Page 11

प्रचण्डलाई प्रधानमन्त्रीको जवाफ– प्यारापिट र फ्लडलाइटका पोल हेर्न कीर्तिपुर जानुहोस्

काठमाण्डौं । माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई प्रधानमन्त्री केपी शर्मा ओलीले फ्लडलाइट र प्यारापिट हेर्न कीर्तिपुर जान आग्रह गरेका छन् ।
प्रचण्डले सोमबार प्रतिनिधिसभामा सोधेको प्रश्नको उत्तर दिंदै प्रधानमन्त्री ओलीले फ्लडलाइट र प्यारापिट कीर्तिपुर क्रिकेट मैदानमा गएर हेर्न भनेका हुन् ।
प्रचण्डले ३ सय दिनमा फ्लडलाइट र प्यारापिट कहाँ बन्यो भन्दै प्रधानमन्त्री ओलीलाईघ प्रश्न गरेका थिए ।
फेसबुकमा जवाफ दिदैं प्रधानमन्त्री ओलीले भने ‘बनिरहेको प्यारापिट हेर्न जानुस्, जडान हुँदै गरेको फ्लडलाइटका पोल हेर्न जानुस् । बनिरहेको छ ।’
यस्तै उनले आफू प्रधानमन्त्री हुँदा दाहालले कुनै पनि टाइमलाइन नतोकेको प्रधानमन्त्री ओलीको भनाइ छ । ‘सरकारको कामबारे तथ्यतथ्यांक राखेर तपाईंले प्रधानमन्त्रीको रुपमा जवाफ पनि दिनु परेन। तपाईंका त न कुनै वाचा, न कुनै निर्णय, न कुनै संकल्प, न कुनै काम । मैले त दिन तोकेर गर्छु भनें, आफैंमाथि प्रश्न आह्वान गरें र काम पनि गरें । तपाईंले जर्जर छोडेको अर्थतन्त्र अहिले कहाँ पुग्यो, तथ्याङ्क हेर्नुस् भन्ने सुझाव दिन चाहन्छु,’ ओलीले भनेका छन् ।

स्वास्थ्य बिमा क्षेत्रमा पुनःविचार गरिने प्रधानमन्त्रीको दाबी

काठमाडौं । प्रधानमन्त्रकी केपी शर्मा ओलीले स्वास्थ्य बिमा क्षेत्रमा पुनःविचार गरिने दाबी गरेका छन् ।
त्रिभुवन विश्वविद्यालय, शिक्षण अस्पतालको ४३औँ वार्षिकोत्वसका अवसरमा आज आयोजित समारोहमा प्रधानमन्त्री ओलीले स्वास्थ्य बिमाका नाममा कतिपय अवस्थामा दुरुपयोग हुने गरेको पाइएको जनाउँदै उनले औचित्य पुष्टि हुने गरी स्वास्थ्य बिमा कार्यक्रममा पुनरावलोकन गरिने जनाएका हुन् ।
उनले निरोगी नेपाल अभियान र बिरामीलाई सही उपचार गराउने काममा थप सफलता हासिल गर्न त्रिभुवन विश्वविद्यालय, शिक्षण अस्पताललाई आग्रह पनि गरे । नेपाली जनताको सेवा गर्ने मामिलामा सर्वोत्कृष्टता हासिल गरेको यस अस्पतालले दक्ष जनशक्ति उत्पादन, स्वाथ्य उपचार र स्वास्थ्य सेवाका क्षेत्रमा अस्पतालले अझै सफलता हासिल गर्दै जानुपर्नेमा जोड दिए ।
“मानिसहरु बिरामी भएपछि चिकित्सक, नर्स र अस्पतालप्रति विश्वास र आशा गर्छन् । अस्पताल पुगेपछि बिरामीले बाँच्छु भन्ने आशा राखेको हुन्छ । त्यो विश्वासलाई पूरा गर्नु तपाईँहरुको दायित्व हो”, प्रधानमन्त्री ओलीले भने, “नर्सहरुको हातमा जादु हुन्छ । बिरामीलाई उपचार गर्न औषधिले मात्रै होइन, नर्सको मृदुभाषीपन र राम्रो व्यवहारले पनि बिरामीलाई निको पार्छन् । ठीक औषधि, ठीक मात्रामा र ठीक समयमा औषधि खान चिकित्सकले गर्ने सिफारिसका आधारमा औषधिलाई खुवाउने र स्याहार सुसार गर्ने काम नर्सहरुको हो ।”
कार्यक्रममा प्रधानमन्त्री ओलीले अस्पतालको विस्तार सेवा भवन निर्माणमा सहयोग गर्ने भाटभटेनी सुपर मार्केटका प्रबन्ध निर्देशक मीनबहादुर गुरुङलाई सम्मान प्रदान गरेका थिए । अस्पतालको वार्षिकोत्सवका अवसरमा आजै सो नयाँ सेवा भवनको प्रधानमन्त्री ओलीबाट उद्घाटन भएको थियो ।

