Page 11

माइतीघरमा शान्तिपूर्ण प्रदर्शन गर्न जेन–जीलाई प्रशासनको अनुमति

काठमाण्डौं । सरकारले सामाजिक सञ्जालमाथि लगाएको प्रतिबन्ध, मुलुकमा फैलिएको भ्रष्टाचार, बेथिति र नेताहरूको विलासी जीवनशैलीविरुद्ध जेन–जीले सोमबार गर्ने भनिएको प्रदर्शनलाई प्रशासनले अनुमति दिएको छ ।
प्रदर्शनका अगुवा युवाहरूले जिल्ला प्रशासन कार्यालय काठमाण्डौं पुगेर माइतीघरदेखि नयाँ बानेश्वरसम्मको क्षेत्रमा प्रदर्शनको अनुमति मागेपछि प्रशासले अनुमति दिएको हो ।
काठमाण्डौंका प्रमुख जिल्ला अधिकारी (सीडीओ) छवि रिजालले निषेधित क्षेत्र बाहेकका स्थानमा शान्तिपूर्ण प्रदर्शन गर्न अनुमति दिएको जानकारी दिए ।
प्रदर्शनकारीले अनुमतिसँगै शान्तिसुरक्षा समेत माग गरेका छन् ।

एमालेको नेतृत्वमा अध्यक्ष ओलीको विकल्प नभएको प्रतिवेदन पेस

ललितपुर । नेपाल कम्युनिष्ट पार्टी (एमाले) को भावी नेतृत्वमा अध्यक्ष केपी शर्मा ओलीको विकल्प नभएको प्रतिवेदन पेस गरिएको छ ।
ललितपुरमा जारी पार्टीको दोस्रो विधान महाधिवेशनमा विभिन्न समूहको छलफलका क्रममा नेताहरुले पार्टी नेतृत्वमा अध्यक्ष ओलीको विकल्प नभएको जनाएको एमालेका प्रचार तथा प्रकाशन विभागका प्रमुख तथा स्थायी कमिटी सदस्य राजेन्द्र गौतमले जनाए ।
महाधिवेशनको तेस्रो दिन समूहगत छलफलका क्रममा नेताहरुबाट व्यक्त भएका भनाइका सम्बन्धमा केही सञ्चारमाध्यमले गलत सूचना प्रवाह गरेको उनको भनाइ थियो । उनले विधान संशोधनको मुख्य विषय उमेर हद र दुई कार्यकालको विषयमा केही सञ्चारमाध्यमले गलत सूचना प्रवाह गरेको पनि दाबी गरेका छन् ।
“सात भूगोल र तीन गैर भूगोल समूहका नेताहरुले छलफलमा उठेका विषयलाई समावेश गरी बन्दसत्रमा प्रतिवेदन पेस गरिसक्नुभयो । दशवटै समूह नेताहरुले राष्ट्रपति, उपराष्ट्रपति मात्रै होइन संवैधानिक नियुक्ति पाइसकेका व्यक्ति पार्टीमा फर्कन नपाउने व्यवस्था विधानमै गर्न सुझाव दिएका छन्”, उनले भने ।
सुदूपश्चिम प्रदेश कमिटी अध्यक्ष कृष्णप्रसाद जैशी, कर्णाली प्रदेशका अध्यक्ष तथा समूहगतका नेता गुलाबजंग शाह, लुम्बिनी प्रदेश अध्यक्ष तथा समूहगतका नेता राधाकृष्ण कँडेल, गौतमका अनुसार गण्डकी प्रदेशका उपाध्यक्ष तथा समूहगत नेता मीनप्रसाद गुरुङ, बागमती प्रदेशका अध्यक्ष तथा समूहगत नेता कैलाश ढुंगेल, मधेस प्रदेशका अध्यक्ष तथा समूहगत नेता चन्द्रेश्वर मण्डल, कोशी प्रदेशका अध्यक्ष तथा समूहगत नेता घनश्याम खतिवडा, गैर भूगोलका शिव अधिकारी, चुडामणि जंगली र भक्त गुरूङले आ–आफ्नो प्रतिवेदन पेस गरेको प्रचार विभाग प्रमुख गौतमले जानकारी दिए ।

