Page 16

सेयर बजारमा ४१.७८ अंकको पहिरो, ९ अर्ब ३३ करोडको कारोबार

काठमाडौं । सेयर बजारमा उच्च अंकको गिरावट आएको छ ।
साताको कारोबारको तेस्रो दिन मंगलबार सेयर बजार सूचक नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ४१.७८ अंकले घटेर २८३३.५७ बिन्दुमा खुम्चिएको हो ।
अघिल्लो कारोबार दिन सोमबार भने नेप्से १६.४६ अंकले बढेको थियो । त्यसअघिका तीन कारोबार दिन भने नेप्से लगातार घटेको थियो ।
मंगलबार नेप्सेमा कुल ९ अर्ब ३३ करोड रुपैयाँ बराबरको कारोबार भएको छ ।
अघिल्लो दिन सोमबार भने नेप्सेमा कुल १० अर्ब ६३ करोड रुपैयाँ बराबरको कारोबार भएको थियो । मंगलबार कारोबारमा आएकामध्ये ४६ कम्पनीको सेयर मूल्य बढ्दा २०४ कम्पनीको घटेको छ ।

माछापुच्छ्रे बैंकको नाफा २ अर्बभन्दा बढी, सबै सूचक सकारात्मक

काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ । विवरणअनुसार बैंकको नाफा ९२.४५ प्रतिशतले बढेको छ ।
समीक्षा अवधिमा बैंकले २ अर्ब १ करोड १४ लाख रुपियाँ खुद नाफा कमाएको छ । अघिल्लो आवको सोही अवधिमा बैंकले १ अर्ब ४ करोड ५१ लाख रुपियाँ खुद नाफा कमाएको थियो ।
समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी १५.४१ प्रतिशत र खुद फी तथा कमिशन आम्दानी १८.१६ प्रतिशत, कुल सञ्चालन आम्दानी १६.५१ प्रतिशत र सञ्चालन मुनाफा ९९.९१ प्रतिशत बढेको छ ।
नाफासँगै बैंकको प्रतिशेयर आम्दानी पनि बढेको छ । असार मसान्तसम्म बैंकको यस्तो आम्दानी ८.३१ बढेर १७.३१ रुपियाँ पुगेको छ । असार मसान्तसम्ममा बैंकको वितरणयोग्य मुनाफा १ अर्ब ७ करोड रुपैयाँ र वितरणयोग्य प्रतिशेयर आम्दानी ९.२३ रुपियाँ, मूल्य आम्दानी अनुपात १४.९९ गुणा र प्रतिशेयर नेटवर्थ १६३.८० रुपियाँ रहेको छ ।
११ अर्ब ६२ करोड १३ लाख रुपियाँ चुक्ता पुँजी रहेको यस बैंकको जगेडा कोषमा ७ अर्ब ४१ करोड रुपियाँ सञ्चित छ ।

एनएमबि बैंकद्वारा नेपाल प्रहरीलाई उद्धार उपकरण हस्तान्तरण

काठमाडौं । एनएमबि बैंकले आफ्नो कर्पोरेट सामाजिक उत्तरदायित्व अन्तर्गत नेपाल प्रहरीलाई १६ फिटको सेल्फबेलिंग राफ्ट, लाइफ ज्याकेट र अन्य सम्बन्धित विपद् उद्धार उपकरणहरू हस्तान्तरण गरेको छ ।
उक्त कार्यक्रम काठमाडौं उपत्यका प्रहरी कार्यालय, रानीपोखरी, काठमाडौंमा आज आयोजना गरिएको थियो ।
समारोहमा, एनएमबी बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द घिमिरेले नेपाल प्रहरीका अतिरिक्त महानिरीक्षक (एआईजी) टेकबहादुर तामाङलाई उद्धार उपकरण हस्तान्तरण गरे ।
मनसुनको समयमा बाढी, डुबान र अन्य पानी सम्बन्धी विपद् र आपतकालीन अवस्थाको उच्च सम्भावनालाई ध्यानमा राख्दै, बैंकले यो सहयोगले प्रहरी बलको सञ्चालन क्षमतामा उल्लेखनीय वृद्धि गर्ने बैंकको विश्वास छ ।
बैंकले देशभर २०२ शाखा, १८७ एटीएम र ९ विस्तारित काउन्टरहरू मार्फत सेवा प्रदान गर्दै आएको छ ।

