Page 8

शेयर बजारमा १५.३७ अंकको गिरावट,नेप्से २०४८.५७ अंकमा

Frustrated business man looking at the falling graph of a stock market struck in financial crisis

काठमाडौं । शेयर बजार निरन्तर घटिरहेको छ । साताको अन्तिम दिन आज पनि बजार दोहोरो अंकले घटेको हो ।
नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) का अनुुसार आज बजार १५.३७ अंकले घटेको हो । ०.७४ प्रतिशतले बजार घट्दा नेप्से परिसूचक २०४८.५७ अंकमा ओर्लिएको छ ।
आज ३१५ कम्पनीका १ करोड ८५ लाख ५२ हजार ७ सय ५ कित्ता शेयर किनबेच हुँदा ४ अर्ब ३१ करोड ३० लाख १७ हजार ७ सय १३.५० रुपियाँ बराबरको कारोबार भएको नेप्सेले जानकारी दिएको छ ।
समग्रमा बजार घटेपनि विभिन्न ४ कम्पनीका लगानीकर्ताले ९ प्रतिशत बढी नाफा कमाएका छन् । धौलागिरी लघुवित्तका लगानीकर्ताहरुले १० प्रतिशत कमाउँदा सर्वोत्तम सिमेन्ट, किसान लघुवित्त र कर्णाली डेभलपमेन्ट बैंकका लगानीकर्ताहरुले क्रमशः ९.९९, ९.९१ र ९.२३ प्रतिशतले नाफा कमाएका छन् ।
त्यस्तै बुद्धभूमि हाइड्रो र बोटलर्स नेपाल बालाजुका लगानीकर्ताहरुले क्रमशः १० र ९.४६ प्रतिशतले घाटा व्यहोरेका छन् ।
आज माछापुच्छ्रे बैकको संस्थापक शेयर सबैभन्दा बढी किनबेच भएको छ । उक्त बैंकको १ अर्ब २१ करोड ३२ लाख ८१ हजार रुपियाँको शेयर किनबेच भएको हो ।
साताको पहिलो दिन आइतबार शेयर बजार १०.६२ अंकले घट्दा ३ अर्ब ३८ करोड ७९ लाख ८० हजार ३ सय ८४.३३ रुपियाँ, सोमबार ३.२७ अंकले बजार उचालिंदा २ अर्ब ८८ करोड ५६ लाख ३७ हजार ८ सय १८.९१ रुपियाँ, मंगलबार बजार ६.२४ अंकले घट्दा ३ अर्ब ६३ करोड ३९ लाख ३६ हजार ५ सय ५४.८७ रुपियाँ र हिजो बुधबार ३.३४ अंकले बजार घट्दा ३ अर्ब ४९ करोड ६२ लाख ८४ हजार ३६.१६ रुपियाँ बराबरको कारोबार भएको थियो ।

घाँटी रेटिएको अवस्थामा किशोरीको शव फेला

धरान । धरानको विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान र डिपोट स्कुलको सिमानाको खोल्सा नजिकै घाँटी रेटेको अवस्थामा किशोरीको शव फेला परेको छ ।
जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रवक्ता एवम् प्रहरी नायव उपरीक्षक नवीनकृष्ण भण्डारीका अनुसार बुधबार अन्दाजी १८–१९ वर्षकी किशोरीको शव फेला परेको हो ।
हालसम्म शवको पहिचान खुल्न नसकेको र घटनाबारे अनुसन्धान भइरहेको उनले जानकारी दिए ।
प्रवक्ता भण्डारीका अनुसार धारिलो हतियारले घाँटी रेटिएको अवस्था शव फेला परेको हो । शव खोल्सामा घोप्टो अवस्थामा भेटिएको उनको भनाई छ ।
प्रहरीले शव नजिकै खुकुरी सेमत फेला पारेको छ । शव परीक्षणका लागि प्रतिष्ठानको शवगृहमा राखिएको प्रहरीले जानकारी दिएको छ ।

