष्पकमल दाहाल ुप्रचण्डुलाई विश्वासको मत दिने घोषणा गरेका छन् । अनुचित गठबन्धन छाडेर उचित गठबन्धन बनाउन प्रचण्डले लिएको पहल कदमी स्वागत योग्य रहेको ओलीले जनाए ।
संसद् भवन नयाँ बानेश्वरमा मंगलवार पार्टी संसदीय दलको बैठकलाई सम्बोधन गर्दै ओलीले देशभक्त गठबन्धन नयाँ समीकरण बनाउने पहल स्वागत योग्य रहेको जनाएका हुन् ।
‘भोलि संसद्‌मा प्रधानमन्त्रीले विश्वासको मत लिने कार्यक्रम छ । पहिले पहिलेका कुरामा प्रधानमन्त्रीले गल्ती गरेको हुनसक्छ । अहिले एकदम राम्रो छ, अनुचित गठबन्धन छाडेर उचित बनाउन पहल कदमी लिनुभयो । एक डेढ वर्ष पद सुरक्षित हुँदाहुँदै पनि देश अप्ठ्यारोमा पर्‍यो भनेर प्रधानमन्त्रीजीले अहिले चालेका कदम सकारात्मक छ’, ओलीले भने, ‘देशभक्त गठबन्धन नयाँ समीकरण बनाउने पहल स्वागत योग्य कुरा हो । उहाँले प्रधानमन्त्री माथि विश्वासको मत माग्नु हुनेछ, हामी समर्थन गर्छौं ।’
प्रचण्ड सरकार असफल भए देश दुर्घटनामा पर्ने खतरा रहेको भन्दै ओलीले विश्वासको मत दिन सांसदहरूलाई निर्देशन दिए ।
‘हामीले दिल खुलेर विनाहिचकिचाहट विश्वासको मत दिन्छौं । विश्वासको मतमा हामी सम्पूर्ण प्रतिनिधि सभाका सदस्य उपस्थित हुनेछौं’, ओलीले भने, ‘यो सरकार असफल हुनु भनेको देश ठूलो असफलतामा जानु हो । यो बेष्ट अप्सन हो कि होइन भन्ने कुरा छाडौं, यतिबेला प्रचण्डलाई विश्वासको मत दिनु बाहेक अरु अप्सन छैन ।’

राष्ट्रियसभाको अध्यक्षमा नारायण दाहाल निर्वाचित

काठमाण्डौं । राष्ट्रियसभाको अध्यक्षमा नारायण दाहाल निर्वाचित भएका छन् । मंगलवार बसेको राष्ट्रियसभाको बैठकले अध्यक्षमा दाहाल निर्वाचित भएको घोषणा गरेको हो ।
राष्ट्रियसभा अध्यक्षमा सत्ता गठबन्धनका तर्फबाट माओवादी सांसद दाहाल र नेपाली कांग्रेसका सांसद युवराज शर्माको उम्मेवारी परेको थियो। आज भएको मदानमा ५६ सांसद सहभागि भएका थिए ।
जसमध्ये युवराज शर्माको पक्षमा १७ सांसदले मात्र मतदान गरेका छन् । शर्माको पक्षमा बहुमत नपुगेपछि उनी राष्ट्रियसभाको अध्यक्षमा निर्वाचित हुनबाट अस्वीकृत भएका हुन् । यता दाहालको पक्षमा भने ३९ जनाले मतदान गरेपछि उनी अध्यक्षमा निर्वाचित भएका हुन् ।

 

