Page 12

एमालेले प्रधानमन्त्रीलाई बुझायो आगामी नीति तथा कार्यक्रमका लागि सुझाव

काठमाण्डौं । प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटका लागि नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले आज विषयगत सुझावहरू बुझाएको छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा आज एमालेका महासचिव शङ्कर पोखरेलसहितका नेताहरूले प्रधानमन्त्री एवं पार्टी अध्यक्ष ओलीलाई उक्त सुझावपत्र हस्तान्तरण गरेका हुन् ।
एमालेले प्रधानमन्त्रीमा ओली नियुक्त भएपछि यस प्रकारको सुझाव दिए पनि त्यसबेला अघिल्लो सरकाबाट नीति तथा कार्यक्रम र बजेट प्रस्तुत भइसकेकाले ती सुझाव समावेश हुन नसकेको सन्दर्भमा ताजगीकरणसहित पुनः सुझावपत्र दिइएको महासचिव पोखरेलले अवगत गराए ।
उनले एमालेले मध्यपहाडी (पुष्पलाल) लोकमार्ग केन्द्रित सङ्कल्प यात्राका आधारमा अघिल्लो सरकारलाई दिएका सुझाव पनि कार्यान्वयनका आउन बाँकी रहेकाले सोको कार्यान्वयनका लागि प्रधानमन्त्रीसँग आग्रह गरे ।
प्रधानमन्त्री ओलीले विकासका लागि ‘भिजनरी’ सोच भएको एमालेजस्तो पार्टीले केन्द्रीय विभागहरूको रायका आधारमा दिइएका सुझाव सरकारको नीति तथा कार्यक्रम र बजेट तर्जुमाका लागि उपयोगी हुने विश्वास व्यक्त गरे ।

५२ संवैधानिक पदाधिकारीविरूद्धको सुनुवाइ ७ वैशाखमा

काठमाडौं । संवैधानिक पदाधिकारीहरु विरुद्धको मुद्दामा आगामी आइतबार (७ वैशाख) सर्वोच्च अदालतमा सुनुवाइ हुने भएको छ ।
एक पटक सुनुवाइ गरेपछि दुई, तीन सातापछि मात्रै सुनुवाइ गर्दै आएको सर्वोच्च अदालतले आगामी आइतबारका लागि मुद्दाको सुनुवाइ मिति तोकेको हो ।
बुधबारको सुनुवाइमा सबै रिट निवेदकहरुको तर्फबाट कानुन व्यवसायीहरुले बहस गरे। उनीहरुले अध्यादेशका आधारमा भएको ५२ संवैधानिक पदाधिकारीहरुको नियुक्ति गैरसंवैधानिक भएको जिकिर गरेका थिए ।
निवेदकहरुको बहसपछि सरकारको तर्फबाट महान्यायाधिवक्ता रमेश बडालले बहस गरे। उनले त्यतिबेलाको परिस्थितीमा संवैधानिक परिषदको बैठक नै बस्न नसक्ने त्यतिबेलाको परिस्थितिका कारण अध्यादेश जारी गर्नुपरेको जनाएका थिए ।
अध्यादेशका आधारमा बसेको संवैधानिक परिषदको बैठकले उनीहरुको नियुक्ति गरेको र त्यसपछि अध्यादेश नै खारेज भएकाले रिट निवेदनहरुको औचित्य सकिएको जिकिर गरे ।
मुद्दाको सुनुवाइपछि सर्वोच्च अदालतले आगामी आइतबार (७ वैशाख) का लागि पेशी तोकेको हो ।

विन नेपालको एफपीओ आइतबार बाँडफाँट हुने

काठमाडौं । विन नेपाल लघुवित्तले चैत २१ गतेदेखि आज २६ गतेसम्म निष्काशन खुला गरेको थप सार्वजनिक निष्कासन (एफपीओ) आइतबार बाँडफाँट हुने भएको छ ।
उक्त कम्पनीको एफपीओ बिक्री प्रबन्धक एसबीआई मर्चेन्ट बैंकिङको आफ्नै कार्यालय ठमेल, काठमाडौंमा आइतबार बिहान ८ बजे बाँडफाँट गर्ने तयारी गरिएको छ ।
कम्पनीको एफपीओका लागि १९ लाख ७४ हजार ७ सय ९ जनाले २ अर्ब ३३ करोड ८४ लाख ५२ हजार रुपियाँ बराबरको २ करोड ३३ लाख ८४ हजार ५२० कित्ताका लागि आवेदन दिएका छन् ।
उक्त कम्पनीले ५१ लाख २९ हजार २ सय रुपियाँको प्रतिकित्ता १ सय रुपियाँ अंकित मूल्यमा ५१ हजार २९२।५० कित्ता एफपीओ निष्काशन गरेको थियो ।
सो कम्पनीको शेयर ५ हजार १ सय २९ जनाले मात्रै १०, १० कित्ताका दरले पाउने छन् ।
एक हजार लगानी गरेको एफपीओ पाउने भाग्यमानीले नेप्सेमा सूचीकृत भई कारोबार शुरु हुने वित्तिकै २९ हजार नाफा कमाउने छन् ।