आज यी चार प्रदेशमा धेरै भारी वर्षाको सम्भावना

काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको उत्तरतर्फ, नेपालको तराईमा अवस्थित छ।
जसको प्रभावले हाल देशभर अधिकांश बदली रहेको छ । कोशी र कर्णाली प्रदेशका थोरै स्थानहरूमा र बाँकी भूभागका अधिकांश स्थानहरूमा हल्का देखि मध्यम वर्षा भइरहेको छ।
दिउँसो देशभर अधिकांश बदली रहनेछ । कोशी र मधेस प्रदेशका केही स्थानहरू साथै बाँकी प्रदेशका धेरै स्थानहरूमा मध्यम वर्षाको सम्भावना रहेको छ। गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानमा तथा बागमती र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा भारीदेखि धेरै भारी वर्षाको पनि सम्भावना रहेको छ।
आज राति देशभर अधिकांश बदली रहनेछ। कोशी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका धेरै स्थानहरूमा तथा बाँकी भूभागका थोरै स्थानहरूमा मध्यम वर्षाको सम्भावना रहेको छ। लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा भारी देखि धेरै भारी वर्षाको पनि सम्भावना रहेको छ।
बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा भारीदेखि धेरै भारी वर्षाको पनि सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

बागमतीको मुख्यमन्त्रीमा बानियाँको नियुक्ति आज, ४ बजे शपथ

हेटौंडा । बागमती प्रदेश सरकारको छैठौं मुख्यमन्त्रीमा नेपाली कांग्रेस संसदीय दलका नेता इन्द्रबहादुर बानियाँ नियुक्त हुँदैछन् । कांग्रेस बागमती प्रदेश सभापतिसमेत रहेका बानियाँले सोमबार प्रदेश प्रमुखको कार्यालयमा नयाँ सरकार गठनका लागि मुख्यमन्त्रीमा दाबी पेश गरिसकेका छन् ।
बहादुर सिंह लामाको राजीनामा स्वीकृत भएलगत्तै प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले आज दिउँसो २ बजेभित्र मुख्यमन्त्री नियुक्तिका लागि दाबी पेश गर्न आह्वान गरेका थिए ।
बानियाँले कांग्रेसको ३७ सांसद र सत्ता साझेदार दल नेकपा एमालेको २७ गरी ६४ जनाको समर्थनसहित सोमबार नै दाबी पेश गरेका हुन् । ११० सदस्यीय प्रदेशसभामा सरकार गठनका लागि ५६ जना सांसदको समर्थन आवश्यक पर्दछ ।
प्रदेश प्रमुख देवकोटाले सरकार गठनका लागि दिएको दिउँसो २ बजेको समयपछि बानियाँलाई मुख्यमन्त्रीमा नियुक्त गर्नेछन् । प्रदेश प्रमुख कार्यालयले दिउँसो ४ बजे बानियाँको पद तथा गोपनीयताको शपथ ग्रहण कार्यक्रम तय गरेको छ ।
प्रदेश प्रमुख देवकोटाले नेपालको संविधानको धारा १६८ को उपधारा (२) बमोजिम सरकार गठनका लागि आह्वान गरेका थिए । कुनै पनि दलले बहुमत नपाएका कारण धारा १६८ को उपधारा २ बमोजिम प्रदेश सभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलहरुको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रदेश सभाको सदस्यलाई बागमती प्रदेशको मुख्यमन्त्री नियुक्त गर्नुपर्ने संवैधानिक व्यवस्था छ ।
यसैगरी, बानियाँले आजै मन्त्रिपरिषद् विस्तारको तयारी गरेको कांग्रेसका एक सांसदले जानकारी दिए । बानियाँले मुख्यमन्त्रीको शपथ लिए लगत्तै कांग्रेस र एमालेबाट केही मन्त्री नियुक्तिको तयारी गरेका हुन् ।

