Page 9

आजका लागि यस्तो छ विदेशी मुद्राको विनिमयदर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । अमेरिकी डलर एकको खरिददर १३६ रूपैयाँ ३० पैसा र बिक्रीदर १३६ रूपैयाँ ९० पैसा कायम भएको छ ।
केन्द्रीय बैंकले युरोपियन युरो एकको खरिददर १५५ रूपैयाँ २८ पैसा र बिक्रीदर १५५ रूपैयाँ ९६ पैसा, युके पाउन्ड स्टर्लिङ एकको खरिददर १८१ रूपैयाँ २३ पैसा र बिक्रीदर १८२ रूपैयाँ ०३ पैसा, स्वीस फ्र्याङ्क एकको खरिददर १६६ रूपैयाँ ९८ पैसा र बिक्रीदर १६७ रूपैयाँ ७२ पैसा कायम गरिएको जनाएको छ ।
त्यसैगरी, अष्ट्रेलियन डलर एकको खरिददर ८६ रूपैयाँ ९१ पैसा र बिक्रीदर ८७ रूपैयाँ २९ पैसा, क्यानेडियन डलर एकको खरिददर ९८ रूपैयाँ ४२ पैसा र बिक्रीदर ९८ रूपैयाँ ८६ पैसा, सिङ्गापुर डलर एकको खरिददर १०३ रूपैयाँ ९५ पैसा र बिक्रीदर १०४ रूपैयाँ ४१ पैसा निर्धारण गरिएको छ ।
जापानी येन १० को खरिददर नौ रूपैयाँ ५९ पैसा र बिक्रीदर नौ रूपैयाँ ६३ पैसा, चिनियाँ युआन एकको खरिददर १८ रूपैयाँ ६७ पैसा र बिक्रीदर १८ रूपैयाँ ७५ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३६ रूपैयाँ ३३ पैसा र बिक्रीदर ३६ रूपैयाँ ४९ पैसा, कतारी रियाल एकको खरिददर ३७ रूपैयाँ ३९ पैसा र बिक्रीदर ३७ रूपैयाँ ५६ पैसा तोकिएको छ ।
केन्द्रीय बैंकका अनुसार थाई भाट एकको खरिददर चार रूपैयाँ ०८ पैसा र बिक्रीदर चार रूपैयाँ १० पैसा, युएई दिराम एकको खरिददर ३७ रूपैयाँ ११ पैसा र बिक्रीदर ३७ रूपैयाँ २८ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३० रूपैयाँ ८८ पैसा र बिक्रीदर ३१ रूपैयाँ ०२ पैसा निर्धारण भएको छ ।
यसैगरी, साउथ कोरियन वन एक सयको खरिददर नौ रूपैयाँ ५७ पैसा र बिक्रीदर नौ रूपैयाँ ६२ पैसा, स्विडिस क्रोनर एकको खरिददर १४ रूपैयाँ १५ पैसा र बिक्रीदर १४ रूपैयाँ २१ पैसा र डेनिस क्रोनर एकको खरिददर २० रूपैयाँ ८० पैसा र बिक्रीदर २० रूपैयाँ ८९ पैसा तोकिएको छ ।
राष्ट्र बैंकले हङकङ डलर एकको खरिददर १७ रूपैयाँ ५६ पैसा र बिक्रीदर १७ रूपैयाँ ६४ पैसा, कुवेती दिनार एकको खरिददर ४४४ रूपैयाँ ५४ पैसा र बिक्रीदर ४४६ रूपैयाँ ५० पैसा, बहराइन दिनार एकको खरिददर ३६१ रूपैयाँ ५४ पैसा र बिक्रीदर ३६३ रूपैयाँ १३ पैसा, ओमनी रियाल एकको खरिददर ३५४ रूपैयाँ ४९ पैसा र बिक्रीदर ३५६ रूपैयाँ ०५ पैसा रहेको छ । केन्द्रीय बैंकले भारतीय रूपैयाँ १०० को खरिददर १६० रूपैयाँ र बिक्रीदर १६० रूपैयाँ १५ पैसा तोकेको छ ।