भीपीएन प्रयोग नगर्न सरकारको अनुरोध, सूचीकरण भए तत्काल सक्रिय गरिने प्रस्टोक्ति

काठमाण्डौं । नेपाल सरकारले सूचीकरण नभएका सामाजिक सञ्जाल प्लेटफर्महरूलाई नेपालभित्र निष्क्रिय बनाएको विषयमा प्रस्टीकरण दिएको छ ।
सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले शुक्रबार जारी गरेको प्रेस विज्ञप्तिमा सरकारले नेपालको संविधानले प्रत्याभूत गरेको विचार तथा अभिव्यक्तिको स्वतन्त्रता, सूचना तथा सञ्चारको अधिकारको सम्मान गर्दै त्यसको रक्षा र निर्वाध उपयोगको वातावरण निर्माणमा प्रतिबद्ध रहेको स्पष्ट पारेको छ ।
मन्त्रालयले नागरिकले आफ्ना विचार व्यक्त गर्ने र सामाजिक संवाद गर्ने कुनै पनि माध्यमलाई संकुचित नगरी अझ फराकिलो, मर्यादित र जवाफदेही बनाउन सरकार तत्पर र क्रियाशील रहेको जनाएको छ । विज्ञप्तिमा नागरिकको गोपनीयताको हकको संरक्षण र नेपालको संविधानको धारा १७ ले तोकेको वैयक्तिक स्वतन्त्रताको सीमा मध्यनजर गर्दै नेपालमा सञ्चालित सामाजिक सञ्जाललाई व्यवस्थित र जवाफदेही बनाउन पटक–पटक सूचीकरणका लागि आह्वान गरिएको उल्लेख गरिएको छ ।
यसैक्रममा सम्मानित सर्वोच्च अदालतको बृहत् पूर्ण इजलासले अदालतको अवहेलना सम्बन्धी मुद्दामा स्वदेशी वा विदेशी उत्पत्तिका अनलाइन तथा सामाजिक सञ्जाल प्लेटफर्मलाई सञ्चालनपूर्व सम्बन्धित साधिकार निकायबाट अनिवार्य रूपमा सूचीकरण गर्न, साथै अनिच्छित सामग्रीको मूल्यांकन र अनुगमन गर्न नेपाल सरकारको नाममा निर्देशनात्मक आदेश जारी गरेको तथ्य पनि मन्त्रालयले स्मरण गराएको छ ।
सर्वोच्च अदालतको आदेश पालना तथा अन्य निर्णय कार्यान्वयनका लागि नेपाल सरकार मन्त्रिपरिषद्ले मिति २०८२ भदौ ९ गते गरेको निर्णयअनुसार सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले ‘सामाजिक सञ्जालको प्रयोगलाई व्यवस्थित गर्ने निर्देशिका, २०८०’ बमोजिम ७ दिनको म्याद दिई सामाजिक सञ्जाल प्लेटफर्महरूलाई सूचीकरण हुन मिति २०८२ भदौ १२ गते सार्वजनिक सूचना जारी गरेको थियो । तर तोकिएको समयसीमाभित्र सम्पर्क नगरेका सामाजिक सञ्जाल प्लेटफर्महरूलाई नेपालभित्र निष्क्रिय गराउने र सूचीकरण भएलगत्तै पुनः सक्रिय गराउने प्रक्रिया अघि बढाइएको मन्त्रालयले जनाएको छ ।
मन्त्रालयले दिएको जानकारीअनुसार हालसम्म हाम्रो पात्रो र ग्लोबल डायरी सूचीकरण भई सक्रिय भइसकेका छन् । ट्वीटर (एक्स) र वीच्याटले सूचीकरणका लागि आवश्यक विवरण माग गरेपछि मन्त्रालयले ती विवरण उपलब्ध गराइसकेको जनाएको छ ।
सूचीकरण नभएका सामाजिक सञ्जाल प्लेटफर्महरूलाई नेपालभित्र निष्क्रिय बनाउन नेपाल दूरसञ्चार प्राधिकरणमार्फत मोबाइल तथा इन्टरनेट सेवा प्रदायकहरूलाई निर्देशन दिइसकिएको मन्त्रालयले स्पष्ट पारेको छ । यस क्रममा त्यस्ता सञ्जालहरूको पहुँच पाउन असुरक्षित, अनाधिकृत र जोखिमयुक्त भर्चुअल प्राइभेट नेटवर्क (भीपीएन) प्रयोग नगर्न वा नगराउन मन्त्रालयले सबै प्रयोगकर्तालाई आग्रह गरेको छ ।
मन्त्रालयले नेपालमा सञ्चालन भइरहेका र अहिलेसम्म सूचीकरणमा नआएका सबै सामाजिक सञ्जाल प्लेटफर्महरूलाई पुनः आह्वान गर्दै ‘सामाजिक सञ्जालको प्रयोगलाई व्यवस्थित गर्ने निर्देशिका २०८०’ बमोजिम नेपालभित्र सम्पर्क बिन्दु, आवासीय गुनासो सुन्ने अधिकारी र स्वनियमन परिपालनाको निगरानी गर्ने अधिकारी तोक्न अनुरोध गरेको छ । मन्त्रालयले सूचीकरणका लागि कुनै शुल्क दस्तुर नलाग्ने र सूचीकरण भएलगत्तै तत्काल सक्रिय गराइने स्पष्ट पारेको छ ।
विज्ञप्तिमा भनिएको छ, ‘आमनागरिकले प्रयोग गर्ने कुनै पनि सामाजिक सञ्जाल प्लेटफर्मलाई निषेध, नियन्त्रण वा संकुचित गर्ने सरकारको उद्देश्य नभई, स्वनियमनको माध्यमबाट व्यवस्थित, मर्यादित र जवाफदेही रूपमा प्रयोग गर्ने वातावरण निर्माण गर्नु नै सरकारको लक्ष्य हो ।’
मन्त्रालयले सरकारी निर्णय कार्यान्वयनमा सहयोग पुर्‍याउन आमनागरिक तथा सरोकारवालाहरूलाई हार्दिक अपिल पनि गरेको छ ।

