Page 6

सबै राजनीतिक दलसँगको सहमतिमा अध्यादेश पारित हुने महासचिव पोखरेलको दाबी

मोरङ । नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले सबै राजनीतिक दलसँगको सहमतिमा अध्यादेश पारित गरिने दाबी गरेका छन् ।
विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले सबै संसद्मा प्रतिनिधित्व गरेका सबै राजनीतिक दलको सहयोगमा हालै जारी भएका अध्यादेश पारित हुने विश्वास उनले व्यक्त गरे ।
सदनको बैठक नभएकाले बाध्यात्मक परिस्थितिमा अध्यादेश जारी गर्नुपरेको स्पष्ट गर्दै महासचिव पोखरेलले देशको अर्थतन्त्रमा उत्पन्न समस्या समाधानका साथै अन्य राष्ट्रिय विषयलाई सम्बोधन गर्न अध्यादेश जारी गरिएको उनको कथन थियो ।
सरकारले हालै सुशासन प्रवर्द्धन तथा सार्वजनिक सेवा प्रवाहसम्बन्धी अध्यादेश, आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व अध्यादेश, निजीकरण ऐन २०५० लाई संशोधन गर्न बनेको अध्यादेश, आर्थिक तथा व्यावसायिक वातावरण सुधार र लगानी अभिवृद्धिसम्बन्धी अध्यादेश, सहकारीसम्बन्धी अध्यादेश र भूमिसम्बन्धी अध्यादेश जारी गरेको हो ।

 

कीर्तिपुरको बर्न हस्पिटलमा उपचार गराउँदै अर्थमन्त्री पौडेल

पोखरा । पोखरा भ्रमण वर्ष २०२५ को उद्घाटन गर्दा बेलुन पड्किएर आगो निक्लिँदा घाइते भएका अर्थमन्त्री विष्णु पौडेलको कीर्तिपुरस्थित बर्न हस्पिटलमा उपचार सुरु भएको छ ।
उनीसँगै घाइते भएका पोखरा महानगरपालिका मेयर धनराज आचार्यलाई पनि थप उपचारका लागि काठमाण्डौं ल्याइएको छ ।
कार्यक्रममा घाइते भएपछि अर्थमन्त्री पौडेलको गण्डकी मेडिकल कलेज र मेयर धनराज आचार्यको फिस्टेल अस्पताल प्राथमिक उपचार गरेर बर्न हस्पिटल ल्याइएको हो ।
पोखरा भ्रमण वर्ष २०२५ को औपचारिक उद्घाटन गर्दा स्वीच थिचेर पानसमा बत्ति बालेपछि बेलुन उडाउन खोज्दा आगोमा परेर बेलुन पड्किँदा अर्थमन्त्री पौडेल र मेयर आर्चाय घाइते भएका हुन् । अर्थमन्त्री पौडेल र मेयर आचार्यको अनुहारको बाहिरी छाला जलेको छ ।