श्रीमानको जन्मदिनमा रिलायबल लाइफको बीमा पोलिसी उपहार

काठमाडौं । कंचनपुर जिल्लास्थित पुनर्बास नगरपालिका–०५ की मिना थापाले आफ्नो श्रीमानको जन्मदिनमा बीमा पोलिसी उपहार दिएकी छिन्।
उनले रिलायबल नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको शाखा कार्यालय (आईबीआरडी) बाट १० लाख रुपैयाँको ‘सुलभ जीवन बीमा’ पोलिसी खरीद गरेर श्रीमानलाई उपहारमा दिएकी हुन्।
बार्षिक रूपमा ५२ हजार ६६० रुपैयाँ तिर्ने गरी लिइएको यस बीमा पोलिसीले जीवन सुरक्षासँगै बचतको सुविधा पनि प्रदान गर्ने कम्पनीले जनाएको छ।
उक्त बीमा पोलिसी कम्पनीका आईबीआरडी मार्केटिङ प्रमुख अनिता चन्द र एजेन्सी म्यानेजर राम बहादुर रोकायाले संयुक्त रुपमा जीवन थापा र मिना थापालाई हस्तान्तरण गरेका थिए।
रिलायबल नेपाल लाइफ इन्स्योरेन्स कम्पनी नेपाल सरकारको पूर्ण स्वामित्व भएको राष्ट्रिय वाणिज्य बैंक, ग्लोबल आइएमई बैंक लगायतका प्रमुख प्रवद्र्धक सहितको एक अग्रणी जीवन बीमा कम्पनी हो

गभर्नरको मुद्दा ‘हेर्न नभ्याइने’मा

काठमाण्डौं । गभर्नर नियुक्तिसम्बन्धी मापदण्डको संशोधन कार्यान्वयन गर्न नहुने माग राखी सर्वोच्च अदालतमा दायर रिट निवेदनमाथि सोमबार पनि हेर्न नमिल्नेमा राखीएको छ ।
न्यायाधीशद्वय महेश शर्मा पौडेल र नृपध्वज निरौलाको इजलासमा परे पनि सुनुवाइ हुन नसकेको हो।
सरकारले गभर्नर नियुक्तिसम्बन्धी मापदण्ड संशोधन गरेर ६५ वर्ष पुरा भएको व्यक्ति पनि नियुक्त हुन सक्ने व्यवस्था गरेको थियो ।
अधिवक्ताहरु विशाल थापालगायतले सर्वोच्चमा भट्टको योग्यता नपुग्ने भन्दै रिट दायर गरेका हुन्। आइतबार पनि यो रिट हेर्न भ्याइएको थिएन। सोमबारलाई पेसी तोकिए पनि सुनुवाइ हुन सकेन।

दुर्गा प्रसाईंविरूद्ध अर्को पनि पक्राउ पुर्जी जारी

काठमाडौं । दुर्गा प्रसाईविरूद्व अर्को पनि पक्राउ पुर्जी जारी भएको छ ।
प्रसाईंविरूद्ध सिआइबीमा अर्को निवेदन परेको हो। नेपाल राष्ट्र बैंकले बैंकिङ कसुरमा प्रसाईंमाथि अनुसन्धान गर्न भनेर सिआइबीलाई पत्राचार गरेको हो। जसअनुसार प्रसाईंविरूद्ध अर्को पक्राउ पुर्जी पनि जारी भएको छ।
चैत १५ गते तीनकुनेमा हिंसा भड्काएको, प्रहरीको ज्यान मार्ने प्रयास गरेको आरोपमा उनी जिल्ला प्रहरी परिसर काठमाडौंको हिरासतमा छन्।

 