बाँसवारी जग्गा प्रकरणमा विनोद चौधरीको बयान जारी

काठमाडौं । नेपाली कांग्रेसका सांसद विनोद चौधरीको बयान भइरहेको छ । बिहानदेखि सरकारी वकिलको कार्यालयमा चौधरीको बयान सुरु भएको स्रोतले जानकारी दियो ।
स्रोतका अनुसार उनी सरकारी वकिलको कार्यालयमा आफैं उपस्थित भएका थिए । यसअघि सभामुख देवराज घिमिरेलाई केन्द्रीय अनुसन्धान ब्यूरोले पत्र लेखेर चौधरीमाथि अनुसन्धान भइरहेको जानकारी गराएको थियो ।
त्यसलगत्तै बाँसबारी छाला जुत्ता कम्पनीको जग्गा हिनामिना प्रकरणमा उनको बयान लिन थालिएको हो ।
बाँसबारी छाला जुत्ता कारखाना लिमिटेडको नाममा दर्ता भएको १० रोपनी जग्गा च्याम्पियन फुटवेयरको नाममा स्वामित्व हस्तान्तरण भएको विषयमा अनुसन्धान थालिएको थियो ।

आज ६ वटा संसदीय समितिको बैठक बस्दै

काठमाडौं । आज ६ वटा संसदीय समितिको बैठक बस्दैछ। जसअनुसार बिहान ११ बजे अर्थ समितिको बैठक बस्दैछ। बैठकमा आव २०८१, ०८२ का लागि विनियोजन विधेयकका प्राथमिकता र सिद्धान्त (कर प्रस्ताव बाहेक) सम्बन्धमा अर्थ मन्त्रीसँग छलफल हुनेछ र कार्ययोजना उपसमितिको प्रतिवेदन प्रस्तुत हुने जनाईएको छ ।
यस्तै, साढे ११ बजे बस्ने उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा उदयपुर र हेटौंडा सिमेन्ट उद्योगका सम्बन्धमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयबाट समितिमा प्राप्त प्रतिवेदनमाथि छलफल हुने जानकारी दिईएको छ ।
त्यस्तै बिहान १० बजे बस्ने कानून, न्याय तथा मानव अधिकार समितिको बैठकमा नेपालको बाल सुधार गृहमा रहेका बालबालिकाहरू र नेपालका कारागारहरूमा रहेका कैदी एवं थुनुवाहरूको मानव अधिकारको अवस्थाको स्थलगत अध्ययन भ्रमण सम्बन्धमा, केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकको दफावार छलफल हुनेछ।
त्यस्तै साढे १० बजे बस्ने महिला तथा सामाजिक मामिला समितिको बैठकमा मञ्जु शर्मा अन्सारीको निधनप्रति शोक प्रश्ताव पास हुनेछ।
बिहान ११ बजे बस्ने विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा समितिको समितिको कार्यक्षेत्र र कार्ययोजनाको बारेमा छलफल हुनेछ।
बिहान ११ बजे बस्ने कृषि, सहकारी तथा प्राकृतिक श्रोत समितिको बैठकमा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना एवं अनुदानमा आधारित कृषि तथा पशुपालन व्यवसाय सम्बन्धी विषयमा रहेका कार्यक्रमहरुको सम्बन्धमा कृषि तथा पशुपंक्षी विकास मन्त्रालयका मन्त्री सचिवबीच परियोजनाका बारेमा छलफल हुनेछ।

सबै पूर्वप्रधानमन्त्रीको सम्पत्ति छानबिन गर्नुपर्ने भट्टराईको धारणा

काठमाडौं । नेपाल समाजवादी पार्टीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले सबै पूर्वप्रधानमन्त्रीहरुको सम्पत्ति छानबिन गर्नुपर्ने धारणा व्यक्त गरेका छन ।
उनले त्यसका लागि जनलोकपाल बनाएर सम्पत्ति छानबिनको आवश्यक रहेको जनाएका हुन । काठमाडौंमा पत्रकारहरुसँग कुरा गर्दै यस्तो जनाएका हुन् ।
“चुनावदेखि चुनावसम्मका लागिमात्रै होइन, जनताका समस्या समाधान गर्न सक्ने खालको पार्टी आवश्यक छ,” उनले भने, “त्यसका लागि प्रत्यक्ष निर्वाचित राष्ट्रपति र पूर्णसमानुपातिक निर्वाचन प्रणाली आवश्यक छ ।”
उनले कांग्रेस सरकारमा हुँदा कम्युनिष्ट भ्रष्टाचारी, कम्युनिष्ट हुँदा कांग्रेस भ्रष्टाचारी हुने खालका कामले नहुने जानकारी दिए ।
“पूर्वप्रधानमन्त्रीहरुको सम्पत्ति छानबिन गरौँ, जनलोकपाल बनाऔँ,” उनले भने,“त्यसो गर्न सकेमात्रै भ्रष्टाचारको अन्त्य हुन्छ । आफू सत्तामा आउँदा आफ्नालाई ढाकछोप गर्ने नभएको बेला कराउनेमात्रै हुन्छ ।”