प्रयागराज महाकुम्भमा बस र बोलेरो ठोक्किदा, १० श्रद्धालुको मृत्यु, १९ जना घाइते

प्रयागराज । उत्तर प्रदेशको प्रयागराजमा गएराति ठूलो दुर्घटना भएको छ । महाकुम्भमा स्नान गर्न आएका १० श्रद्धालुको मृत्यु भएको छ भने १९ जना घाइते भएका छन् ।
बोलेरो र बस ठोक्किँदा दुर्घटना भएको हो । दुर्घटनामा अहिलेसम्म १० जनाको मृत्यु भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।
बस र बोलेरोमा सवार सबै मध्यप्रदेश र छत्तीसगढका बासिन्दा रहेको प्रारम्भिक जानकारीमा आएको छ । अहिले घाइतेहरुलाई अस्पताल लगिएको छ ।
जानकारी अनुसार मेजाको प्रयागराज–मिर्जापुर राजमार्गमा शुक्रबार राति यो घटना भएको हो । यहाँ भक्तजन बोकेको बोलेरो र बोलेरो बस एक आपसमा ठोक्किँदा बोलेरोमा सवार १० भक्तजनको घटनास्थलमै ज्यान गएको हो । ती सबै छत्तीसगढको कोरबा जिल्लाका बासिन्दा रहेको र संगम स्नान गर्न जाँदै गरेको जनाईएको छ ।
अर्कोतर्फ बसमा सवार १९ जना पनि दुर्घटनामा घाइते भएका छन् । उनीहरु संगममा स्नान गरेर वाराणसी फर्किरहेका थिए । घाइते सबैलाई सीएचसी रामनगरमा भर्ना गरिएको जनाईएको छ । बसमा सवार सबै मध्य प्रदेशको राजगढ जिल्लाका बासिन्दा हुन् ।
प्रहरीले दुर्घटनाको अनुसन्धान गरिरहेको जनाएको छ ।

आहारारा पोखरा गोल्डकपको उपाधिका लागि पुलिस र ब्ल्याक बुल्स भिड्दै

पोखरा । २४औं आहारारा पोखरा गोल्डकपको उपाधिका लागि नेपाल पुलिस क्लब र उज्वेकिस्तानको ब्ल्याक बुल्सबीच आज प्रतिस्पर्धा हुँदैछ ।
खेल पोखरा रंगशालामा दिउँसो २ः३० बजे सुरु हुनेछ । पुलिसले ११औं पटक फाइनल खेल्न लागेको हो भने ब्ल्याक बुल्स पहिलो सहभागितामै फाइनल पुगेको हो ।
पुलिसले उद्घाटन खेलमै आयोजक सहारा क्लबलाई १, ० ले पराजित गरेको थियो । क्वाटरफाइनलमा ब्रिगेड ब्वाइज क्लब युकेलाई २, ० ले पराजित गरेको पुलिसले सेमिफाइनलमा ए डिभिजन लिग विजेता चर्च ब्वाइज युनाइटेडलाई १, ० ले हराएर फाइनल पुगेको हो ।
बाई पाएर सिधै क्वाटरफाइनल खेलेको ब्ल्याक बुल्सले खेलेको दुवै खेलमा उत्कृष्ट प्रदर्शन गर्दै फाइनल पुगेको हो । क्वाटरफाइनलमा सिक्किमको थण्डरबोल्ट नर्थ युनाइटेडलाई ३, ० ले पराजित गरेको ब्ल्याक बुल्सले पाँच पटकको आहारारा पोखरा गोल्डकप विजेता थ्री स्टारलाई ४, ० ले हराएर पहिलो सहभागितामै फाइनल पुगेको हो ।
पुलिसले २४ मध्ये २३ संस्करण खेलेको छ र आहारारा पोखरा गोल्डकपमा कीर्तिमान बनाउने अवसर छ । पुलिसले फाइनल जिते सर्वाधिक ७ पटक उपाधि जित्ने पहिलो टिम बन्नेछ ।

सत्तारुढ दलहरूको बैठक बस्दै

काठमाण्डौं । सत्तारुढ दलहरूको बैठक शनिाबर बिहान बस्दैछ । सरकारको उच्चस्तरीय राजनीतिक संयन्त्रको शुक्रबार बसेको बैठकले शनिाबर सत्तापक्षको बैठक बोलाउने निर्णय गरेको थियो ।
जनता समाजवादी पार्टी नेपाल र लोकतान्त्रिक समाजवादी पार्टीले मुख्यतयाः भूमि सबन्धी अध्यादेशमा समर्थन नजनाउने र विपक्षमा उभिने धारणा सार्वजनिक गरेपछि सत्तारूढ दलको संयुक्त बैठक बोलाइएको हो ।
बैठकमा संविधान संसोधन सम्बन्धी कार्यदलले आफ्नो धारणा राख्ने तथा सत्य निरूपण तथा मेलमिलाप आयोगका बारेमा छलफल गरिने जनाइएको छ ।
बैठकमार्फत अध्यादेशका बारेमा निष्कर्षमा पुग्न शनिबार संयुक्त बैठक बोलाइएको नेताहरूको भनाइ छ । त्यस्तै कार्यदल बैठकले संविधान संशोधनका लागि कार्यदल बनाउने निर्णय पनि गरेको छ ।
‘हामी सबैसँग छलफल, संवाद र सहमति गर्छौ, अध्यादेशका विषयवस्तु राम्रा छन् । यसमा प्रतिपक्ष पनि सहमत हुन्छ भन्ने विश्वास छ’ गृहमन्त्रीसमेत रहेका संयन्त्रका सदस्य रमेश लेखकको भनाइ छ ।