शेयर बजारमा ७.७५ अंकको गिरावट, पौने ९ अर्बको कारोबार

काठमाडौं । शेयर बजार आज पनि झिनो अंकले तल झरेको छ । नेप्से तल ओर्लिए पनि कारोबार रकम भने पौन ९ अर्ब बढी रह्यो ।
नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) का अनुसार आज बजार ७.७५ अंकले घटेको हो । ०.२८ प्रतिशतले बजार घट्दा नेप्से २६९८.२८ अंकमा ओर्लियो ।
समग्रमा बजार घटे पनि बैंकिङ, फाइनान्स, जीवन बमिा, निर्जीवन बीमा र अन्य समूह घटे भने अरु बाँकी समूह हरियाली भए । बैंक वित्तीय संस्थाको तेस्रो त्रैमासको रिपोर्ट केही नकारात्मक देखिए पछि त्यसैको असर शेयर बजारमा पनि परेको आंकलन गरिएको छ ।
आज ३१९ कम्पनीका २ करोड १२ लाख ३ हजार ७ सय ६६ कित्ता शेयर किनबेच हुँदा ८ अर्ब ७७ करोड ५७ लाख २० हजार २ सय ९३.६४ रुपियाँ बराबरको कारोबार भयो ।
नेपाल माइक्रो, क्रेस्ट माइक्रो इन्स्योरेन्स, यूनिभर्सल पावर र ग्रीनलाइफ हाइड्रोका लगानीकर्ताहरुले क्रमशः ९.९९, ९.९९, , ९.८८ र ९.८० प्रतिशतले नााफा कमाए ।
त्यस्तै गुडविल फाइनान्सका लगानीकर्ताहरुले सबैभन्दा बढी ७.७५ प्रतिशतले घाटा व्यहोरे ।
आज ङादी ग्रुप पावरको उच्च कारोबार भयो । उक्त कम्पनीको ५३ करोड ९९ लाख १८ हजार १ सय ७४.९० रुपियाँ बराबरको शेयर किनबेच भएको नेप्सेले जनाएको छ ।
साताको पहिलो दिन हिजो आइतबार १६.२१ अंकले बजार घट्दा ८ अर्ब ४३ करोड ३५ लाख ८९ हजार ७ सय ८५.२९ रुपियाँ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।

शिक्षकहरूले आज बिहान ९ बजेदेखि १२ बजेसम्म प्रदर्शन गर्ने

काठमाण्डौं । शिक्षकहरुको आन्दोलन आइतबार १९ औं दिन पुगेको छ । विद्यालय शिक्षा ऐन जारी गर्न माग गर्दै गएको चैत २० गतेदेखि काठमाण्डौं केन्द्रित आन्दोलन गरिहेका शिक्षकहरूले प्रधानमन्त्री केपी शर्मा ओली र सभामुख देवराज घिमिरेसँग छुटाछुटै छलफल गरे पनि कुनै निस्कर्ष निस्केको छैन ।
तत्कालै शिक्षा ऐन जारी हुनेमा आश्वस्त हुन नसकेपछि उनीहरुले आन्दोलनलाई निरन्तरता दिएका छन् । शिक्षकको प्रदर्शनका कारण माइतीघर–बबरमहल सडकमा यातायात सेवा प्रभावित हुँदै आएको छ ।
शिक्षकहरुले आइतबार बिहान ९ बजेदेखि दिउँसो १२ बजेसम्म प्रदर्शन गर्ने जनाएका छन् । यसले कार्यालय समयमा अझै धेरै समस्या हुने देखिएको छ । आइतबार नै राप्रपाले पनि प्रदर्शन गर्ने भएका कारण आफ्नो कार्यक्रम सारिएको शिक्षक महासङ्घले जनाएको छ । यसअघि शिक्षकहरुले दिउँसो १२ बजेदेखि ३ बजेसम्म प्रर्दशन गर्दै आएका थिए ।
यसबीच नेपाल शिक्षक महासङ्घले आन्दोलन अवधिभर संस्थागत विद्यालय समेत बन्द गर्न आग्रह गरेको छ । महासंघले विज्ञप्ति जारी गर्दै शैक्षिक सडक आन्दोलन उत्कर्षमा पुगेकोले सबैलाई आन्दोलनमा अनिवार्य उपस्थित हुन समेत आग्रह गरेको छ । ‘शैक्षिक आम हडतालको यो अभियानलाई सफल तुल्याउन संस्थागत विद्यालयहरू समेत बन्द गरी साथ दिन सम्बन्धित सबै मित्रहरूमा अनुरोध छु’ विज्ञप्तिमा भनिएको छ ।
आन्दोलन अवधिमा विद्यालय खोल्ने, प्रवेश परीक्षा र ग्रेड वृद्धि परीक्षा सञ्चालन गर्ने, उत्तरपुस्तिका परीक्षण गर्ने, गोष्ठी, सेमिनार, शैक्षिक भ्रमण लगायतका कुनै पनि क्रियाकलापमा संलग्न नहुन पनि महासङ्घले आग्रह गरेको छ । आउँदै गरेको कक्षा १२ को परीक्षामा संलग्न नहुन समेत महासंघको आग्रह छ ।