ई–सेवा खाताबाट १ करोड बढी रकम चोरी, २२ वर्षीय युवक पक्राउ

काठमाडौं। फिसिङ लिंकमार्फत ईसेवामा पहुँच प्राप्त गरी चार हजारभन्दा बढी खाताबाट रकम चोरी गरेको आरोपमा एक युवकलाई पक्राउ गरिएको छ।
कञ्चनपुरको कृष्णपुर १ का २२ वर्षीय राहुल बुढा पक्राउ परेका हुन्। काठमाडौंको अनामनगरमा बसोबास गर्दै आएका उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुले पक्राउ गरेको हो ।
राहुलले मोबाइल मार्फत विभिन्न अलर्ट एसएमएस पठाएर ‘तपाईंको खाता सस्पेन्ड हुने’ भनी चेतावनी दिइ लिंक खोल्न लगाउने गरेका थिए। एसएमएस मार्फत प्राप्त लिंक खोल्ने व्यक्तिहरूको ईसेवा खातामा पहुँच प्राप्त गरी उनीहरूले रकम चोरी गरेका थिए। बुढाले पशुपति ग्लोबल ईनोभेशन प्रालिको मर्चेन्ट खातामा एक करोड २ लाख रुपैयाँ ट्रान्सफर गरेको प्रहरीको अनुसन्धानमा खुलासा भएको छ।
पक्राउ परेका राहुलको कामलाई प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।

कुमारी बैंकले ल्यायो बम्पर उपहार जित्ने योजना

काठमाडौं । कुमारी बैंकले नयाँ योजना टपअप र फोनपे डाइरेट गरौँ गरौँ, बम्पर उपहार जितौँ योजना ल्याएको छ ।
यस योजना अन्तर्गत ग्राहकहरूले आकर्षक उपहारहरू जित्ने अवसर पाउनेछन् । बम्पर उपहार आइफोन १६ रहेको छ भने हरेक हप्ता १०० जनालाई १०० रुपैयाँको मोबाइल रिचार्ज उपहार समेत रहेको छ ।
यस योजनामा सहभागी हुनका लागि ग्राहकहरूले कम्तीमा १०० रुपैयाँको मोबाइल टपअप र कम्तीमा ५०० रुपैयाँको फोनपे डाइरेछ कारोबार अफर अवधिभित्र पूरा गर्नुपर्नेछ ।
यस प्रक्रियालाई पूरा गरेपछि, ग्राहकहरू साप्ताहिक तथा बम्पर उपहार आईफोन १६ का लागि स्वतः योग्य हुनेछन् । यस अन्तर्गत, प्रत्येक हप्ता १०० जना भाग्यशाली विजेताहरूले १०० रुपैयाँको मोबाइल टपअप जित्न सक्नेछन् । यो योजना १ बैंशाख देखी ३१ बैशाख सम्म सञ्चालन हुनेछ ।
विगत २४ वर्ष देखि निरन्तर बैंकिङ्ग सेवा दिदै आएको कुमारी बैंकले आफ्ना देशभर रहेका ३०२ शाखा सञ्जाल, ३१६ एटिएम, ५० एक्सटेन्सन काउन्टर तथा ५४ शाखा रहित बैंकिङ्ग ईकाईहरु मार्फत आफ्ना ग्राहकवर्गलाई अत्याधुनिक तथा प्रभावकारी सेवाहरु प्रदान गर्दै आइरहेको छ र आगामी दिनहरुमा पनि अझ सरल, सुलभ तथा उत्कृष्ट सेवाका निमित्त सहकार्यहरु गर्दै जाने समेत प्रतिबद्धता जनाएको छ ।