कांग्रेस–एमालेको ध्यान संविधान उल्ट्याउनमा रहेको प्रचण्डको आरोप

दोलखा । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कांग्रेस एमालेको नेतृत्व संविधान च्यातेर जनताका अधिकार उल्ट्याउनमा केन्द्रित रहेको आरोप लगाएका छन् ।
माओवादी केन्द्र जिरी नगरपालिका, दोलखाको तेस्रो अधिवेशन उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले यस्तो आरोप लगाएका हुन् ।
‘एमाले नेतृत्व र कांग्रेसका एकथरिले संविधानको प्रस्तावना र धारा उपधारामा माओवादी नै माओवादी देख्ने गरेका छन्,’ अध्यक्ष प्रचण्डले भने, ‘‘उनीहरू संविधान संशोधन होइन, कुनै पनि बहाना गरेर यो संविधान उल्ट्याउन चाहन्छन् ।’
दुई दुई पटक संविधान मिचेर संसद विघटन गरेको घटना यसकै उपज रहेको स्मरण गराउँदै उनले अहिले पनि यही प्रवृत्ति र प्रयास नरोकिएको जनाए ।
‘मलाई सरकारबाट हटाउँदा संविधान संशोधनलाई मुख्य एजेण्डाको रुपमा अघि सारिएको थियो तर अहिले आएर प्रधानमन्त्रीले नै २०८७ मा मात्रै संविधान संशोधन हुने भन्न थालेका छन्’ प्रचण्डले भने, ‘यसबाट उनीहृ संविधान संशोधनमा इमान्दार छैनन् भन्ने देखिन्छ ।’
संविधान बनाउनैपर्ने बाध्यताका कारण आफ्ना मुद्दाहरूलाई फरक मतको रुपमा राखेर सम्झौतामा अघि बढेको उल्लेख गर्दै अध्यक्ष प्रचण्डले अब प्रत्यक्ष कार्यकारी राष्ट्रपति र पूर्ण समानुपातिक निर्वाचन प्रणालीको एजेण्डा अघि बढाउने जनाए ।
आफू तेस्रोपटक प्रधाननमन्त्री हुँदा सुशासन, सामाजिक न्याय र समृद्धिको ऐतिहासिक अभियान थालनी गर्न पाएकोमा गर्व महसुस भएको प्रचण्डको भनाइ छ ।
राष्ट्रिय अन्तर्राष्ट्रिय पहल बिचौलिया र दलालहरुलाई मन नपरेर आफूलाई सरकारबाट हटाइएको उल्लेख गर्दै अध्यक्ष प्रचण्डले सेटिङमा काम गर्ने र विना मेहनत करोडौं लुट्नेहरूले आफूअनुकूल सरकार बनाएको जनाए ।
‘मलाई हटाएको कांग्रेस र एमालेका नेताहरुले भन्दा पनि दलाल, भूमाफिया र बिचौलियाहरूले हो,’ उनले भने, ‘उनीहरूले कांग्रेस र एमालेका प्रमुख नेताहरुलाई आफ्नो घरमा बोलाएर सरकार परिवर्तन गरेको जनताले स्पष्टसँग बुझिसकेका छन् ।’