नौ महिनामा ग्लोबल आइएमई बैंकको नाफा ३७ प्रतिशतले बढ्यो

काठमाडौं । चालू आवको तेस्रो त्रैमास अर्थात् चैत मसान्तसम्ममा ग्लोबल आइएमई बैंकको नाफामा उल्लेख्य वृद्धि आएको छ ।
समीक्षा अवधिमा बैंकले ४ अर्ब ५३ करोड ४० लाख रुपियाँ खुद नाफा कमाएको छ । यो गत आवको सोही अवधिको तुलनामा ३७.१२ प्रतिशतले बढी हो । गत आवको सोही अवमिा बैंकले ३ अर्ब ३० करोड रुपियाँ खुद नाफा कमाएको थियो ।
तेस्रो त्रैमाससम्ममा बैंकको खुद ब्याज आम्दानी ५.४६ प्रतिशत घटेर १२ अर्ब ३१ करोड ७१ लाख छ भने खुद फी तथा कमिशन आम्दानी १७.३० प्रतिशत बढेर १ अर्ब ३१ करोड १८ लाख रुपियाँ छ । त्यस्तै, बैंकको कुल सञ्चालन आम्दानी ०.६१ प्रतिशत घटेको छ भने सञ्चालन मुनाफा ३४.४१ प्रतिशत बढेको छ ।
नाफासँगै बैंकको प्रतिशेयर आम्दानी पनि बढेको छ । चैत मसान्तसम्म बैंकको यस्तो आम्दानी ३.६६ रुपियाँले बढेर १५.८६ रुपियाँ पुगेको छ। यस अवधिमा बैंकको वितरणयोग्य आम्दानी ३ अर्ब ५४ करोड रुपियाँ र वितरणयोग्य प्रतिशेयर आम्दानी १२.४ रुपियाँ, मूल्य आम्दानी अनुपात १३.७९ गुणा र प्रतिशेयर नेटवर्थ १७३.४७ रुपियाँ रहेको छ।
३८ अर्ब ११ करोड ५८ लाख रुपियाँ चुक्ता पुँजी रहेको बैंकको जगेडा कोषमा ३ अर्ब ५७ करोड ३७ लाख रुपियाँ सञ्चित छ ।

नबिल बैंकको नाफा ५ अर्ब नाघ्यो, अन्य सूचकमा पनि उल्लेख्य प्रगति

काठमाडौं । चालू आर्थिक वर्षको तेस्रो त्रैमास अर्थात् चैत मसान्तसम्ममा नबिल बैंकको नाफामा ८.२१ प्रतिशतले बढेको छ । नाफासँगै अन्य सूचक पनि सकारात्मक देखिएका छन् ।
समीक्षा अवधिमा बैंकले ५ अर्ब ५ करोड १४ लाख रुपियाँ नाफा कमाएको छ । यो गत आवको सोही अवधिको तुलनामा ८.२१ प्रतिशतले बढी हो । गत आवमा बैंकले ४ अर्ब ६६ करोड ८० लाख नाफा कमाएको थियो ।
त्यस्तै, तेस्रो त्रैमाससम्म खुद ब्याज आम्दानी ३.९५ प्रतिशतले घटेर १२ अर्ब ५ करोड ४४ लाख रुपियाँमा सीमित भएको छ । जुन गत आवको सोही अवधिमा १२ अर्ब ५५ करोड रुपियाँ थियो ।
चैत मसान्तसम्म सञ्चालन नाफा ६ अर्ब ६८ करोड ४२ लाख रुपियाँबाट बढेर ७ अर्ब ६२ करोड २३ लाख रुपियाँ पुगेको छ भने कुल सञ्चालन आम्दानी १५ अर्ब २९ लाख रुपियाँ पुगेको छ । समीक्षा अवधिमा बैंकको वितरणयोग्य मुनाफा २ अर्ब ८७ करोड ४१ लाख रुपियाँ पुगेको छ ।
२७ अर्ब ५ करोड ६९ लाख रुपियाँ चुक्ता पुँजी रहेको बैंकको जगेडा कोषमा ३१ अर्ब ३१ करोड ५५ लाख रुपियाँ सञ्चित रहेको छ ।
चैत मसान्तसम्मको अवधिमा बैंकको प्रतिशेयर आम्दानी २३.२४ रुपियाँबाट बढेर २५.०५ रुपियाँ र प्रतिशेयर नेटवर्थ २२६.३६ रुपियाँ छ । साथै बैंकको खराब कर्जा ४.९६ प्रतिशतबाट घटेर ४.०४ प्रतिशतमा झरेको छ ।

