Page 13

टर्कीमा ६.१ म्याग्निच्युडको भूकम्प ः एक जनाको मृत्यु, २९ घाइते

काठमाडौं । टर्कीको उत्तरपश्चिमी प्रान्त बाल्केसिरमा आइतबार साँझ भूकम्प गएको छ । ६.१ म्याग्निच्युडको भूकम्पमा एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा ८१ वर्षीया महिला छिन् । भग्नावशेषबाट निकालिएको केही समयपछि उनको मृत्यु भएको हो ।
भूकम्पका कारण कम्तीमा १६ वटा भवन पूर्ण रूपमा ढलेका छन् भने २९ जना घाइते भएका छन् ।
टर्कीको विपद् व्यवस्थापन एजेन्सीका अनुसार स्थानीय समय अनुसार साँझ ७ः५३ बजे भूकम्पको धक्का महसुस गरिएको थियो, जुन राजधानी इस्तानबुलसम्म अनुभूत गरिएको हो ।
राष्ट्रपति रेचेप तैय्यप एर्दोआनले एक वक्तव्य जारी गर्दै भूकम्पबाट प्रभावित सबैको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन् । उनले सबै उद्धार तथा राहत कार्यहरूमा सरकारले नजिकबाट निगरानी गरिरहेको उल्लेख गरेका छन् ।
गृहमन्त्री अली येरलिकायाका अनुसार हाल राहत तथा उद्धार कार्यहरू पूरा भइसकेका छन् र थप गम्भीर क्षति वा अन्य मानविय क्षतिको जानकारी नभएको पुष्टि गरिएको छ ।

विपिनको खोजी गर्न आमा र बहिनी आज इजरायल जाँदै

काठमाण्डौं । इजरायलबाट प्लालेस्टाइनी विद्रोही समूह हमासले बन्धक बनाएका विपिन जोशीको खोजीमा आमा पदमा जोशी र बहिनी पुष्पा जोशी सोमबार इजरायल जाँदैछन् ।
फ्लाइ दुबईमार्फत उनीहरू बिहान ९ बजे त्यसतर्फ प्रस्थान गर्दैछन् । विपिनको रिहाइका लागि अन्तर्राष्ट्रिय दबाब बढाउन इजरायल सरकारकै सहयोगमा विपिनकी आमा पद्मा र बहिनी पुष्पा त्यहाँ जान लागेका हुन् ।
नेपालका लागि इजरायली दूतावासले नै उनीहरूका लागि टिकटको व्यवस्था गरिदिएको हो ।
‘सिक्दै कमाउँदै’ कार्यक्रमका लागि इजरायल गएका विपिनलाई हमास समूहले २०८० सालको असोज २० गते बन्धक बनाएको जनाईएको छ । हमासको कब्जामा रहेको भनिएका जोशीको अवस्थाका बारेमा अहिलेसम्म कुनै जानकारी बाहिर आएको छैन ।
युद्ध सुरुको भएको केही समयपछि इजरायल सुरक्षा फौज आईडीएफले बन्धक अवस्थाका विपिनलाई हमास लडाकुले स्थानान्तरण गर्दै गरेको भिडिओ सार्वजनिक गरेको थियो । त्यसपछि विपिनबारे कुनै जानकारी आएको छैन ।
‘सिक्दै कमाउँदै’ कार्यक्रमअन्तर्गत सुदूरपश्चिम विश्वविद्यालयअन्तर्गत टीकापुर कृषि क्याम्पसका ४९ जना विद्यार्थी २०८० भदौ अन्तिम साता इजरायल गएका थिए । हमासको आक्रमणमा परेर इजरायलमा १० नेपाली विद्यार्थी मारिएका थिए।
हमासले फालेको ग्रिनेड अर्कोतर्फ फालेर नेपाली विद्यार्थी जोगाउने विपिनलाई हमासले बन्धक बनाएर लगेको थियो । विपिनको उद्धारका लागि परिवारका सदस्यले कयौं पटक राष्ट्रपति, प्रधानमन्त्रीसहित उच्च पदस्थ व्यक्तिलाई भेटिसकेका छन् । सरकारले कूटनीतिक पहल जारी राखेको जनाए पनि हालसम्म उपलब्धि देखिएको छैन ।
थप अन्तर्राष्ट्रिय दबाब दिन इजरायलले आमा र बहिनीलाई उतै लैजान लागेको हो ।