प्रतिनिधि सभाको बैठक बस्दै, यस्तो छ कार्यसूची

काठमाडौं । सङ्घीय संसद्अन्तर्गत आज प्रतिनिधि सभाको बैठक सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा दिउँसो १ः०० बजे बस्दैछ ।
आजको बैठकमा ‘वैकल्पिक वित्त परिचालन विधेयक, २०८१’ लाई पारित गर्ने कार्यसूची छ । त्यसअघि उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद गौतमले यो विधेयक सदनमा दफावार छलफल गरियोस् भन्ने प्रस्ताव राख्नेछन् । विधेयकमाथि प्राप्त भएका संशोधन प्रस्तावलाई निणयार्थ प्रस्तुत गरिनेछ ।
बैठकमा अर्थ मन्त्रालय, परराष्ट्र मन्त्रालय, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय र युवा तथा खेलकुद मन्त्रालयसम्बन्धी मौखिक प्रश्नहरुको सम्बन्धित मन्त्रीले उत्तर दिनेछन् ।
कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले ‘नेपाल पशु चिकित्सा परिषद् (पहिलो संशोधन) विधेयक, २०८२ प्रस्तुत गर्नेछन् ।
महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री नवलकिशोर साह सुडीले ‘बालबालिकासम्बन्धी (पहिलो संशोधन) विधेयक, २०८२ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन् ।

 

निलम्बनविरुद्ध ओझाको रिटमा सर्वोच्चले दिएन अन्तरिम

काठमाडौं । निलम्बनविरूद्ध नेपाल बीमा प्राधिकरणका अध्यक्ष शरद ओझाले दायर गरेको रिटमा सर्वोच्च अदालतले अन्तिम आदेश जारी गर्न अस्वीकार गरेको छ ।
आइतबार सर्वोच्च अदालतका न्यायाधीशद्वय हरिप्रसाद फुयाल र शान्तिसिंह थापाको इजलासले अन्तरिम आदेश जारी गर्न अस्वीकार गरेको हो ।
साउन ८ गते ओझाले दर्ता गरेको रिटमा साउन ९ गते न्यायाधीश अब्दुल अजीज मुसलमानको इजलासले प्रारम्भिक सुनुवाइ गर्दै कारण देखाऊ र अन्तरिम आदेशका लागि छलफलमा बोलाउने आदेश गरेका थिए ।
त्यसपछि साउन १२ गते मनोजकुमार शर्मा र अब्दुल अजीज मुसलमानको इजलासमा पेसी परे पनि हेर्न नभ्याइनेमा परेको थियो । साउन १४ गते सपना प्रधान मल्ल र बालकृष्ण ढकालको इजलासमा पेसी परे पनि हेर्न नमिल्नेमा परेको थियो भने साउन १८ गते हरिप्रसाद फुयाल र नित्यानन्द पाण्डेयको इजलासमा पेसी परे पनि हेर्न नभ्याइने भएको थियो ।
आज फुयाल र थापाको इजलासले बहसपछि यस्तो आदेश जारी गरेको हो । यससँगै समितिको काम निरन्तर हुनेछ ।
आफूविरुद्ध गठन गरिएको छानबिन समिति खारेज तथा निलम्बनमा फुकुवाको माग गर्दै ओझाले सर्वोच्चमा रिट दायर गरेका थिए ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, अर्थ मन्त्रालय र छानबिन समितिलाई विपक्षी बनाई संयुक्त रूपमा दायर रिटमा छानबिन समितिका अध्यक्ष कृष्ण गिरी तथा सदस्यद्वय जीवन प्रकाश सिटौला र कपिलदेव ओलीलाई पनि विपक्षी बनाइएको छ।
नेपाल बीमा प्राधिकरणका अध्यक्ष शरद ओझाबारे छानबिन गर्न सरकारले असार ३० गते समिति बनाएको थियो ।
उनको आचरण, पदीय मर्यादा र कार्यक्षमताबारे छानबिन गर्न समिति बनाइएको हो । छानबिन समिति गठन भएसँगै अध्यक्ष ओझा स्वतः निलम्बनमा परेका थिए ।
फागुन १२ गते बसेको बसेको मन्त्रिपरिषद बैठकले ओझालाई प्राधिकरण अध्यक्षमा नियुक्त गरेको थियो ।