सानिमा रिलायन्स लाइफको १६ लाख कित्ता शेयर बिक्रीमा

काठमाडौं । सानिमा रिलायन्स लाइफ इन्स्यारेन्स कम्पनी लिमिटेडले संस्थापक शेयरधनीहरुको शेयर बिक्रीमा ल्याएको छ । कम्पनीले संस्थापक शेयरधनीहरुको स्वामित्वमा रहेको १६ लाख ४७ हजार ५८४ कित्ता संस्थापक शेयर आजदेखि बिक्रीमा राखेको हो ।
संस्थापक शेयरधनीहरुले शेयर बिक्रीमा लागि निवेदन दिएकोमा कम्पनीको सञ्चालक समितिको असार १३ गते बसेको बैठकको निर्णयबमोजिम उक्त शेयर बिक्री गर्न लागिएको कम्पनीले जनाएको छ । यो शेयर खरिदका लागि कम्पनीका विद्यमान संस्थापक शेयरधनीहरुले मात्रै आवेदन दिन सक्नेछन् ।
यसर्थ संस्थापक शेयरधनीहरुले सूचना प्रकाशित भएको ३५ दिन भित्र आवेदन दिनुपर्नेछ ।उक्त आवेदन नक्सालमा रहेको कम्पनीको केन्द्रीय कार्यालयमा आईपुग्ने गरी पेश गर्नु पर्नेछ ।

पास्नीको अवसरमा रिलायबल नेपाल लाइफको बीमा पोलिसी उपहार

काठमाडौं । कंचनपुर जिल्लाको पुनर्बास नगरपालिका–८बस्ने प्रकाश मल्लले छोरीको पास्नी अवसर पारेर बीमा पोलिसी उपहार दिएका छन् । उनले रिलायबल नेपाल लाइफ इन्स्योरेन्स कम्पनी शाखा कार्यालयमै गएर बिआरडिबाट १० लाख रुपैयाँ बीमाङ्कको बाल सर्ब शुलभ जिवन बीमा पोलिसि खरिद गरी उपहार दिएका हुन् ।
छोरीको पास्नीको उत्सव पारेर छोरीको सुरुक्षित भविष्यको लागि छोरी आफ्नो रिस्क कभर हुने र बचत संगसंगै सुरक्षाका लागि भन्दै उनले सो बीमा पोलिसि लिएका हुन । उक्त बीमालेख कम्पनी आइबिआरडि शाखा प्रमुख शंकर जैशी र सिनियर एजेन्सी म्यानेजर राम बहादुर रोकाया र एजेन्सी म्यानेजर हेमा मल्ल रोकायाले संयुक्त रुपमा प्रकाश मल्ललाई मनले चिताएको कार्यलाई साकार पार्नु भएकोमा बधाई दिदै बिमालेख हस्तान्तरण गरेका थिए ।