ठमेल र दरबारमार्ग चौबिसै घण्टा खुलाउन गृहमन्त्रीको निर्देशन

काठमाडौं । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले काठमाडौंका ठमेल र दरबारमार्ग क्षेत्र चौबिसैघण्टा खुलाउने तयारी गर्दै मातहतका निकायलाई निर्देशन दिएका छन् ।
जिल्ला प्रशासन कार्यालय काठमाडौंले सुरक्षा र अन्य व्यवस्थापनको जिम्मेवारी लिनेगरी योजना बनाउन लागेको छ ।
“आन्तरिक तयारी सुरु भइसक्यो । ढिलोमा नयाँ वर्षको वैशाख १० गतेभित्रै खुला हुन्छ,” काठमाडौंका प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतले भने, “सुरक्षाको पूर्ण प्रत्याभूति हुन्छ ।”
ठमेल र दरबारमार्गको अनुभवका आधारमा अन्य पर्यटकीय क्षेत्रलाई पनि क्रमशः २४ सै घण्टा सञ्चालन गर्ने गृह मन्त्रालयको योजना छ। सोहीअनुसार स्थानीय प्रशासनसँग समन्वय भइरहेको उपप्रधान एवं गृहमन्त्रीको सचिवालयले जानकारी दिएको छ।

शेयर बजारमा ३.३४ अंकको गिरावट,करीब साढे ३ अर्बको कारोबार

Frustrated business man looking at the falling graph of a stock market struck in financial crisis

काठमाडौं । शेयर बजार आज पनि तल झरेको छ । आज ३.३४ अंकले बजार घटेको हो । ०.१६ प्रतिशतले बजार घट्दा नेप्से परिसूचक २०६३.९५ अंकमा झरेको छ ।
आज ३०५ कम्पनीका ९४ लाख ४५ हजार ६ सय ९७ कित्ता शेयर किनबेच हुँदा ३ अर्ब ४९ करोड ६२ लाख ८४ हजार ३६.१६ रुपियाँ बराबरको कारोबार भएको हो ।
बजार समग्रमा घटे पनि विभिन्न ५ कम्पनीका शेयरधनीहरुले ९ प्रतिशत बढी कमाएका छन् । गोर्खाज फाइनान्स, बुद्धभूमि नेपाल हाइड्रो, सर्वोत्तम सिमेन्ट, गुराँस लघुवित्त र धौलागिरि लघुवित्तका लगानीकर्ताहरुले क्रमशः १०, १०, ९.९९, ९.९४ र ९.२८ प्रतिशतले नाफा कमाएका छन् ।
त्यस्तै बोटलर्स नेपाल बालाजुका लगानीकर्ताहरुले सबैभन्दा बढी ९.३२ प्रतिशतले घाटा व्यहोरेका छन् ।
आज सोनापुर मिनिरल्सको उच्च कारोबार भएको छ । उक्त कम्पनीको १९ करोड ५२ लाख ९७ हजार १ सय ५१.१० रुपियाँ बराबरको कारोबार भएको नेप्सेले जानकारी दिएको छ ।
साताको पहिलो दिन आइतबार शेयर बजार १०.६२ अंकले घट्दा ३ अर्ब ३८ करोड ७९ लाख ८० हजार ३ सय ८४.३३ रुपियाँ, सोमबार ३.२७ अंकले बजार उचालिंदा २ अर्ब ८८ करोड ५६ लाख ३७ हजार ८ सय १८.९१ रुपियाँ र हिजो मंगलबार बजार ६.२४ अंकले घट्दा ३ अर्ब ६३ करोड ३९ लाख ३६ हजार ५ सय ५४.८७ रुपियाँ बराबरको कारोबार भएको थियो ।