प्रभु बैंकका ग्राहकले गोरखा गार्डन होटलमा विशेष छुट पाउने

काठमाडौं । प्रभु बैंकका ग्राहकले गोरखा गार्डन होटलमा विशेक्ष् छुट पाउने भएका छन् ।
बैंक र गोरखा नगरपालिका–६ अर्घले मा रहेको गोरखा गार्डन होटल प्रा।लिबीच व्यवसायिक साझेदारीको लागि सम्झौता भएको छ । यो सँगै कर्मचारी तथा ग्राहकले उपलब्ध सेवाहरुमा बिशेष छुट पाउनेछन् । गोरखा गार्डन होटल प्रालिका तर्फबाट अध्यक्ष सुरेन्द्र कुवर, र प्रभु बैंक गण्डकी प्रदेशका अधिकृत राजु रानाले समझदारीपत्रमा हस्ताक्षर गरे ।
सम्झौता अनुसार प्रभु बैंकका ग्राहक तथा कर्मचारीहरुले बैंकको डेबिड÷क्रेडीट कार्ड तथा बैकंको अन्य कुनै बिधुतीय माध्यम द्वारा बिल भुक्तानी गर्दा गोरखा गार्डन होटल प्रा।लि। मा उपलब्ध आवास, खाना तथा मनोरञ्जन लगायतका सेवाहरुमा १५ प्रतिशत छुट प्राप्त गर्न सक्नेछन् ।
गोरखाको मुटुमा अवस्थित, गोरखा गार्डेन होटल आरामदायी बसाइको लागि न्यानो, परिवारमैत्री वातावरण, आरामदायी आवास र असाधारण सेवाको साथ मिश्रित नयाँ गन्तव्य हुन सक्छ । प्रभु बैंक लिमिटेड तथा गोरखा गार्डन होटल प्रा।लि। विच भएको योे साझेदारीले गोरखाको पर्यटनको प्रवद्र्धन हुनुका साथै प्रभु बैंक लिमिटेडका ग्राहकहरु पनि लाभान्वित हुनेछन् ।

काठमाडौं उपत्यकामा भूकम्पको धक्का महसुस

काठमाडौं । काठमाडौं उपत्यका र आसपासका क्षेत्रमा आज बिहान भूकम्पको धक्का महसुस भएको छ ।
नेपालको उत्तरी सिमानाबाट १८ किलोमिटर टाढा चीनको डिङ्जे भन्ने स्थानलाई केन्द्रविन्दु बनाएर पाँच म्यााग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ । भूकम्प आज बिहान ०४ः०५ बजे गएको हो ।
पछिल्ला दिनमा जाजरकोट जिल्लाका विभिन्न स्थानलाई केन्द्रविन्दु बनाएर लगातार भूकम्प गइरहेको छ । केन्द्रका अनुसार मङ्गलबार बिहान ०४ः५३ बजे जाजरकोटको कुशे गाउँपालिकाको पैंक भन्ने स्थानलाई केन्द्रविन्दु बनाएर चार दशमलव चार म्यााग्निच्युडको भूकम्प गएको थियो ।
गत सोमबार राति ०९ः३१ बजे पनि जाजरकोटको पैंक भन्ने स्थानलाई केन्द्रविन्दु बनाएर चार दशमलव एक म्यााग्निच्युडको भूकम्प गएको थियो ।
कुशे गाउँपालिकाको पैंकलाई केन्द्रविन्दु बनाएर गएको भूकम्पका कारण कुनै क्षति भएनभएकोबारे कुनै विवरण भने प्राप्त भएको छैन । केन्द्रका अनुसार गत चैत २१ गते साँझ ( ०८ः०७ बजे) र (०८ः१० बजे) सोही स्थानलाई केन्द्रविन्दु बनाएर दुई पटक भूकम्प गएको थियो । पहिलो भूकम्प पाँच दशमलव दुई म्यााग्निच्युड र दोस्रो पाँच दशमलव पाँच म्यााग्निच्युडका थियो । भूकम्पका कारण केही घरमा सामान्य क्षति पुगेको थियो ।
चैत २० गते दार्चुलामा चार म्यााग्निच्युडको भूकम्प गएको थियो । चैत १२ गते हुम्लाई केन्द्रविन्दु बनाएर चार दशमलव पाँच म्यााग्निच्युडको भूकम्प गएको भूकम्प मापन केन्द्रको वेबसाइटमा उल्लेख छ ।