माछापुच्छ्रे बैंकको नाफा र ब्याज आम्दानीसँगै ईपीएस पनि बढ्यो

काठमाडौं । चालू आवको तेस्रो त्रैमास अर्थात् चैत मसान्तसम्ममा माछापुच्छ्रे बैंकको नाफा बढेको छ ।
समीक्षा अवधिमा बैंक १ अर्ब १० करोड २६ लाख रुपियाँ नाफा कमाउन सफल भएको छ । यो गत आवको सोही अवधिको तुलनामा २८.८९ प्रतिशतले बढी हो । गत आवमा बैंकले ८५ करोड ५४ लाख रुपियाँ नाफा कमाएको थियो ।
चैत मसान्तसम्म आइपुग्दा बैंकको खुद ब्याज आम्दानी ३ अर्ब ८४ करोडबाट १०.४१ प्रतिशतले बढेर ४ अर्ब २५ करोड पुगेको छ । त्यस्तै, कुल सञ्चालन १३.०६ प्रतिशतले बढेर ५ अर्ब ५४ करोड २८ लाख रुपियाँ कायम भएको छ । साथै सञ्चालन नाफा ५२.७६ प्रतिशतले बढेर २ अर्बभन्दा बढी पुगेको छ ।
११ अर्ब ६२ करोड १३ लाख ५७ हजार रुपियाँ चुक्ता पुँजी रहेको बैंकको जगेडा कोषमा ६ अर्ब ४३ करोड ३० लाख रुपियाँ सञ्चित छ ।
समीक्षा अवधिमा बैंकको प्रतिशेयर आम्दानी ९.८१ बाट बढेर १२.६५ रुपियाँ, प्रतिशेयर नेटवर्थ १५६.२० रुपियाँ र वितरणयोग्य मुनाफा ७ करोड ७ लाख रुपियाँ छ ।

एनएसएलको एलिमिनेटरमा चितवन र पोखरा खेल्दै

काठमाण्डौं । नेपाल सुपर लिग (एनएसएल) फुटबलको एलिमिनेटरमा आइतबार चितवन एफसी र पोखरा थण्डर्स खेल्दैछन् । खेल त्रिपुरेश्वरमा रहेको दशरथ रङ्गशालामा बेलुका ६ बजे शुरु हुनेछ ।
यो खेलको विजेताले दोस्रो क्वालिफायरमा बुधवार धनगढीसँग खेल्नेछ भने पराजित हुने टोली बाहिरिनेछ । लिग चरणमा चितवन तेस्रो र पोखरा चौथो हुँदै प्लेअफमा प्रवेश गरेका हुन् ।
शनिबार भएको पहिलो क्वालिफायरमा धनगढी एफसीलाई २–१ गोलले हराउँदै ललितपुर फाइनलमा पुगिसकेको छ । तेस्रो संस्करणको एनएसएलको फाइनल खेल आउँदो शनिवार हुनेछ ।

लेटेष्ट समाचार

समानुपातिक बन्दसूचीका ७६ जना उम्मेदवार अयोग्य ठहर

काठमाण्डौं । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै निर्वाचन आयोगले समानुपातिक प्रणालीअन्तर्गत दलहरूले पेस गरेका बन्दसूचीबाट ७६ जना उम्मेदवारलाई अयोग्य...

नेपालले आज युएईविरुद्ध टी–२० क्रिकेट विश्वकपको वार्मअप खेल खेल्दै

काठमाडौँ । आईसीसी टी २० विश्वकपअन्तर्गत समूह चरणको खेल खेल्नुअघि पहिलो वार्म अप खेलमा नेपालले आज यूएईसँग खेल्दै छ। नेपाल र यूएईबीचको वार्म अप खेल...

झापा–५ मा बालेनको चुनावी अभियान तीव्र

काठमाण्डौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन शाह यतिखेर झापामा छन्। निर्वाचन नजिकिँदै जाँदा उनले झापा–५ मा चुनावी प्रचारप्रसार तीव्र बनाएका...