बेलबारीमा श्रीमतीको हत्यापछि श्रीमानले गरे आत्महत्या

विराटनगर । मोरङको बेलबारी नगरपालिका १ शिशौलीमा श्रीमतीलाई धारिलो हतियार प्रहार गरी हत्या गरेपछि श्रीमानले पनि आत्महत्या गरेका छन् । आठ वर्षीय छोरा भने बांच्न सफल भएका छन् ।
प्रहरीका अनुसार शिशौलीमा पाँच वर्षदेखि निर्मला राईको घरमा डेरा गरी बस्ने ६० वर्षीय बमबहादुर लिम्बूले बुधबार बिहान श्रीमतीलाई खुकुरी प्रहार गरी हत्या गरेका हुन् ।
श्रीमती ४५ वर्षीया गीता लिम्बूको घटनास्थलमै मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । लिम्बू धारिलो हतियारले आफ्नो घाँटी रेट्दा गम्भीर घाइते भएका थिए । उपचारका लागि विराटनगर लैजाने क्रममा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।
अहिले घटनास्थलमा इलाका प्रहरी कार्यालय बेलबारीको टोली पुगेको छ । लिम्बूका ८ वर्षीय छोरालाई भने छिमेकीले थाहा पाएर हल्ला गरेपछि छोरा भाग्न सफल भएका थिए ।
घरभेटी निर्मला राईले आफूहरुले हल्लाखल्ला गरेपछि छोरा भने ढोकाको चुकुल खोलेर भागेको जनाईन । लिम्बूले श्रीमतीमाथि शंका गर्ने र झैझगडा गरिरहने गरेको छिमेकीको भनाइ छ ।

शिक्षामा राज्यले लगानी बढाउनुपर्ने उपप्रधानमन्त्री श्रेष्ठको धारणा

काठमाडौँ । उपप्रधानमन्त्री एवं परराष्ट्र मन्त्री नारायणकाजी श्रेष्ठले शिक्षा क्षेत्र पूर्वाधारको पनि पूर्वाधार भएकाले यसको विकासका लागि राज्यको लगानी बढाउनुपर्ने धारणा व्यक्त गरेका छन ।
शिक्षालय राष्ट्रिय मासिकले आयोजना गरेको १८औँ ‘नेसनल एजुकेसन अवार्ड’ कार्यक्रममा उपप्रधानमन्त्री श्रेष्ठले शिक्षा क्षेत्र बिग्रिएमा समाजको विकासक्रम नै बिग्रने भएकाले शिक्षाका भौतिक पूर्वाधार तथा प्रविधि विकास र सामयसापेक्ष पाठ्यक्रम तर्जुमाका लागि लाग्नुपर्ने जानकारी दिए।
उनले गुणस्तरीय शिक्षाका लागि क्षमतावान् शिक्षक राखिनुपर्ने र शिक्षकलाई मर्यादा, प्रतिष्ठाका साथै सुविधा दिनुपर्ने जनाउँदै शिक्षालयमा शिक्षालयहरूमा योग,ध्यानको अभ्यास सँगसँगै गराउन सुझाव दिए। उनले भने, “शिक्षा बाँच्नका लागि होइन, जीवनका लागि हो भन्ने मान्यता विकास गर्न आवश्यक छ।”
कार्यक्रममा शिक्षा क्षेत्रका योगदानकर्ता, सेवी, विज्ञ, विद्यालय सञ्चालक, कर्मचारी र शिक्षा पत्रकारलाई सम्मान गरिएको थियो। मध्यपश्चिम विश्वविद्यालयका पूर्वउपकुलपति प्रा डा नन्दबहादुर सिंह, चितवनको माडी नगरपालिकाका प्रमुख ताराकुमारी काजी महतो, शिक्षक सेवा आयोगका प्रशासकीय प्रमुख डा कमल पोखरेल, जनक शिक्षा सामग्री केन्द्रका प्रबन्ध सञ्चालक अनिलकुमार झा, ग्यालेक्सी पब्लिक स्कुलका संस्थापक गीता राणा, ज्ञानोदय बालबबाटिकाका संस्थापक इन्दिरा याक्थुङगा, सिन्धुपाल्चोकको मेलम्ची ध्याङ माविका प्रधानाध्यापक पूर्णबहहादुर गौतम, काठमाडौँको नीलबाराही माविका प्रधानाध्यापक डा जानुका नेपाल, तनहुँको महेश विद्याश्रम, पृथ्वी माविका सहयोगी राजेन्द्रप्रसाद धिमाललाई सम्मान गरिएको थियो।
यसैगरी, रु १० हजार राशिको शिक्षा पत्रकारिता पुरस्कार ‘जुपिटर मिडिया’का सुनिल आचार्य र रेडियो कान्तिपुरका पार्वता चौधरीलाई प्रदान गरिएको थियोभने शिक्षालय मासिकका प्रधानसम्पादक श्याम तण्डुकारले शिक्षासेवीहरूको योगदानलाई प्रोत्साहन गर्न सम्मान कार्यक्रम आयोजना गरिएको जनाए। सम्मान र पुरस्कार चयनका लागि शिक्षा सेवाका उपसचिव गेहनाथ गौतम, शिक्षा पत्रकार प्रकाश सिलवाल, अभियन्ता बिके श्रेष्ठ रहेको निर्णायक समिति र शिक्षाकर्मीहरू दिपीका थापा र रामहरि सिलवाल रहेको स्रोत व्यक्ति समूह गठन गरिएको थियो।