सेयर बजारमा १५.५९ अंकको गिरावट, ४ अर्ब ७२ करोडको कारोबार

काठमाडौँ । सेयर बजार परिसूचक घटेको छ।
साताको चौथो दिन बुधबार बजार परिसूचक १५.५९ अंकले घटेर २७२६.३७ अंकमा सीमित भएको हो। बजारमा आज ४ अर्ब ७२ करोड रुपैयाँ बराबरको कारोबार भयो।
बजारमा कारोबार भएकामध्ये कुल ३९ कम्पनीहरूको सेयर मूल्यमा वृद्धि भएको छ भने २१३ कम्पनीको सेयर मूल्यमा गिरावट आएको छ। आज कुल १ करोड १३ लाख ४५ हजार सेयर किनबेच भएका छन्।
बजारमा आज हिमस्टार हाइड्रोमा ९.९९ प्रतिशतको वृद्धि सहित ३२३.६० रुपैयाँमा अन्तिम कारोबार भएको थियो। त्यसैगरी, यूनियन हाइड्रोको मूल्य ७.०३ प्रतिशतले बढेर ४३०.६७ रुपैयाँमा अन्तिम कारोबार भएको छ।
आजको बजारमा लिबर्टी इनर्जीले सबैभन्दा धेरै ६.९९ प्रतिशतको गिरावट सहित २१८.७३ रुपैयाँमा कारोबार बन्द गरेको छ। छ्याङ्दी हाइड्रोपावर ६.४५ प्रतिशत गिरावट बेहोरेका छन्।
आजको बजारमा युनियन हाइड्रोपावरले सर्वाधिक ३३ करोड ८० लाख रुपैयाँको कारोबार गरेको छ। दोस्रोमा लिबर्टी इनर्जीले २७ करोड ३८ लाखको कारोबार गर्‍यो। नेपाल पुनर्बीमा कम्पनीले २६ लाखको १५ कारोबार गर्दै तेस्रो स्थानमा रह्यो।
बजारमा आज म्युचुअल फण्ड बाहेक सबै परिसूचक घटेका छन्। सबैभन्दा धेरै गिरावट हाइड्रो सूचकको ०.९३ प्रतिशत रहेको छ। आज बजारका सबैजसो सूचक वृद्धि, गिरावट, कारोबार लगायतमा हाइड्रो समूहका कम्पनीले लिड गरेको देखिन्छ।

 

