Page 7

जेनजी आन्दोलनबाट भएको क्षतिप्रति महालक्ष्मी विकास बैंकद्वारा दुःख व्यक्त

काठमाडौं । जेनजी आन्दोलनको समयमा घटेका विभिन्न दुःखद् घटनाहरुमा भएको जिउधनको क्षतिप्रति महालक्ष्मी विकास बैंकले दुःख व्यक्त गरेको छ । आइतबार एक विज्ञप्ति जारी गर्दै बैंकले दुःख व्यक्त गरेको हो ।
‘यस दुःखद् घडीमा दिवंगत आत्माको चिर शान्तिको कामना गर्दै शोकसन्तप्त परिवारजन प्रति धैर्यधारण गर्नसक्ने शक्ति प्राप्त होस् भनी कामना गर्दछौँ । साथै, उपचारार्थ रहेका सम्पूर्ण घाइते व्यक्तिहरुको शीघ्र स्वास्थ्य लाभको कामना गर्दछौँ ।’ बैंकले भनेको छ ।
बैंकले घटनाहरुमा सरकारी, सार्वजानिक र निजी सम्पतिहरुमा भएको क्षतिप्रति पनि दुःख व्यक्त गरेको छ । साथै, सुरु भइसकेको सरकार गठनको प्रक्रिया चाँडै टुंगिने तथा त्यसले मुलुकको असामान्य अवस्थालाई शीघ्र सामान्य बनाउँदै शान्ति, सुशासन, निष्पक्ष व्यवसायिक वातावरण, आर्थिक स्थायीत्व र सुरक्षाको प्रत्याभूती गर्ने दिशामा सफल हुने विश्वास बैंकले लिएको छ ।
आन्दोलनको क्रममा बैंकको लेकसाइड पोखरा शाखा रहेको भवन पूर्ण रुपमा क्षतिग्रस्त भएको र यस शाखा कार्यालयबाट प्रवाह हुने बैंकिङ सेवाहरु नजिकको शाखा कार्यालयहरुमार्फत लिन बैंकले अनुरोध गरेको छ । साथै, बैंकको लेकसाइड पोखरा शाखा बाहेक अन्य सम्पूर्ण १०२ शाखा कार्यालयहरु पूर्ण रुपमा सेवा सञ्चालनमा आईसकेको तथा बैंकको सम्पूर्ण डिजिटल सेवाहरु सुरक्षित रुपमा सञ्चालन भइरहेको समेत बैंकले जनाएको छ ।

 

जेन जी आन्दोलनमा परि थप चार जनाको मृत्यु

काठमाण्डौं । जेनजी आन्दोलनका क्रममा घाइते भएका थप चार जनाको मृत्यु भएको छ । यससँगै आन्दोलनमा मृतकको संख्या ५५ पुगेको छ।
भदौ २३ र २४ गते भएको आन्दोलनका क्रममा घाइते भएका थप चार जनाको पनि मुत्यु भएको नेपाल प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार आन्दोलनमा जेन जी युवा, प्रहरी, कैदी र सर्वसाधारण गरेर कुल ५५ जनाको मृत्यु भएको हो। जेन जीतर्फ २१ जना, कैदी नौजना र नेपाल प्रहरीका सहायक निरीक्षकसहित तीन जनाको आन्दोलनको क्रममा मृत्यु भएको हो ।
आन्दोलनका क्रममा १८ जनाको भने आगलागीमा परेर तथा करेन्ट लागेर मृत्यु भएको हो। कतिपय घाइतेको अवस्था गम्भीर रहेकाले मृत्यु हुनेको सङ्ख्या अझै बढ्न सक्ने अनुमान प्रहरीको छ। जेनजी आन्दोलनमा एकजना भारतीय नागरिकको पनि मृत्यु भएको छ।

 

