लक्ष्मी सनराइज बैंकले बन्द गर्‍यो १२ वटा काउन्टर

काठमाडौं । लक्ष्मी सनराइज बैंक लिमिटेडले १२ वटा शाखारहित बैंकिङ काउन्टर बन्द गरेको छ ।
बैंकले विविध कारण देखाउँदै ती काउन्टर बन्द गरेको हो ।
बैंकले माघ १० गते उक्त काउन्टरहरू बन्द गर्न नेपाल राष्ट्र बैंक, भुक्तानी प्रणाली विभागको अनुमति पाएको थियो । सो अनुमतिसँगै काउन्टर पनि बन्द गरिएको बैंकले जानकारी दिएको छ ।
बन्द हुने काउन्टरहरूमा सुनवल, नवलपरासीको १, भोजपुरका २, गाईघाटका ३, तुलसीपुर १ र जनकपुरको १ शाखा रहेको छ ।
त्यस्तै सिमरा, फिदिम, बिर्तामोड र मिर्चैयाका १, १ काउन्टरसमेत बन्द गरिएको बैंकले जनाएको छ ।

LEAVE A REPLY