एनएमबि बैंकको करिब ६ लाख कित्ता शेयरबिक्रीमा

काठमाण्डौं । एनएमबि बैंक लिमिटेडले संस्थापक समूहको शेयर बिक्रीमा ल्याएको छ । बैंकको विभिन्न संस्थापक शेयरधनीको स्वामित्वमा रहेको ५ लाख ९८ हजार १४५ कित्ता संस्थापक शेयर आजदेखि बिक्रीमा राखिएको हो ।
उक्त शेयर खरिदका लागि बैंकका विद्यमान संस्थापक शेयरधनी तथा अन्य व्यक्ति तथा कम्पनीहरुले आवेदन दिन सक्नेछन् । लगानीकर्ताले सूचना प्रकाशित भएको ७ दिनभित्र आवेदन दिनुपर्नेछ । सर्वसाधारणहरुले आफुलाई पायक पर्ने कार्यालयबाट शेयर खरिदको लागि आवदन दिन सक्नेछन् ।

बैंकहरुमा ७२ खर्ब ५७ अर्ब निक्षेप हुदाँ कर्जा प्रवाह ५६ खर्ब, राष्ट्र बैंकले २५ अर्ब निक्षेप तान्दै

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज बैंक तथा वित्तिय संस्थाहरुबाट २५ अर्ब रुपियाँ निक्षेप तान्ने भएको छ ।
आज मध्यान्ह ३ बजे बोलकबोल मार्फत राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाबाट सो बराबरको पैसा तान्ने भएको हो ।
राष्ट्र बैंकले २१ दिनका लागि सो बराबरको निक्षेप तान्न लागेका हो । यसमा बाणिज्य, विकास र वित्त कम्पनी सहभागी हुन सक्नेछन् । उनीहरुले बोलकबोलमा व्याजदर प्रस्ताव गर्नुपर्ने हुन्छ ।
बैंकहरुले व्याजदरमा बहुबोलकबोल पनि गर्न सक्नेछन् । त्यसमा सबै भन्दा कम व्याजदर प्रस्ताव गर्नेलाई प्राथमिकतामा राखिनेछ ।
अहिले बैंकहरुमा अधिक तरलता रहेको छ । त्यसलाई व्यवस्थापन गर्न राष्ट्र बैंकले पटक पटक बोलकबोलबाट पैसा तान्दै आएको छ । सोही क्रममा आज राष्ट्र बैंकले २५ अर्ब रुपियाँ निक्षेप बोलकबोल गर्न लागेको हो ।
आजको बोलकबोलमा बैंकहरुले घटीमा १० करोड रुपियाँ र बढीमा ५ करोडले भाग गर्दा निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्म प्रस्ताव गर्न सक्नेछन् । बैंकहरुले यसरी राष्ट्र बैंकमा राखेको निक्षेप यस बैंक बाहेक अन्य बैंक तथा वित्तीय संस्थामा पनि धितोको रुपमा प्रयोग गर्न सक्नेछन् ।
२१ दिन अर्थात् आगामी असोज १२ गते बैंकहरुलाई सावाँ र व्याज भुक्तानी गरिनेछ । कर्जाको माग न्यून हुदाँ अहिले बैंकहरुमा पैसा थुप्रिएको छ । त्यो अवस्थामा बैंकहरुलाई तरलता व्यवस्थापन गर्न यो उचित बिकल्प हुने देखिन्छ ।
अहिले बैंकहरुमा ७२ खर्ब ५७ अर्ब निक्षेप हुदाँ कर्जा प्रवाह ५६ खब आठ अर्ब रुपियाँ छ । सीडी रेसियोको सिमाअनुसार बैंकहरुसँग करिब नौ खर्ब ९३ अर्ब रुपियाँ ऋण दिन मिल्ने पैसा छ । तर, कर्जाको माग बढ्न नसक्दा बैंकहरुमै त्यो पैसा थुप्रिएको छ ।

एभरेष्ट बैंकको सीईओमा खालिङ पुनः ४ वर्षका लागि नियुक्त

काठमाडौं । एभरेष्ट बैंकका सीईओ सुदेश खालिङ पुनः ४ वर्षका लागि नियुक्त भएका छन् ।
सञ्चालक समितिको आज बसेको बैठकले खालिङलाई आगामी असोज ८ गतेदेखि लागु हुने गरी ४ वर्षका लागि पुनः नियुक्त गर्ने निर्णय गरेको कम्पनी सचिव सुरेश चापागाईंले जनाएका छन् ।
खालिङको नेतृत्वमा बैंकले उल्लेख्य प्रगति हासिल गरिरहेको छ । गत आवको नाफाबाट २० प्रतिशत लाभांश पनि घोषणा गरिएको छ ।