कक्षा १२ उत्तीर्ण विद्यार्थीलाई बधाई दिँदै प्रधानमन्त्रीले भने– अब देशमै केही गर्ने नयाँ यात्राको सुरुवात गरौँ

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कक्षा १२ उत्तीर्ण सबै विद्यार्थीलाई बधाई दिएका छन् ।
भूपरिवेष्टित विकासशील राष्ट्रहरू (एलएलडिसी) को तेस्रो संयुक्त राष्ट्रसङ्घीय सम्मेलनमा सहभागिताका लागि तुर्कमेनिस्तानमा रहेका प्रधानमन्त्री ओलीले सामाजिक सञ्जालमा लेख्दै कक्षा १२ उत्तीर्ण विद्यार्थीहरुलाई बधाई दिएका हुन् ।
प्रधानमन्त्री ओलीले विद्यार्थीहरुको मेहनत सफल भएको भन्दै अब नेपालमै पढ्ने र देशमै केही गर्ने नयाँ यात्राको सुरुवात गर्न आह्वान गरे ।
‘भूपरिवेष्ठित विकासशील देशहरूको अन्तर्राष्ट्रिय सम्मेलनमा सहभागी हुन यता म तुर्कमिनस्थानमा छु । उता नेपालमा कक्षा १२ को रिजल्ट आयो भन्ने थाहा पाएँ ।’ प्रधानमन्त्री ओलीले फेसबुकमा लेखेका छन्, ‘बधाई नानीबाबुहरु तपाईंहरुको मेहनत सफल भयो, अब नेपालमै पढ्ने र देशमै केही गर्ने नयाँ यात्राको सुरुवात गरौँ । फेरि पनि बधाई सबैलाई ।’
राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा सोमबार साँझ सार्वजनिक गरेको हो । बोर्डका अनुसार परीक्षामा ६१.१७ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् । ३८.८३ विद्यार्थी भने ननग्रेड भएको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ । गत वर्ष ५२ प्रतिशत विद्यार्थीमात्र उत्तीर्ण भएका थिए ।
गत वैशाखमा देशभर सञ्चालित कक्षा १२ को परीक्षामा ५ लाख ११ हजार परीक्षार्थी सहभागी थिए ।

 

दुर्गा प्रसाईंलाई धरौटीमा रिहा गर्न उच्च अदालतको आदेश

काठमाण्डौं । उच्च अदालत पाटनले बीएन्डसी मेडिकल कलेजका मालिक एवं राजावादी अभियन्ता दुर्गा प्रसाईंलाई धरौटीमा रिहा गर्न आदेश दिएको छ ।
न्यायाधीशद्वय टंकप्रसाद गुरुङ र डिल्लीरत्न श्रेष्ठको संयुक्त इजलासले यसअघि थुनामा पठाउने जिल्ला अदालत काठमाण्डौंको आदेश बदर गर्दै प्रसाईंलाई धरौटीमा रिहा गर्न आदेश दिएको छ ।
अदालतले २०८१ चैत १५ गते काठमाण्डौंको तीनकुनेमा पत्रकार सुरेश रजक र यातायात मजदुर सविन महर्जनको ज्यान जाने गरी भएको राजावादी प्रदर्शनका मुख्य नाइकेका रूपमा रहेका प्रसाईंलाई ३ लाख धरौटीमा छाड्न आदेश दिएको छ ।
प्रसाईंविरुद्ध जिल्ला प्रहरी परिसर काठमाण्डौंले जिल्ला सरकारी वकिलको कार्यालयमार्फत् राज्यविरुद्धको कसूरसहित विभिन्न ५ मुद्दा दायर गरेको थियो ।