नाडा अटो शो २०२५ को उद्घाटन प्रधानमन्त्री ओलीबाट हुने

काठमाडौं । नाडा अटो शो २०२५ को उद्घाटन प्रधानमन्त्री केपी शर्मा ओलीबाट हुने भएको छ ।
आइतबार नाडाका अध्यक्ष करण चौधरीको नेतृत्वमा गएको प्रतिनिधि मण्डलले प्रधानमन्त्री केपी शर्मा ओलीलाई आगामी भदौ ३ देखि ८ गतेसम्म भृकुटीमण्डपमा हुने १७ औं संस्करणको नाडा अटो शो २०२५ को प्रमुख अतिथिका रूपमा उद्घाटन गर्न औपचारिक अनुरोध गरेको हो ।
प्रधानमन्त्री ओलीले नाडाको अनुरोध स्वीकार गरेको नाडाले विज्ञप्तिमार्फत जानकारी दिएको छ । प्रधानमन्त्री ओलीको उपस्थितिले अटोमोबाइल व्यवसायीहरूमा थप हौसला र प्रेरणा दिने नाडाको भनाइ छ ।
अध्यक्ष चौधरीले नाडा स्थापनाको ५०औं वार्षिकोउत्सव मनाउने क्रममा रहेको र यस अवसरमा १७औं संस्करणको नाडा अटो शो २०२५ आयोजना गर्न लागेको जानकारी दिए । उनका अनुसार अटो शो मा १२५ भन्दा बढी प्रदर्शक, ३० भन्दा बढी सवारीसाधनका ब्रान्ड, इलेक्ट्रिक, हाइब्रिड र स्मार्ट मोबिलिटी समाधानहरू, विन्टेज मोटर शो, र पहिलोपटक नेपालमा प्रदर्शन हुन लागेका अत्याधुनिक रोबोटसहित भविष्यमुखी प्रविधिहरू मुख्य आकर्षण रहनेछ ।
भेटघाटमा नाडाका उपाध्यक्ष राजनबाबु श्रेष्ठ, महासचिव सुरेन्द्रकुमार उप्रेती, सचिव विक्रम सिंहानिया, कोषाध्यक्ष मिलनबाबु मल्ल, सहकोषाध्यक्ष पंकज अग्रवाल र केन्द्रीय कार्यसमिति सदस्य मेघराज पौडेलको उपस्थिति रहेको थियो ।

सरकारमा जाने विषय आफूहरूको प्राथमिकतामा नभएको प्रचण्डको धारणा

चितवन । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सरकारमा जाने विषय आफूहरूको प्राथमिकतामा नरहेको धाराणा व्यक्त गरेका छन् ।
आइतबार चितवनमा पत्रकारसँग कुराकानी गर्दै उनले सरकारले गरेका कामको विरोध गर्दा माओवादीलाई सरकार चाहिएको जसरी अर्थ्याउन खोजिएको भन्दै अहिले नै सरकारमा जाने कुनै सोच नरहेको उनको भनाइ थियो । सरकार परिवर्तनका विषयमा सोधिएको प्रश्नमा अध्यक्ष प्रचण्डले भने, “यो सरकारले राम्रो काम गरिरहेको छैन । त्यस विषयमा कुरा उठाउँदा सरकार चाहिएको जसरी बुझ्नु हुँदैन । हामीलाई सरकार चाहिएको छैन । त्यस विषयमा हामीले कुनै चासो राखेका छैनौँ ।”
माओवादी केन्द्रले भदौ तेस्रो साताबाट विगतमा स्थगन भएको अभियानलाई पुनः सुरु गर्ने र त्यसपछि पुनः केन्द्रीय समितिको बैठक बसेर नयाँ एजेण्डासहित अघि बढ्ने उनको भनाइ थियो । “त्यसैले हाल सरकारभन्दा जनताका कुरा सुन्नतर्फ पार्टीलाई केन्द्रित गरिरहेका छौँ । जनताको गुनासो र ती गुनासा समाधानका लागि अभियान पुनः सञ्चालन गर्न लागिएको हो,” अध्यक्ष प्रचण्डले भने ।
हालै सम्पन्न स्थायी समिति बैठकबाट पार्टी एकताबद्ध भएको भन्दै उनले बैठकले गरेका निर्णय कार्यान्वयनमा आउने जनाए । फरक प्रशंगमा उनले निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको निरीक्षण गरेको र त्यहाँ द्रूतगतिमा काम अघि बढाउनुपर्ने आवश्यकता महसुस भएको उल्लेख गरे ।