रेशम चौधरीद्वारा नाउपा परित्याग, नयाँ पार्टी खोल्ने

काठमाण्डौं । नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशमलाल चौधरीले पार्टी परित्याग गरेका छन् ।
आइतबार सामाजिक सञ्जाल मार्फत उनले पार्टी परित्याग गरेको घोषणा गरेका हुन् । चौधरीले आफूले जन्माएको पार्टी परित्याग गरेर नयाँ पार्टी बनाउने पनि घोषणा गरेका छन् ।
उनले नागरिक उन्मुक्ति पार्टी नेपाल नामक पार्टीको पनि घोषणा गरेका हुन् । ‘मलाई साथ दिने साथीहरू जोडिनु होला हिजो मसँग जोडिएका साथीहरू जोडिनु होला आजसम्म नागरिक उन्मुक्ति पार्टीको संरक्षकको भूमिका निर्वाह गर्न दिनुभयो तपाईँहरूलाई धेरै धेरै धन्यवाद’, उनले भनेका छन् ।
नाउपा भित्र आफूलाई साथ दिनेहरूलाई पनि सँगै लिएर अगाडी बढ्ने उनको भनाइ छ । ‘मेरो रन्जितासँग कुनै दुश्मनी छैन। मेरो दामोदरसँग कुनै दुश्मनी छैन । तपाईँहरूलाई धेरै धेरै धन्यवाद तपाइहरूसँग मेरो कुनै दुश्मनी छैन’, उनले भनेका छन् ‘मेरो दुश्मनी यो देशका राष्ट्रिय फटाहहरुसँग छ।’
चौधरीले सांसदबाट राजीनामा दिएकाहरू फेरि फिर्ता हुन जानेहरूसँग सम्झौता नहुने जनाएका छन् । नयाँ दल नयाँ नयाँ भावना र राजनीतिक विचारलाई स्थापना गर्ने उनको दाबी छ ।
‘मैले नै नागरिक उन्मुक्ति पार्टीको गीत लेखेको हो । मैले नै नागरिक उन्मुक्ति पार्टीका विधान लेखको हो । मैले नै नागरिक उन्मुक्ति पार्टीको विचार स्थापना गरेको हो’, उनले भनेका छन्, तर व्यक्तिगत अहङ्कार र स्वेच्छालाई मैले जित्न सकिन ।,

आज मन्त्रिपरिषद् विस्तार हुँदै

काठमाडौं । अन्तरिम सरकारकी नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले आज (आइतबार) मन्त्रिपरिषद् विस्तार गर्ने भएकी छन् ।
शुक्रबार शपथ लिएकी कार्कीले आवश्यक छलफलपछि आज सानो आकारको मन्त्रिपरिषद् विस्तार गर्ने तयारी गरेकी हुन् ।
उनले जेनजी आन्दोलनका नेतृत्वसँगको छलफलमार्फत नामावली टुंगो लगाउने र आजै मन्त्रिपरिषद् विस्तार गर्ने जनाईएको छ ।

 

प्रतिनिधिसभा विघटन, फागुन २१ गते आम निर्वाचनको घोषणा

काठमाण्डौं । राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा प्रतिनिधिसभा विघटन गरेका छन् । गएराति अन्तरिम सरकारको प्रधानमन्त्री नियुक्त भएकी कार्कीले आफ्नो पहिलो निर्णयमा प्रतिनिधिसभा विघटन गर्न सिफारिस गरेकी हुन् ।
नवनियुक्त प्रधानमन्त्री कार्कीले गरेको विघटनको सिफारिस राष्ट्रपति पौडेलले सदर गर्दै आगामी फागुन २१ गते बिहीबारका दिन आम निर्वाचनको मिति घोषणा गरेका छन् । राष्ट्रपति पौडेलले गएराति ११ बजेदेखि लागू हुने गरी प्रतिनिधिसभा विघटन गरेका हुन् ।
भदौ २३ र २४ गतेको जेन जी विद्रोहपछि विकसित राजनीतिक घटनाक्रमबीच कार्की देशकै पहिलो महिला प्रधानमन्त्रीमा नियुक्त हुनुभएकी हुन् । संविधानको धारा ६१ को उपधारा ३ र ४ मा अन्तर्निहीत राष्ट्राध्यक्षको अधिकार प्रयोग गरी राष्ट्रपति पौडेलले कार्कीलाई प्रधानमन्त्रीमा नियुक्त गरेका हुन् ।
प्रधानमन्त्रीमा नियुक्त भए लगतै राष्ट्रपति पौडेलले प्रधानमन्त्री कार्कीले पद तथा गोपनीयताको शपथ खुवाएका हुन् ।

 

नवनियुक्त प्रधानमन्त्रीले आइतबार पदभार ग्रहण गर्ने, सरकारी निवास व्यवस्थापन नभएसम्म निजी निवासमै बस्ने