 

आज इन्द्रजात्रा पर्व मनाइँदै

काठमाडौँ । वर्षा र सहकालका देवता देवराज इन्द्रको पूजा आराधना गर्दै आज परम्परागत रूपमा इन्द्रजात्रा पर्व मनाइँदै छ।
हरेक वर्ष भाद्र शुक्ल चतुर्दशीका दिन मनाइने यो पर्व विशेष गरी काठमाडौँ, ललितपुर, भक्तपुर, धुलिखेल, दोलखा लगायतका स्थानमा धूमधामका साथ मनाइन्छ। भाद्र शुक्ल द्वादशीका दिन हनुमानढोका अगाडि इन्द्र ध्वजासहितको लिङ्गो ठड्याइएपछि आठ दिनसम्म चल्ने यो जात्रा सुरु हुन्छ। यस अवधिमा विभिन्न नाचगान, रथयात्रा र देवी–देवताको पूजाआजा गर्ने परम्परा छ।
इन्द्र ध्वजलाई ‘इन्द्रध्वजोत्थान’ पनि भनिन्छ, जसको फेदमा भैरवको पूजा गर्ने प्रचलन छ। यो पर्व शत्रुमाथि विजय र शक्तिको प्रदर्शनका रूपमा मनाइने गरिएको मानिन्छ।
पूर्वतयारीअन्तर्गत भक्तपुरको चितपोल जङ्गलमा भाद्र शुक्ल द्वितीयाका दिन तान्त्रिक विधिबाट पूजित बोकाले छोएको रूख काटेर ल्याइन्छ। त्यसलाई भोटाहिटीमा राखी एकादशीका दिन विधिपूर्वक लिङ्गो तयार पारिन्छ।
आजको मुख्य आकर्षणमा हनुमानढोका दरबारस्थित गद्दी बैठक अगाडि जीवित देवी श्री गणेश, श्री भैरव र श्री कुमारीको रथयात्रा रहनेछ। यो परम्परामा विगतमा राजाले स्वयं उपस्थित भएर दर्शन गर्ने चलन थियो, अहिले भने राष्ट्रपतिबाट अवलोकन गर्ने प्रथा कायम छ।
जात्राभरि भक्कु नाच, महाकालीनाच, लाखेनाच, दशावतार नाच, साथै इन्द्रको वाहन ऐरावत हात्तीको प्रतीक पुलुकिसी नाच देखाइन्छ। जात्रा सुरु भएको आठौँ दिन अर्थात् आश्विन कृष्ण चौथीका दिन ‘इन्द्रध्वज पातन’ अर्थात् लिङ्गो लडाउन गर्ने धार्मिक विधान रहेको धर्मशास्त्रविद्हरू जनाउँछन।
यस अवसरमा उपत्यकाको पश्चिमस्थित दहचोकको इन्द्रदहमा भाद्र शुक्ल पूर्णिमासम्म भक्तजनको घुइँचो लाग्ने गर्छ। यहाँ जाग्राम बसेर स्नान गर्ने धार्मिक परम्परा छ।
अनन्त चतुर्दशी पनि आज
यसै दिन अनन्तनाथ (भगवान् विष्णु) को पूजा आराधना गरी ‘अनन्त चतुर्दशी’ पर्व पनि मनाइन्छ। यस दिन चोखो धागोमा अनन्त मन्त्रण गरेर बाँध्दा वर्षभर शुभ हुने विश्वास छ।
श्रावण शुक्ल पूर्णिमामा यज्ञोपवीत (जनै) मन्त्रण गर्न नसकेकाहरूले आज मन्त्रण गर्ने शास्त्रीय व्यवस्था रहेको धर्मशास्त्रविद्हरूले जनाएका छन्। समितिअनुसार आज अनन्त चतुर्दशीको व्रतसमेत बस्ने प्रचलन छ।