रासायनिक मल पर्याप्त छ, खेतबारी हराभरा बनाऔं ः प्रधानमन्त्री ओली

काठमाण्डौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारसँग भएको रासायनिक मल तत्कालका लागि पर्याप्त रहेको जनाउँदै खेतबारी हराभरा बनाउन आग्रह गरेका छन् ।
सामाजिक सञ्जाल फेसबूकबाट रासायनिक मलको विवरण सार्वजनिक गर्दै प्रधानमन्त्री ओलीले खेतीपातीको समयमा रासायनिक मलको अभाव नहोस् भनेर सरकारले विशेष ध्यान दिएको जनाए ।
तत्कालका लागि २८ हजार ८२४ मेट्रिक टन मल मौज्दात रहेको जनाउँदै उनले कतै मलको अभाव महसूस भए सम्बन्धित निकायमा जानकारी गराउन अनुरोध गरेका छन् ।
‘यस वर्ष खेतीपातीको समयमा रासायनिक मलको अभाव नहोस् भनेर सरकारले विशेष ध्यान दिएको छ । कृषि मन्त्रालयले दिएको जानकारी अनुसार तत्कालका लागि २८ हजार ८२४ मेट्रिक टन मल मौज्दात छ भने १ लाख ४० हजार ५०४ मेट्रिक टन मल आउने क्रममा छ,’ प्रधानमन्त्री ओलीले लेखेका छन्, ‘यतिबेला कृषि सामग्री कम्पनीमा २९ हजार १११ मेट्रिक टन मल मौज्दात छ । जसमा युरिया १६,५३९ मेट्रिक टन, डीएपी ७,६५३ मेट्रिक टन, पोटास ४,९१५ मेट्रिक टन रहेको छ । यस्तै साल्ट ट्रेडिङ कम्पनीमा १३ हजार ७१२ मेट्रिक टन मल मौज्दात छ । जसमा युरिया १०,९८४ मेट्रिक टन, डीएपी ९४२ मेट्रिक टन, पोटास १,७८५ मेट्रिक टन रहेको छ । कतै मलको अभाव महसूस भए सम्बन्धित निकायमा जानकारी गराउन अनुरोध छ । खेतबारी हराभरा बनाऔं ’

नेपाल उत्तर कोरियासँग ११ गोलले पराजित

काठमाडौं । नेपाल एएफसी यू २० महिला एसियन कपमा उत्तर कोरियासँग फराकिलो अन्तरले पराजित भएको छ ।
भुटानमा जारी छनोट खेलमा नेपाल ११, ० ले पराजित भएको हो । पराजित भएसँगै नेपाल एएफसी यू २० महिला एसियन कपमा छनोट हुन असफल भएको छ ।
समूह ‘ए’ बाट ९ अंक जोड्दै उत्तर कोरिया एसिया कपमा पुगेको हो ।

माबिलुङ्ग इनर्जीको आइपीओ भोलिदेखि निष्काशन

काठमाडौं । माबिलुङ्ग इनर्जी लिमिटेडले भोलि साउन २६ गतेदेखि सर्वसाधारणका लागि आइपीओ निष्काशन गर्ने भएको छ । यसअघि आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीहरूलाई बाँडफाँट गरिसकेको कम्पनीले अब सर्वसाधारणका लागि बाँकी शेयर निष्काशन गर्न लागेको हो ।
कम्पनीले कुल जारी पूँजी ३८ करोड ५८ लाख २४ हजार रुपैयाँको ४८.९९९८ प्रतिशत अर्थात् १८ करोड ९० लाख ५३ हजार रुपैयाँ बराबरको १८ लाख ९० हजार ५३० कित्ता शेयर निष्काशन अनुमति पाएको थियो ।
पहिलो चरणमा ३ लाख ८५ हजार ८२४ कित्ता साधारण शेयर आयोजना प्रभावित क्षेत्रका बासिन्दाका लागि र १ लाख ५० हजार ४७१ कित्ता शेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरूको लागि बाँडफाँट गरिसकेको छ ।
अब दोस्रो चरणमा १३ करोड ५४ लाख २३ हजार ५०० रुपैयाँ बराबरको १३ लाख ५४ हजार २३५ कित्ता शेयर निष्काशन गरिनेछ । यसमा ३० हजार ९५ कित्ता शेयर कर्मचारीका लागि र ७५ हजार २३६ कित्ता शेयर सामूहिक लगानी कोषका लागि छुट्याइएको छ। बाँकी १२ लाख ४८ हजार ९०४ कित्ता शेयर सर्वसाधारण लगानीकर्ताका लागि उपलब्ध रहनेछ ।
आइपीओमा न्यूनतम १० कित्ताका लागि र अधिकतम ५० हजार कित्तासम्म आवेदन दिन सकिनेछ । आइपीओ भदौ ९ गतेसम्म खुल्ला रहनेछ भने छिटोमा साउन २९ गते बन्द हुने सम्भावना छ । कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक लक्ष्मी सनराइज क्यापिटल लिमिटेड रहेको छ। लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त बैंक, वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालयहरूबाट सिआस्बा प्रणालीमार्फत आवेदन दिन सक्नेछन् ।
इक्रा नेपालले माबिलुङ्ग इनर्जीलाई “इक्रा एनपी इस्यूअर रेटिङ्ग सिंगल बी प्लस” प्रदान गरेको छ, जसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा औसत जोखिम रहेको जनाउँछ ।