काठमाडौं । नवनियुक्त अन्तरिम सरकारका प्रधानमन्त्री सुशिला कार्कीले आइतबार (भोली) मात्रै पदभार ग्रहण गर्ने भएकी छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय स्रोतका अनुसार शुक्रबार चाँडै सपथग्रहणको कार्यक्रम सकाएर गृह मन्त्रालयको नयाँ भवनमा प्रधानमन्त्री कार्यालय सञ्चालन गर्नेगरी पदभार ग्रहणको तयारी भए पनि ढिलो गरेर मात्रै सपथग्रहण कार्यक्रम भएपछि शुक्रबार पदभारग्रहण हुन नसकेको हो ।
शुक्रबार राति पदभारग्रहण लगत्तै प्रधानमन्त्री कार्की आफ्नै निजी निवासमा गएकी छन् । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा जेनजी आन्दोलनकारीले क्षति पु¥याएको कारण सरकारी निवास नगएर आफ्नै निजी निवासमा बसिरहेकी हुन् ।
सम्भव त सरकारी निवासको व्यवस्थापन नहुदाँसम्म उनी आफ्नै निजी निवासमा बस्ने प्रधानमन्त्री कार्यालय उच्च स्रोतले जनाएको छ ।

 

भारतका प्रधानमन्त्री मोदीद्वारा नवनियुक्त प्रधानमन्त्री कार्कीलाई बधाई

काठमाडौँ । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालको अन्तरिम सरकारको प्रधानमन्त्रीको कार्यभार सम्हालेकोमा सुशीला कार्कीलाई बधाई तथा शुभकामना व्यक्त गरेका छन् । प्रधानमन्त्री मोदीले आफ्नो सामाजिक सञ्जालमा एक सन्देश पोस्ट गर्दै यो शुभकामना दिएका हुन्।
उक्त पोस्टमा मोदीले लेखेका छन्, ूनेपालको अन्तरिम सरकारको प्रधानमन्त्रीको पदभार ग्रहण गर्नुभएकोमा सम्माननीय श्रीमती सुशीला कार्कीज्यूलाई मेरो हार्दिक बधाई तथा शुभकामना। भारत नेपालका जनताको शान्ति, प्रगति र समृद्धिको लागि सदैव प्रतिबद्ध छ।ू
भारतले शुक्रबार रातिनै नेपालमा नयाँ अन्तरिम सरकार गठन भएकोमा स्वागत गरेको थियो। पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको नेतृत्वमा बनेको अन्तरिम सरकारलाई भारतले नेपालको शान्ति र स्थायित्वलाई सुदृढ पार्ने सकारात्मक कदमका रूपमा लिएको जनाएको थियो।
भारतीय विदेश मन्त्रालयद्वारा जारी विज्ञप्तिमा भनिएको थियो, ‘निकटतम छिमेकी, साझा लोकतन्त्र र दीर्घकालीन विकास साझेदारको रूपमा भारत नेपालसँग दुवै देश र जनताको समृद्धि र हितका लागि नजिकबाट सहकार्य गर्न प्रतिबद्ध छ।’

 

धरानको भाटभटेनीमा भेटियो चार जनाको शव

धरान । जेनजी आन्दोलनका क्रममा अराजक समूहले आगजनी गरेको धरानस्थित भाटभटेनी सुपरमार्केटमा चार जनाको शव फेला परेको छ ।
शुक्रबार दिउँसो दोस्रो तलामा एक जनाको र तेस्रो तलामा तीन जनाको शव जलेको अवस्थामा भेटिएको इलाका प्रहरी कार्यालय धरानका डिएसपी प्रकाश जवेगुले जानकारी दिए । उनका अनुसार शवको पहिचान अझै खुलेको छैन ।
प्रहरीले भेटिएका शव भाटभटेनीमा लुटपाट गर्न पसेका व्यक्तिहरूको हुनसक्ने आशंका गरेको छ । पूर्णरूपमा जलेका कारण मृतकको लिंग समेत छुट्याउन नसकिएको प्रहरीले जनाएको छ ।
मंगलबार राति तोडफोड र लुटपाटको क्रममा भाटभटेनीभित्र केही व्यक्ति फसेको हल्ला चलेको थियो । मृतकको पहिचान खुलाउने प्रयास भइरहेको प्रहरीको भनाइ छ ।