आज सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै

काठमाडौँ । सङ्घीय संसद्का दुवै सदनको बैठक आज बस्दै छ । प्रतिनिधिसभाको बैठक बिहान ११ बजे र राष्ट्रिय सभाको बैठक सवा ११ बजे बस्नेछ ।
प्रतिनिधि सभा बैठकमा शून्य समय, विशेष समय, मन्त्रालयगत प्रश्नोत्तर, अन्तर्राष्ट्रिय सौर्य गठबन्धन (आइ. एस. ए.) को स्थापनासँग सम्बन्धित सम्झौतामाथि सामान्य छलफल गरियोस भन्ने प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची जानाईएको छ । अन्य विधायीकी कार्य, विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता सम्बन्धी प्रस्ताव माथिको छलफलको क्रममा उठेका प्रश्नको अर्थमन्त्रीबाट जवाफ दिने, विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता ९कर प्रस्ताव बाहेक० माथिको छलफलमा उठेका विषयवस्तु समावेश भएको प्रतिवेदन सम्बन्धित निकाय पठाउन निर्देश गर्नेलगायतका सम्भावित कार्यसूची छन् ।
राष्ट्रियसभाको बैठकमा अध्यक्ष नारायण प्रसाद दाहालले कार्यव्यवस्था परामर्श समितिमा रहने सदस्यहरूको नाम मनोनयनका लागि प्रस्ताव गर्ने जानकारी दिईएको छ ।
सङ्घीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिका सभापति सोनाम गेल्जेन शेर्पाले राष्ट्रिय निकुञ्ज, वन्यजन्तु आरक्ष र मध्यवर्ती क्षेत्रमा मानव र वन्यजन्तुबिचको द्वन्द्व अवस्था अध्ययन प्रतिवेदन, २०८० माथि छलफलका लागि प्रस्ताव गर्ने सम्भावित कार्यसूची रहेको छ ।
आगामी आर्थिक वर्ष २०८१–०८२ का लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथि सभामा छलफल हुनेछ भने अर्थमन्त्री वर्षमान पुनले आर्थिक वर्ष २०८१–०८२ का लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथि छलफलमा उठेका प्रश्नहरूको जवाफ दिने जनाईएको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अनुगमन तथा मूल्याङ्कन विधेयक, २०७६ माथि प्रतिनिधिसभाबाट भएको संशोधनमाथि छलफलका लागि प्रस्ताव गर्ने र प्रतिनिधिसभाबाट भएको संशोधन स्वीकारसहित पुनः पारित गर्न प्रस्ताव गर्ने सम्भावित कार्यसूची छ ।
अर्थमन्त्री पुनले सुरक्षित कारोबार (पहिलो संशोधन) विधेयक, २०८० लाई दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाउन प्रस्ताव सभासमक्ष प्रस्तुत गर्ने बैठकको सम्भावित कार्यसूची रहेको संसद् सचिवालयले जानकारी दिएको छ ।

लेटेष्ट समाचार

हमासको ग्रिनेड फालेर साथीहरूलाई जोगाए, आफू युद्धभूमिमै बिलाए विपिन

इजरायल र हमासबीचको युद्ध दुई वर्षपछि अन्त्य भएपछि सोमबार हमासले २० इजरायली बन्धक मुक्त गर्‍यो। गाजामा बन्धक बनाइएकाहरुको परिवारमा पुनर्मिलन हुँदाको क्षणले इजरायलमा खुसीयाली छ।...

‘जेनजी विद्रोह’पछि एमाले र माओवादीद्वारा मंसिरमा महाधिवेशन घोषणा, माैन कांग्रेस

काठमाडौं । भदौ २३ र २४ गतेको ‘जेनजी विद्रोह’पछि देशको राजनीतिक परिदृश्य उथलपुथल बनेको छ । यसबीच, दुई ठूला कम्युनिस्ट दल—नेकपा एमाले र नेकपा...

ओली–लेखकविरुद्धको जाहेरी प्रहरीबाटै सीधै जाँचबुझ आयोगमा

काठमाडौं । निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली र निवर्तमान गृहमन्त्री रमेश लेखकविरुद्ध परेको जाहेरी प्रहरीमार्फत दर्ता नभई सीधै जाँचबुझ आयोगमा पुगेको छ। जेनजी आन्दोलनका क्रममा...