चन्द्रागिरी भालेश्वर मन्दिरमा भोलि महाआरती, केबलकारको टिकट ४०० रुपैयाँ मात्र

काठमाडौं । भोलि साउन २६ गते पर्ने अन्तिम सोमबारको अवसरमा चन्द्रागिरी भालेश्वर महादेव मन्दिर परिसरमा विशेष भक्तिमय उत्सव तथा महाआरती कार्यक्रम आयोजना हुने भएको छ । साउन महिनाको पवित्रतासँगै महादेवको महिमा झल्काउने उद्देश्यले चन्द्रागिरी हिल्स लिमिटेडले भक्तिमय उत्सव तथा महाआरती आयोजना गर्न लागेको हो ।
कार्यक्रमअन्तर्गत पूरै दिन मन्दिर परिसरमा भक्तिमय वातावरणमा विशेष भजनकीर्तन सञ्चालन हुनेछ । साँझ ६ः३० बजेपछि विशेष महाआरती सम्पन्न हुनेछ, जसमा भक्तजनहरूलाई सहभागी हुन आमन्त्रण गरिएको छ ।
चन्द्रागिरी हिल्सले महाआरतीमा सहभागी हुन आउने भक्तजनहरूको सुविधालाई मध्यनजर गर्दै विशेष टिकट अफर सार्वजनिक गरेको छ । यस अवसरमा केबलकार टिकटमा सोमबार दिइने २५ प्रतिशत छुटका साथै साँझ ४ बजेपछि टिकट मात्र ४०० रुपैयाँमा उपलब्ध हुनेछ । यसअघि साउन महिनाका तीनवटै सोमबार चन्द्रागिरी भालेश्वर मन्दिर परिसरमा विशेष कार्यक्रम तथा महाआरती सम्पन्न भइसकेको छ । भक्तजनहरूको उत्साहजनक सहभागिता भएकाले भक्ति तथा श्रद्धा अझै गरिमामय बनाउने उद्देश्यले अन्तिम सोमबारको दिनलाई विशेष भक्तिमय उत्सवका रूपमा मनाउन लागिएको चन्द्रागिरी हिल्सले जनाएको छ ।

नौ महिनामा २ अर्ब २१ करोडको व्यापार गर्न आइएमई मोर्टस सफल

काठमाडौं । आइएमई मोर्टसले आर्थिक वर्ष २०२५ को ९ महिनामै २ अर्ब २१ करोड रुपैयाँ बरारको व्यापार गरेको छ । रेटिङ एजेन्सी इक्रा नेपालले गरेको रेटिङ अनुसार कम्पनीले उक्त व्यापार गरेको देखिएको हो । कम्पनीले तीन अर्ब २५ करोड रुपैयाँ बैंकिङ कर्जा प्रयोजनमा लागि रेटिङ गराएको हो ।
कम्पनीले यसअघि आव २०२४ मा दुई अर्ब ३४ करोड, आव २०२३ मा एक अर्ब ७५ करोड र आव तीन अर्ब १४ करोड रुपैयाँ बढीको व्यापार गरेको थियो । साथै, कम्पनीले २०२२ मा दुई अर्ब ३७ करोड र आव २०२१ मा एक अर्ब ८३ करोड रुपैयाँ बढीको कारोबार गरेको थियो । आइएमई मोर्टस भारतको हिन्दुजा समूहको कमर्सियल भेहिकल अशोक लेल्याण्डका लागि नेपालको आधिकारिक वितरण कम्पनीको रुपमा रहेको छ ।
कम्पनीले अशोक लेल्याण्डका सम्पूर्ण कमर्सियल भेहिकल (सिभी) मा बस, इन्टरमिडिएट कमर्सियल भेहिकल्स (आइसिभिएस), लाइट कमर्सियल भेहिकल्स (एलसिभिएस्), मिडियम कमर्सियल भेहिकल्स (एमसिभिएस), ट्रक र टिपरहरू नेपाल आयात गरेर व्यापार गर्ने गरेको छ ।