शेयर बजारमा ५८.५८ अंकको उछाल, साढे चार अर्ब नाघ्यो कारोबार

काठमाडौं । शेयर बजार उच्च अंकले बढेसँगै कारोबार रकम पनि साढे ४ अर्ब नाघेको छ ।
नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) का अनुसार आज बजार ५८.५८ अंकले उचालिएको हो । २.८५ प्रतिशतले बजार बढ्दा नेप्से परिसूचक पुनः २१ सय अंक पार गर्दै २१११.२४ अंकमा पुगेको छ ।
आज ३०५ कम्पनीका १ करोड ६ लाख ९ हजार ५ सय ९७ कित्ता शेयर किनबेच हुँदा ४ अर्ब ५५ करोड १६ लाख ३२ हजार ३ सय ४७.८२ रुपियाँ बराबरको कारोबार छ ।
बजार उचालिएसँगै विभिन्न ५ कम्पनीमा पोजेटिभ सर्किट लागेको छ । जनउत्सान सामुदायिक लघुवित्त, उन्नती सहकार्य लघुवित्त, वीन नेपाल लघुवित्त, स्वाभिमान लघुवित्त र जाल्पा सामुदायिक लघुवित्तका लगानीकर्ताहरुले १०–१० प्रतिशतले नाफा कमाएका हुन् ।
त्यस्तै हिमालयन ८०–२० का लगानीकर्ताहरुले सबैभन्दा बढी २.५७ प्रतिशतले घाटा व्यहोरेका छन् ।
आज शिवम् सिमेन्टको उच्च कारोबार भएको छ । उक्त कम्पनीको ३७ करोड, १९ लाख ३३ हजार ७ सय ८६ रुपियाँ बराबरको शेयर किनबेच भएको नेप्सेले जानकारी दिएको छ ।
साताको पहिलो दिन आइतबार २२.१० अंकले बजार उचालिंदा २ अर्ब ९२ करोड २७ लाख ७१ हजार ५ सय ५८.९१ रुपियाँ बराबरको कारोबार भएको थियो । हिजो सोमबार भने सार्वजनिक बिदाका कारण बजार बन्द रहेको थियो ।

नेपाली कांग्रेसको पदाधिकारी बैठक तीन बजे बस्दै

काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संघीय संसद्मा पार्टीको प्रतिपक्षी भूमिकाबारे छलफल गर्न पदाधिकारी र पूर्वपदाधिकारीहरूको बैठक बोलाएका छन् ।
बैठक दिउँसो तीन बजे देउवा निवास बुढानीलकण्ठमा बस्ने जानकारी दिईएको छ । बैठकमा सहभागी हुन देउवाले संघीय संसद्का पदाधिकारी र पूर्वपदाधिकारीहरूलाई बोलाएको जनाईएको छ ।
संसद्मा पार्टीको भूमिका फेरिएको र संघीय संसद्मा पार्टीका पदाधिकारीहरू समेत फेरबदल भएको अवस्थामा आवश्यक समन्वय र परामर्शका लागि बैठक बोलाइएको जानकारी दिईएको छ । संसदमा कांग्रेसले कस्तो भूमिका निभाउने भन्ने बारेमा बैठकमा छलफल हुनेछ ।

 

लेटेष्ट समाचार

गृह मन्त्रालयको भर्चुअल बैठक ः निर्वाचन सुरक्षामा केन्द्रित रहन निर्देशन

काठमाडौं । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनलाई स्वच्छ, निष्पक्ष, शान्तिपूर्ण र भयरहीत वातावरणमा सम्पन्न गर्न गृह मन्त्रालयले सबै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुसँग भर्चुअल बैठक सम्पन्न...

सामाजिक सञ्जाल नियमन सम्बन्धी विधेयक संसदवाट फिर्ता लिने सरकारको निर्णय

काठमाण्डौं । सरकारले सामाजिक सञ्जालको सञ्चालन प्रयोग तथा नियमन गर्न बनेको विधेयक सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०८१ संघीय संसदवाट फिर्ता लिने निर्णय गरेको...

पुरानो संसद् फर्काउने चलखेल र धम्की स्वीकार्दैनौं ः रवि लामिछाने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले अझै पनि ज–जसले गठबन्धन गरे पनि निर्वाचनबाट आउने परिणाम स्वीकार्न तयार रहेको जनाएका छन्...