सरकारले अध्यादेशमार्फत कानुनी समस्यालाई सम्बोधन गर्ने महासचिव पोखरेलको दाबी

काठमाडौं । नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले सरकारले अध्यादेशमार्फत विभिन्न कानुनी समस्यालाई सम्बोधन गर्ने प्रयास गरेको दाबी गरेका छन् ।
शुक्रबार एमाले केन्द्रीय विज्ञान तथा प्रविधि विभागद्वारा पार्टी केन्द्रीय कार्यालयमा आयोजित नेपालका लागि आइसिटीमा आधारित उद्यमशीलता, आर्थिक समृद्धिको नयाँ बाटो विषयक अन्तरक्रिया कार्यक्रम बोल्दै पोखरेलले अध्यादेशको विरोध भएको र यो असफल हुन्छ कि भन्ने नठान्न आग्रह गरे । ‘यो प्रमुख पार्टीहरूले सचेततापूर्वक गरेको काम हो, त्यस अर्थमा त्यसलाई हामी जसरी पनि टुंग्याउँछौँ, कसैले विरोध गरेर त्यो रोकिनेवाला छैन’, पोखरेलले भने ।
अध्यादेश आफैमा कानुन भएको जनाउँदै महासचिव पोखरेलले त्यो कार्यान्वयनमा आइसकेको जनाए । अध्यादेशलाई स्थायी कानुनमा ढाल्ने जनाउँदै उनले यो कुनै समस्याको विषय नभएको स्पष्ट पारे ।
आइसिटीको विकासका लागि शिक्षाको प्रणालीमा नै परिवर्तन गर्नुपर्ने पनि उनले जनाए । पोखरेलले नेपालमा आइसिटीमा आधारित शिक्षा प्रणाली नै विकास नभएको जनाए । त्यसैले यसका विषयमा यसका विज्ञले नै नेतृत्व लिनु पर्ने महासचिव पोखरेलको धारणा छ ।
‘नयाँ प्रविधि विकास भइसक्यो, तर हामी त्यसमा नै अनविज्ञ छौँ, भएन भन्ने होइन के कसरी गर्ने भन्ने कुरामा जानु पर्दछ’, उनले भने । आइसिटीलाई प्रयोगमा ल्याउन कर नीतिमा पनि राज्य उदार बन्नु पर्नेमा उनले जोड दिए । यस विषयमा छलफल गरेर आवश्यक नीति बनाउन सकिने महासचिव पोखरेलले प्रष्ट पारे ।
डिजिटल नेपालको अवधारणा राज्यले निक्कै अघि ल्याएको भए पनि त्यो अझै कार्यान्वयनमा आउन नसकेको उनले जनाए । प्रयोगमा आएकामा पनि बारम्बार समस्या आउने गरेको पोखरेलले सुनाए ।
कर्मचारीहरूले सर्वरले काम गरेको छैन भनेर काम रोक्ने गरेको जनाउँदै उनले यसमा कर्मचारीको मनोवृत्तिले काम गरेको हो कि सेवामा नै समस्या आएको हो ? भन्दै प्रश्न गरे । यो सेवालाई प्रभावकारी बनाउन सबै क्षेत्रलाई तन्दुरुस्त बनाउनु पर्नेमा उनले जोड दिए ।

लक्ष्मी सनराइज बैंकले बन्द गर्‍यो १२ वटा काउन्टर

काठमाडौं । लक्ष्मी सनराइज बैंक लिमिटेडले १२ वटा शाखारहित बैंकिङ काउन्टर बन्द गरेको छ ।
बैंकले विविध कारण देखाउँदै ती काउन्टर बन्द गरेको हो ।
बैंकले माघ १० गते उक्त काउन्टरहरू बन्द गर्न नेपाल राष्ट्र बैंक, भुक्तानी प्रणाली विभागको अनुमति पाएको थियो । सो अनुमतिसँगै काउन्टर पनि बन्द गरिएको बैंकले जानकारी दिएको छ ।
बन्द हुने काउन्टरहरूमा सुनवल, नवलपरासीको १, भोजपुरका २, गाईघाटका ३, तुलसीपुर १ र जनकपुरको १ शाखा रहेको छ ।
त्यस्तै सिमरा, फिदिम, बिर्तामोड र मिर्चैयाका १, १ काउन्टरसमेत बन्द गरिएको बैंकले जनाएको छ ।