राष्ट्र बैंकले अर्को सातादेखि वाणिज्य बैंकहरुको ‘फुल अडिट’ गर्ने

काठमाडौं । नेपाल राष्ट्र बैंकले अर्को सातादेखि वाणिज्य बैंकहरुको फुल अडिट (पूर्ण लेखापरीक्षण) गर्ने भएको छ । त्यसका लागि राष्ट्र बैंकले बंगलादेशको लेखा परीक्षण फर्म हाउलादर युनुस एन्ड कम्पनीलाई जिम्मा दिएको छ ।
लेखा परीक्षणका लागि उक्त फर्मसँग राष्ट्र बैंकले सम्झौताको तयारी समेत गरेको राष्ट्र बैंक स्रोतको भनाई छ । यस्तो लेखापरीक्षण १० वटा वाणिज्य बैंकको मात्रै हुने र अन्यको नहुने जनाइएको छ । सरकारले अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) बाट विस्तारित कर्जा लिने क्रममा राखेका शर्तअनुसार ती बैंकको पूर्ण लेखापरीक्षण गर्न लागिएको हो ।
हाउलादरलाई लेखापरीक्षण गरेवापत राष्ट्र बैंकले चार करोड रुपियाँ शुल्क दिने छ । यस्तो लेखापरीक्षण गर्ने काम गत बर्षदेखि सुरु गरिएको हो । आईएमएफको शर्तअनुसार स्वतन्त्र लेखा परीक्षणको लागि भन्दै विदेशी अडिट फर्म खोज्ने गरेको राष्ट्र बैंकले यस बर्ष बंगलादेशीलाई रोजेको हो । उक्त फर्मलाई छनोट गरेको विषय पनि विवादमा पर्नुका साथै अदालतमा समेत मुद्दा परेको थियो ।
हाउलादरको नेतृत्वमा राष्ट्र बैंक र सम्वन्धित् बैंकका प्रतिनिधिसमेत मिलेर बैंकको केन्द्रदेखि शाखासम्मको कारोबारको जाँच गर्दै उनीहरुले पारदर्शी र अन्तर्राष्ट्रिय अभ्यासअनुसार काम गरेनगरेको जाँच गर्ने, सम्पत्ति तथा कर्जाको गुणस्तर हेर्ने छन् ।

लेटेष्ट समाचार

‘जेनजी’ आन्दोलनको भावनाअनुसार अघि बढ्न सरकारलाई खबरदारी

काठमाडौँ । ‘जेनजी’ युवाहरुले आन्दोलनको भावनाअनुसार अघि बढ्न सरकारलाई खबरदारी गरेका छन् । ‘जेनजी युनाइटेड–फर परिवर्तन’ संस्थाले आज माइतीघर मण्डलामा आयोजना गरेको खबरदारी सभामा सम्बोधन...

रुकुमपश्चिममा जीप दुर्घटना हुँदा ७ जनाको मृत्यु, १० घाइते

रुकुम  । रुकुम पश्चिमको मुसिकोट खलंगाबाट आठविसकोट नगरपालिकाको स्यालाखदीतर्फ जाँदै गरेको जीप दुर्घटना हुँदा ७ जनाको मृत्यु भएको छ भने १० घाइते भएका छन्...

मोरङको लेटाङमा १८ दिनदेखि बेपत्ता बालिका मृत फेला, बलात्कारपछि हत्या भएको...

विराटनगर । मोरङको लेटाङमा दुई सातादेखि हराईरहेकी बालिकाको बलात्कारपछि हत्या भएको आशंका गरिएको छ ।  असोज २१ गतेदेखि हराइरहेकी लेटाङ नगरपालिका–२ स्कुलचोककी १३ वर्षीया...