नबिल बैंकले साउन ६ गतेदेखि ऋणपत्र निष्कासन गर्ने

काठमाडौं । नबिल बैंक लिमिटेडले साउन ६ गतेदेखि ऋणपत्र निष्कासन गर्ने भएको छ ।
बैंकले ‘७ प्रतिशत नबिल डिबेन्चर २०८९’ निष्कासन गर्न असार १२ गते नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको थियो ।
८ वर्षे अवधिको यो ऋणपत्रको वार्षिक ब्याजदर भने ७ प्रतिशत हुनेछ ।
बैंकले ३ अर्ब रुपियाँबराबरको प्रतिकित्ता १ हजार रुपियाँका दरले ३० लाख कित्ता ऋणपत्र निष्कासन गर्नेछ । जसमध्ये १८ लाख कित्ता व्यक्तिगत तवरबाट र १२ लाख कित्ता सार्वजनिक निष्कासनमार्फत (सामूहिक लगानी कोषका लागि सुरक्षित गरिएको ६० हजार कित्तासहित) बिक्री गरिनेछ ।
लगानीकर्ताले न्यूनत २५ कित्ता र अधिकतम १२ लाख कित्ताको माग गर्दै आवेदन दिन सक्नेछन् ।
आवेदन दिने अन्तिम मिति साउन ९ गतेलाई तोकिएको छ । यद्यपि, तोकिएको समयभित्र पर्याप्त आवेदन नपरेमा म्याद २० गतेसम्म लम्बिनेछ ।
बैंकको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक नेपाल एसबिआई मर्चेण्ट बैंकिङ लिमिटेड रहेको छ ।

शेयर बजारमा ३५ अंकको पहिरो, हाइड्रो बाहेक अरु राताम्मे

काठमाडौं । केही दिनदेखि बढिरहेको शेयर बजारमा आज उच्च अंकको करेक्शन आएको छ ।
नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) का अनुसार आज बजार ३५ अंकले तल झरेको हो । १.२७ प्रतिशतले बजार घट्दा नेप्से परिसूचक २७२५.७१ अंकमा झरेको छ ।
समग्रमा बजार घटे पनि हाइड्रो पावर समूह भने ०.१५ प्रतिशतले उचालिएको छ । बाँकी अरु समूह राताम्मे भएका छन् । बैंकिङ समूह सबैभन्दा बढी २.४६ प्रतिशतले घटेको हो ।
आज ३२१ कम्पनीका २ करोड ११ लाख २ हजार ५ सय ४० कित्ता शेयर किनबेच हुँदा ८ अर्ब १७ करोड २१ लख ४३ हजार ३ सय २६.०७ रुपियाँ बराबरको कारोबार भएको हो ।
माई खोला हाइड्रोका लगानीकर्ताहरुले सबैभन्दा बढी ५.९० प्रतिशतले नाफा कमाएका छन् भने सामुदायिक लघुवित्तका लगानीकर्ताहरुले सबैभन्दा बढी ४.४६ प्रतिशतले घाटा व्यहोरेका छन् ।
आज एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट लिमिटेडको उच्च कारोबार भएको छ । उक्त कम्पनीको ४० करोड ८८ लाख ५३ हजार ४ सय ६४ रुपियाँ बराबरको कारोबार भएको नेप्सले जनाएको छ ।
साताको पहिलो दिन हिजो आइतबार २९ अंकले बजार बढ्दा ११ अर्ब ४१ करोड ६४ लाख २८ हजार ४ सय ६७ रुपियाँ बराबरको कारोबार भएको थियो ।