वाणिज्य बैंकहरुबाट घट्यो कर्जा प्रवाहः माघमा सवा १२ अर्बमात्रै

काठमाडौं । माघ महिनामा वाणिज्य बैंकहरुको कर्जा प्रवाह १२ अर्ब २३ करोड रुपियाँले बढेको छ । नेपाल बैंकर्स संघले तयार गरेको माघ महिनाको कर्जा प्रवाह सम्बन्धी तथ्यांकले यस्तो देखाएको हो ।
हाल नेपालमा २० वाणिज्य बैंक छन् । गत पुस मसान्तसम्म वाणिज्य बैंकहरुको कूल कर्जा प्रवाह ४८ खर्ब १५ अर्ब ६२ करोड रुपियाँ थियो । माघ मसान्तसम्म आउँदा त्यो ४८ खर्ब २७ अर्ब ८५ करोड रुपियाँ पुगेको छ । अर्थात्, माघमा १२ अर्ब २३ करोड रुपियाँले कर्जा प्रवाह बढेको छ । कर्जा बक्यौता (आउटस्टान्डीङ) को आधारमा यस्तो देखिएको हो ।
यद्यपि, यो बिगतका महिनाहरुको तुलनामा कम हो । गत मंसिरमा ४२ अर्ब रुपियाँ र पुसमा ९४ अर्ब रुपियाँले कर्जा प्रवाह बढेको थियो । तर, माघमा त्योअनुसार कर्जा प्रवाह बढ्न सकेको देखिन्न । पछिल्लो समय देखिएको आर्थिक शिथिलता कर्जाको माग अस्थिर छ ।
कहिले कर्जाको माग बढ्ने त कहिले घट्ने भएको बैंकरहरु जनाउँछन । समग्रमा अझै पनि सन्तोषजनक रुपमा कर्जाको माग नभएको बैंकरहरु जनाउँछन । अर्थतन्त्र चलायनमान नहुदाँ यस्तो समस्या कायमै रहेको उनीहरुको भनाइ छ ।
माघ महिनामा माछापुच्छ्रे बैंकको कर्जा प्रवाह सबैभन्दा धेरै देखिएको छ । उक्त बैंकको कर्जा प्रवाह चार अर्ब २२ करोड रुपियाँ देखिएको छ । यसैगरी लक्ष्मी सनराइज बैंक दोस्रो नम्बरमा छ । उक्त बैंकले तीन अर्ब ५७ करोड रुपियाँ कर्जा प्रवाह गरेको छ । तेस्रो नम्बरमा रहेको एभरेष्ट बैंकले तीन अर्ब ५१ करोड रुपियाँ कर्जा प्रवाह गरेको देखिन्छ ।
यसैगरी हिमालयनले तीन अर्ब ४५ करोड रुपियाँ, प्रभुले तीन अर्ब १३ करोड रुपियाँ, सानिमाले दुई अर्ब ८२ करोड रुपियाँ, नविलले दुई अर्ब ७२ करोड रुपियाँ, एनएमबीले दुई अर्ब ५९ करोड रुपियाँ र सिटीजनले एक अर्ब ९८ करोड रुपियाँले कर्जा प्रवाह बढाएका छन् ।
नेपाल बैंकले एक अर्ब ३५ करोड रुपियाँ, प्राइम कर्मशियलले एक अर्ब २२ करोड रुपियाँ, ग्लोबल आईएमईले ८४ करोड रुपियाँ, कृषि विकास बैंकले २४ करोड रुपियाँ र सिद्धार्थ बैंकले २२ करोड रुपियाँले कर्जा प्रवाह बढाएका छन् । तर, नेपाल एसबीआईको दुई करोड रुपियाँ, राष्ट्रिय वाणिज्य बैंकको दुई अर्ब ४७ करोड रुपियाँ, कुमारी बैंकको तीन अर्ब ७३ करोड रुपियाँ, नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको तीन अर्ब ९२ करोड रुपियाँ र एनआईसी एसिया बैंकको आठ अर्ब ६३ करोड रुपियाँले कर्जा प्रवाह घटेको छ ।
चालु आवको सात महिनामा भने वाणिज्य बैंकहरुको कर्जा प्रवाह दुई खर्ब ५६ अर्ब ९४ करोड रुपियाँले बढेको छ । २०८१ असारमसान्तसम्म वाणिज्य बैंककरुको कर्जा प्रवाह ४५ खर्ब ७० अर्ब ९१ करोड रुपियाँ थियो । माघ मसान्तसम्म आउँदा त्यो ४८ खर्ब २७ अर्ब ८५ करोड रुपियाँ पुगेका छ ।
यो आवमा साउनमा दुई अर्ब रुपियाँ, भदौमा ५३ अर्ब रुपियाँ र असोजमा ५६ अर्ब रुपियाँले कर्जा प्रवाह बढेको छ । तर, कात्तिकमा दुई अर्ब रुपियाँले कर्जा प्रवाह घटेको थियो । त्यसपछि मंसिरमा ४२ अर्ब रुपियाँ, पुसमा ९४ अर्ब र माघमा १२ अर्ब रुपियाँले कर्जा प्रवाह बढेको देखिन्छ ।
माघ मसान्तसम्म वाणिज्य बैंकहरुको कुल निक्षेप ५९ खर्ब ९७ अर्ब रुपियाँ छ । त्यसमा ४८ खर्ब २८ अर्ब रुपियाँ कर्जा प्रवाह भइसकेको छ । अहिले उनीहरुको औसत कर्जा निक्षेप अनुपात (सीडी रेसियो) ७९.३५ प्रतिशत छ ।
बैंकहरुले सीडी रेसियो ९० प्रतिशतसम्म पुग्ने गरी कर्जा प्रवाह गर्न पाउँछन् । त्योअनुसार वाणिज्य बैंकहरुले अझै निक्षेपको १०.६५ प्रतिशत रकम कर्जा प्रवाह गर्न पाउँछन्, जुन रकम छ खर्ब ३८ अर्ब रुपियाँ हुन आउँछ । अर्थात्, माग भएको अवस्थाम बैंकहरुले सो बरारबरको कर्जा प्रवाह गर्न सक्नेछन् ।