आन्दोलनरत शिक्षकलाई कक्षाकोठामा फर्कन सरकारको अनुरोध

काठमाडौं । सरकारले आन्दोलनरत शिक्षकहरुलाई आ–आफ्नो कार्यथलोमा फर्किन अनुरोध गरेको छ ।
मन्त्रिपरिषद्को मंगलबारको बैठकले हाल विद्यार्थी भर्नाको समय, एसइईको उत्तरपुस्तिका परीक्षण एवं कक्षा १२ को राष्ट्रिय परीक्षासमेत भइरहेकाले विरोधप्रदर्शनका कार्यक्रम स्थगन गरी कार्यथलोमा फर्कन आग्रह गरेको हो ।
शिक्षा तथा विज्ञान प्रविधिमन्त्री शिक्षामन्त्री विद्या भट्टराईले नेपाल शिक्षक महासंघको आह्वानमा भइरहेको प्रदर्शनप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै सरकारले संघीय संसद्मा विचाराधीन विद्यालय शिक्षा विधेयक यथाशक्य चाँडो पारित गर्ने प्रयोजनका लागि संघीय संसद्को अधिवेशन यही वैशाख १२ गते आह्वान गर्ने निर्णय गरेको जनाईन ।
मन्त्री भट्टराईले नेपाल शिक्षक महासंघले उठाएका मागहरु सम्बोधन गर्न सरकार संवेदनशील रहेको त्यसनिम्ति निरन्तर संवादमा रहेको जनाईन ।

शिक्षक महासङ्घले सडक आन्दोलनलाई निरन्तरता दिने

काठमाडौँ । नेपाल शिक्षक महासङ्घले जारी आन्दोलनलाई निरन्तरता दिने भएको छ । महासंघका अध्यक्ष लक्ष्मी किशोर सुवेदीले आन्दोलन जारी रहने जानकारी दिएका हुन् ।
सरकारले मंगलबार राति बजेट अधिवेशन आह्वान गर्ने र सङ्घीय संसदमा विचाराधीन रहेको विद्यालय शिक्षा विधेयक यथाशक्य पारित गर्ने निर्णय गरेको थियो । यससँगै सरकारले शिक्षकहरूलाई आन्दोलनका कार्यक्रम रोक्न आग्रह गरेको थियो ।
तर महासङ्घले आफूहरूले उठाएका विषयमा राज्य यथावत् अनुदार देखिएको निष्कर्ष निकाल्दै प्रदर्शनलाई निरन्तरता दिने भएको हो ।
अध्यक्ष सुवेदीले सामाजिक सञ्जालमा लेखेका छन्–ुदेश भरिका सबै साथीहरू आन्दोलनको यो निर्णायक घडीमा हामी तपाईँलाई काठमाडौँको आन्दोलनको मोर्चामा पर्खिरहेका छौँ । यो आन्दोलनले तपाईंको सक्रिय सहभागिता खोजिरहेको छ । तुरुन्तै काठमाडौँ आइपुग्नुहोला । ु

छविलालको मुद्वामा कैफियत प्रतिवेदन झिकाउन सर्वोच्चको आदेश

काठमाडौं । सर्वोच्च अदालतले सहकारी ठगी आरोपमा थुनामा रहेको पूर्वडीआईजी छविलाल जोशीको मुद्वामा कैफियत प्रतिवेदन झिकाउन आदेश दिएको छ ।
उच्च अदालत तुलसीपुर बुटवलले पुर्पक्षका लागि थुनामा पठाएपछि जोशी सर्वोच्च पुगेका हुन् ।
आज सर्वोच्च अदालतका न्यायाधीश विनोद शर्माको इजलासले संगठित तथा सहकारी ठगी कसुरमा जोशीलाई पुर्पक्षको लागि थुनामा पठाउने आदेशको कैफियत प्रतिवेदन झिकाउन आदेश गरेको हो ।

लेटेष्ट समाचार

गृह मन्त्रालयको भर्चुअल बैठक ः निर्वाचन सुरक्षामा केन्द्रित रहन निर्देशन

काठमाडौं । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनलाई स्वच्छ, निष्पक्ष, शान्तिपूर्ण र भयरहीत वातावरणमा सम्पन्न गर्न गृह मन्त्रालयले सबै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुसँग भर्चुअल बैठक सम्पन्न...

सामाजिक सञ्जाल नियमन सम्बन्धी विधेयक संसदवाट फिर्ता लिने सरकारको निर्णय

काठमाण्डौं । सरकारले सामाजिक सञ्जालको सञ्चालन प्रयोग तथा नियमन गर्न बनेको विधेयक सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०८१ संघीय संसदवाट फिर्ता लिने निर्णय गरेको...

पुरानो संसद् फर्काउने चलखेल र धम्की स्वीकार्दैनौं ः रवि लामिछाने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले अझै पनि ज–जसले गठबन्धन गरे पनि निर्वाचनबाट आउने परिणाम स्वीकार्न तयार रहेको जनाएका छन्...