हिमालयन एभरेष्ट इन्स्योरेन्सले गर्‍यो डोको रिसाइक्लर्ससँग सहकार्य

काठमाडौं । हिमालयन एभरेष्ट इन्स्योरेन्स (एचइआई) ले फोहोर व्यवस्थापनमा नवीन प्रयास थालेको छ । इन्स्योरेन्स र डोको रिसाइक्लर्सबीच सहकार्य भएसँगै प्रमुख कार्यालयको फोहोर डोको रिसाइक्लर्सले संकलन गरिरहेको छ ।
डोको रिसाइक्लर्स एक वातावरणीय संस्थाको रुपमा फोहोर संकलन, वर्गीकरण र प्रशोधनको काम गर्छ । वातावरणमैत्री उद्यमका रुपमा आफूलाई स्थापित गर्ने लक्ष्यसहित कम्पनीले फोहोर व्यवस्थापनमा जोड दिएको छ ।
हिमालयन एभरेष्ट इन्स्योरेन्सकी प्रमुख कार्यकारी अधिकृत अन्जु श्रेष्ठले भनिन्, “वातावरण संरक्षण र दिगोपन हाम्रो प्राथमिकता हो, फोहोर डम्पिङ साइटमा जान नदिन र पुनः प्रयोगमा ल्याउन हामीले महत्वपूर्ण कदम चालेका छौँ ।” यस्ता फोहोरलाई जिम्मेवार रुपमा व्यवस्थापन गर्ने उद्देश्य राखेर इन्स्योरेन्सले डोकोसँग सहकार्य गरेको सिईओ श्रेष्ठले जनाईन ।
हिमालयन एभरेष्ट इनस्योरेन्सबाट उत्पन्न करिब ८५ प्रतिशत फोहोरको हिस्सा सुक्खा प्रकारको भएकाले यसलाई डोकोले नै पुनः प्रयोगका लागि योग्य सामग्री बनाउने काम गर्छ । कार्यालयमा सकेसम्म कागजलाई कम प्रयोग गर्ने र डिजिटलाइजेशन प्रणालीमा रुपान्तरण गर्दै जाने कम्पनीको योजना छ ।
एचइआईले भनेको छ, “दीर्घकालीन दिगो वृद्धि सुनिश्चित गर्ने दिशामा चालिएको एक महत्वपूर्ण कदम हो, डिजिटलाइजेशनको यात्रासँगै कम्पनीले कार्बन उत्सर्जन घटाउने प्रतिवद्धतासमेत व्यक्त गर्दछौँ ।” यो योजनालाई शाखाहरुमा पनि विस्तार र कार्यान्वयन गर्ने इन्स्योरेन्सको तयारी छ ।

लेटेष्ट समाचार

हमासको ग्रिनेड फालेर साथीहरूलाई जोगाए, आफू युद्धभूमिमै बिलाए विपिन

इजरायल र हमासबीचको युद्ध दुई वर्षपछि अन्त्य भएपछि सोमबार हमासले २० इजरायली बन्धक मुक्त गर्‍यो। गाजामा बन्धक बनाइएकाहरुको परिवारमा पुनर्मिलन हुँदाको क्षणले इजरायलमा खुसीयाली छ।...

‘जेनजी विद्रोह’पछि एमाले र माओवादीद्वारा मंसिरमा महाधिवेशन घोषणा, माैन कांग्रेस

काठमाडौं । भदौ २३ र २४ गतेको ‘जेनजी विद्रोह’पछि देशको राजनीतिक परिदृश्य उथलपुथल बनेको छ । यसबीच, दुई ठूला कम्युनिस्ट दल—नेकपा एमाले र नेकपा...

ओली–लेखकविरुद्धको जाहेरी प्रहरीबाटै सीधै जाँचबुझ आयोगमा

काठमाडौं । निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली र निवर्तमान गृहमन्त्री रमेश लेखकविरुद्ध परेको जाहेरी प्रहरीमार्फत दर्ता नभई सीधै जाँचबुझ आयोगमा पुगेको छ। जेनजी आन्दोलनका क्रममा...