आज देशैभर भारी वर्षाको सम्भावना

काठमाण्डौं । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा पूर्वमा सरदर स्थानको आसपास र पश्चिममा सरदर स्थानभन्दा थोरै उत्तरतिर रहेको छ।
जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशका गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेश लगायत पहाडी भूभाग साधारणतया बदली रही बाँकी भूभागमा आंशिक बदली रहेको छ। बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।
दिउँसो देशभर साधारणतया बदली रहनेछ। सबै प्रदेशका केही स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।
कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश, कर्णाली प्रदेशका एकदुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ। देशको उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षा र हिमपातको सम्भावना रहेको छ।
राति भने देशभर आंशिकदेखि साधारणतया बदली रहनेछ। कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र सुदूरपश्चिम प्रदेशका केही स्थानहरू तथा बाँकी प्रदेशका थोरै स्थानहरुमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।
कोशी प्रदेश र लुम्बिनी प्रदेशका एकदुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ। देशको उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षा र हिमपातको सम्भावना रहेको छ।
कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी भूभागका केही स्थानहरूमा तथा बाँकी भूभागका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।
सबै प्रदेशका एकदुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ। देशको उच्चपहाडी तथा हिमाली भूभागका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षा र हिमपातको सम्भावना रहेको छ।
सम्भावित वर्षाको कारणले भूक्षय, बाढी, पहिरो तथा गेग्रान बहावको जोखिम रहेकोले शहरी तथा तराई क्षेत्रहरूमा डुबानको जोखिम रहेको, ठूला तथा साना नदी नाला र खोलाहरूमा पानीको सतह बढ्न सक्ने, दैनिक जनजीवन, कृषि, स्वास्थ्य, पर्यटन, नदी क्षेत्र आसपासका निर्माण कार्य, सडक तथा हवाई यातायात समेत प्रभावित हुन सक्ने भएकोले आवश्यक सतर्कता तथा पूर्व तयारी अपनाउन सर्वसाधारण तथा सबै सरोकारवाला निकायहरूसँग महाशाखाले अनुरोध गरेको छ।

ओली सरकारको १ वर्ष ः अर्थतन्त्रका सूचकहरु सकारात्मक, राष्ट्रिय आयोजनाहरुको कामले गति लियो

काठमाडौं । राजनीतिक स्थायित्वका लागि नेकपा (एमाले) र नेपाली कांग्रेसको समझदारीमा केपी शर्मा ओलीको नेतृत्वमा बनेको सरकारले एक वर्ष पूरा गरेको छ ।
आफू नेतृत्वको सरकारले एक वर्ष पूरा गरेको अवसरमा प्रधानमन्त्री ओलीले एक सन्देश जारी गर्दै मुलुकको आर्थिक सूचकांकहरु सकारात्मक देखिएको र विकासका राष्ट्रिय आयोजनाहरुको कामले गति लिएको जनाएका छन् ।
सोमबार सामाजिक सञ्जालमा लेख्दै प्रधानमन्त्री ओलीले टाइमलाइन तोकेर काम गर्ने र नतिजा खोज्ने प्रचलनको सुरुवात भएको उल्लेख गरे । ‘हामी सरकारमा आएको एक वर्ष पुग्दै छ । यस बीचमा मुलुकको आर्थिक सूचकांकहरु सकारात्मक देखिएका छन् भने विकासका राष्ट्रिय आयोजनाहरुको कामले गति लिएको छ ।’ प्रधानमन्त्री ओलीले भने, ‘टाइमलाइन तोकेर काम गर्ने र नतिजा खोज्ने प्रचलन यसअघि थिएन, अहिले त्यो सुरुवात भएको छ ।’
प्रधानमन्त्री ओलीले नागरिकको सेवा प्रवाहमा सरलता ल्याउन महत्वपूर्ण कानुनहरु संशोधन भएको जनाए ।
‘नागरिकको सेवा प्रवाहमा सरलता ल्याउन महत्वपूर्ण कानुनहरु संशोधन भएका छन् र तिनले क्रमैसँग लाइन होइन अनलाइनबाट काम गर्ने प्रचलन बढ्दै छ । गर्नु पर्ने धेरै कामहरू छन्, सरकारको ध्यान त्यसैमा केन्द्रित छ ।’ प्रधानमन्त्री ओलीले भने ।