 

संसद् विघटनतर्फको अग्रसरता विडम्बनापूर्ण, खबरदारी गरौँ ः शंकर पोखरेल

काठमाडौं । नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले हालको राजनीतिक परिस्थितिबारे चिन्ता व्यक्त गर्दै संसद् विघटनतर्फ अग्रसर हुनु विडम्बनापूर्ण विषय भएको जनाएका छन् ।
“विगतमा बहुमतको प्रधानमन्त्रीले संसद् विघटन गर्दा त्यसलाई असंवैधानिक भन्दै मुद्दा हाल्ने र फैसला सुनाउनेहरू अहिले स्वयं विघटनतर्फ अग्रसर हुनु विडम्बनापूर्ण विषय हो । त्यसैले सतर्क रहौँ, खबरदारी गरौँ,” पोखरेलको भनाइ छ ।

 

नेपालको पहिलो प्रधानमन्त्री बनिन् सुशीला, मन्त्रिपरिषद् बैठकपछि संसद् विघटनको सिफारिस हुने

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले सुशीला कार्कीलाई प्रधानमन्त्रीमा नियुक्त गरेका छन् । जेन–जीको माग अनुसार उनलाई अन्तरिम मन्त्रिपरिषद्को प्रधानमन्त्रीको रूपमा नेतृत्व गर्ने गरी नियुक्त गरेका हुन् ।
संविधानको धारा ६१ को उपधारा ४ अनुसार राष्ट्रपतिले कार्कीलाई प्रधानमन्त्रीमा नियुक्त गरेका हुन् । यससँगै नेपालको इतिहासमा कार्की पहिलो प्रधानमन्त्रीसमेत बनेकी छिन् ।
यसअघि पहिलो महिला प्रधानन्यायाधीश बनेकी कार्की यसपटक जेन–जीको आन्दोलन र सत्ताबाट केपी शर्मा ओलीको बहिर्गमनपछि पहिलो महिलो प्रधानमन्त्री बनिन् । धारा ६१ को उपधारा ४ अनुसार राष्ट्रपतिले नेपालको राष्ट्रिय एकताको प्रवर्द्धन गर्ने उल्लेख छ ।
‘संविधानको पालन र संरक्षण गर्नु राष्ट्रपतिको प्रमुख कर्तव्य हुनेछ,’ भनिएको छ । त्यस्तै उपधारा ३ मा राष्ट्रपतिले नेपालको राष्ट्रिय एकताको प्रवर्धन गर्नेछ भनिएको छ । यी दुवै धारालाई आधार बनाउँदै कार्की मन्त्रिपरिषद्को अध्यक्ष बनाइएको छ । यस्तै आजै तीन सदस्यीय मन्त्रिपरिषद् गठन हुने र उक्त मन्त्रिपरिषद्ले गरेको सिफारिसका आधारमा संसद् विघटन हुनेछ ।

लेटेष्ट समाचार

हमासको ग्रिनेड फालेर साथीहरूलाई जोगाए, आफू युद्धभूमिमै बिलाए विपिन

इजरायल र हमासबीचको युद्ध दुई वर्षपछि अन्त्य भएपछि सोमबार हमासले २० इजरायली बन्धक मुक्त गर्‍यो। गाजामा बन्धक बनाइएकाहरुको परिवारमा पुनर्मिलन हुँदाको क्षणले इजरायलमा खुसीयाली छ।...

‘जेनजी विद्रोह’पछि एमाले र माओवादीद्वारा मंसिरमा महाधिवेशन घोषणा, माैन कांग्रेस

काठमाडौं । भदौ २३ र २४ गतेको ‘जेनजी विद्रोह’पछि देशको राजनीतिक परिदृश्य उथलपुथल बनेको छ । यसबीच, दुई ठूला कम्युनिस्ट दल—नेकपा एमाले र नेकपा...

ओली–लेखकविरुद्धको जाहेरी प्रहरीबाटै सीधै जाँचबुझ आयोगमा

काठमाडौं । निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली र निवर्तमान गृहमन्त्री रमेश लेखकविरुद्ध परेको जाहेरी प्रहरीमार्फत दर्ता नभई सीधै जाँचबुझ आयोगमा पुगेको छ। जेनजी आन्दोलनका क्रममा...