मन्त्रीको गाडीले बालिकालाई ठक्कर दिँदा गोदावरी सडक अवरुद्ध

काठमाण्डौं । नेकपा (एमाले) को दोस्रो विधान महाधिवेशनमा सहभागी हुन जाँदै गरेका कोशी प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री राम राना सवार गाडीले बालिकालाई ठक्कर दिएपछि गोदावरी जाने मुख्य सडक अवरुद्ध भएको छ।
ट्राफिक वृत्त सातदोबाटोका इन्स्पेक्टर श्रीराम भट्टका अनुसार मन्त्री राम राना सवार गाडीले ललितपुरको हरिसिद्दी उकालोमा ११ वर्षीया उषा सुनुवारलाई ठक्कर दिएपछि स्थानीयले बाटो अवरुद्ध गरेका हुन् । बालिकालाई ठक्कर दिएर मन्त्रीको झण्डावाल गाडी फरार भएको आरोप स्थानीय बासिन्दाले लगाएका छन् ।
प्रहरीका अनुसार घाइते बालिकाको अवस्था सामान्य छ भने उनको बी एण्ड बी अस्पतालमा उपचार भइरहेको छ । दुर्घटनापछि स्थानीयले सडक बन्द गराएका छन् ।
सडक अवरुद्ध हुँदा आम नागरिकसँगै एमाले विधान महाधिवेशनमा जाने प्रतिनिधिहरू पनि समस्यामा परेका छन् । ललितपुरका प्रमुख जिल्ला अधिकारीसहित जनप्रतिनिधि र स्थानीय बासिन्दाबीच २८ नम्बर वडा कार्यालयमा वार्ता भइरहेको छ ।
यसबीच एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले घाइते बालिकाको सम्पूर्ण उपचार खर्च पार्टीले बेहोर्ने जनाएका छन् ।
घटनाको जानकारी दिँदै उनले बालिकाको शीघ्र स्वास्थ्य लाभको कामना गरेका छन् । दुर्घटना भवितव्य भएकाले महाधिवेशन भाँड्ने गरी कसैले राजनीति गर्न खोजेकोप्रति अध्यक्ष ओलीले दुःख व्यक्त गरे ।

 

कांग्रेसले बोलायो केन्द्रीय कार्य सम्पादन समिति बैठक

काठमाडौँ । नेपाली कांग्रेसले केन्द्रीय कार्य सम्पादन समितिको बैठक बोलाएको छ।
पार्टी सभापति शेरबहादुर देउवाले आफ्नै निवास बूढानीलकण्ठमा बैठक बोलाएका हुन्।
आइतबार बिहान ९ बजे बस्ने गरी बैठक बोलाइएको कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए।
बैठकमा केन्द्रीय कार्य सम्पादन समितिका पदाधिकारी एवं सदस्यहरूलाई उपस्थित हुन आग्रह गरिएको जारी विज्ञप्तिमा उल्लेख छ।

लेटेष्ट समाचार

हमासको ग्रिनेड फालेर साथीहरूलाई जोगाए, आफू युद्धभूमिमै बिलाए विपिन

इजरायल र हमासबीचको युद्ध दुई वर्षपछि अन्त्य भएपछि सोमबार हमासले २० इजरायली बन्धक मुक्त गर्‍यो। गाजामा बन्धक बनाइएकाहरुको परिवारमा पुनर्मिलन हुँदाको क्षणले इजरायलमा खुसीयाली छ।...

‘जेनजी विद्रोह’पछि एमाले र माओवादीद्वारा मंसिरमा महाधिवेशन घोषणा, माैन कांग्रेस

काठमाडौं । भदौ २३ र २४ गतेको ‘जेनजी विद्रोह’पछि देशको राजनीतिक परिदृश्य उथलपुथल बनेको छ । यसबीच, दुई ठूला कम्युनिस्ट दल—नेकपा एमाले र नेकपा...

ओली–लेखकविरुद्धको जाहेरी प्रहरीबाटै सीधै जाँचबुझ आयोगमा

काठमाडौं । निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली र निवर्तमान गृहमन्त्री रमेश लेखकविरुद्ध परेको जाहेरी प्रहरीमार्फत दर्ता नभई सीधै जाँचबुझ आयोगमा पुगेको छ। जेनजी आन्दोलनका क्रममा...