प्रचण्डले आज प्रतिनिधिसभा बैठकमा सम्बोधन गर्ने

काठमाण्डौं । प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले सोमबार प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्ने भएका छन् ।
प्रमुख प्रतिपक्षी दलको नेताको हैसियतले अध्यक्ष दाहालले बैठकमा सम्बोधन गर्ने भएका हुन् । उनले रसुवा बाढीपहिरो, समसामयिक राजनीतिलगायत विषयमा धारणा राख्ने छन् ।
सोमबारको बैठकमा अध्यक्ष दाहालले सम्बोधन गर्ने भएकाले आफ्ना सबै सांसदलाई अनिवार्य उपस्थित हुन माओवादी केन्द्रले निर्देशन गरेको छ ।

विपद् जोखिम न्युनीकरणका लागि पूर्वसूचना प्रणाली दुरुस्त रहेको गृहमन्त्रीको दाबी

काठमाण्डौं । गृहमन्त्री रमेश लेखकले मनसुनजन्य विपद् जोखिम न्युनीकरणका लागि पूर्व सूचना प्रणाली चुस्त पारिएको दाबी गरेका छन् ।
आईतबार राष्ट्रियसभा अन्तर्गतको सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठकमा बोल्दै गृहमन्त्री लेखकले यस्तो दाबी गरे ।
उनले मनसुनजन्य विपद् जोखिम न्युनीकरण र प्रतिकार्यका लागि समेत आवश्यक गृहकार्य भइरहेको जनाए ।
गृह मन्त्रालय मातहत रहेको विपद् जोखिम न्युनीकरण तथा व्यवस्थापन प्राधिकरणले सरोकारवाला सबैसँग आवश्यक समन्वय र सहकार्य गरिरहेको समेत गृहमन्त्री लेखकले जनाए ।
‘अहिले मनसुनको समय छ । मनसुनको समयमा विभिन्न जोखिमहरू उत्पन्न हुने गर्छन् । त्यसको जोखिम न्युनीकरणका लागि पूर्वसूचना प्रणालीलाई दुरुस्त गर्ने, विपद् आइसकेपछि प्रतिकार्यका कामहरू गर्नका लागि तयारी गरिरहेका छौं । हामीसँग कानूनले नै विपद् जोखिम न्युनीकरण तथा व्यवस्थापन प्राधिकरण गठन भएको छ । गृह मन्त्रालय त्यसको सम्पर्क मन्त्रालय हो,’ उनले भने ।

लेटेष्ट समाचार

‘जेनजी’ आन्दोलनको भावनाअनुसार अघि बढ्न सरकारलाई खबरदारी

काठमाडौँ । ‘जेनजी’ युवाहरुले आन्दोलनको भावनाअनुसार अघि बढ्न सरकारलाई खबरदारी गरेका छन् । ‘जेनजी युनाइटेड–फर परिवर्तन’ संस्थाले आज माइतीघर मण्डलामा आयोजना गरेको खबरदारी सभामा सम्बोधन...

रुकुमपश्चिममा जीप दुर्घटना हुँदा ७ जनाको मृत्यु, १० घाइते

रुकुम  । रुकुम पश्चिमको मुसिकोट खलंगाबाट आठविसकोट नगरपालिकाको स्यालाखदीतर्फ जाँदै गरेको जीप दुर्घटना हुँदा ७ जनाको मृत्यु भएको छ भने १० घाइते भएका छन्...

मोरङको लेटाङमा १८ दिनदेखि बेपत्ता बालिका मृत फेला, बलात्कारपछि हत्या भएको...

विराटनगर । मोरङको लेटाङमा दुई सातादेखि हराईरहेकी बालिकाको बलात्कारपछि हत्या भएको आशंका गरिएको छ ।  असोज २१ गतेदेखि हराइरहेकी लेटाङ नगरपालिका–२ स्कुलचोककी १३ वर्षीया...