शाइन रेसुङ्गा डेभलपमेण्ट बैंकले फागुन ११ गते ‘ राष्ट्रिय टेन के रन’ प्रतियोगिता गर्ने

काठमाडौं । शाइन रेसुङ्गा डेभलपमेण्ट बैंकले शाइन रेसुङ्गा राष्ट्रिय टेन के रनको सद्भावना दुतमा बैकुण्ठ मानन्धरलाई नियुक्त गरिएको छ ।
फागुनको ११ गते बुटवलमा आयोजना हुने सर्वाधिक पुरस्कार राशीको १० किलोमिटरको दौड प्रतियोगितामा कीर्तिमानी धावक तथा ओलम्पियन मानन्धरलाई सद्भावना दुतमा नियुक्त गरिएको हो ।
दक्षिण एसियाली खेलकुद प्रतियोगिताका कीर्तिमानी धावक मानन्धरले दौड संस्कृतिलाई प्रबद्र्धन गर्ने उद्धेश्यले आयोजना गर्न लागिएको प्रतियोगितामा सद्भावना दुत नियुक्त गरिएकोमा आयोजक शाइन रेसुङ्गा बैंक परिवारलाई धन्यवाद दिएका छन् । उनले आम मानिसको स्वास्थ्य जीवनशैलीका लागि हरेक दिन दौडने संस्कृतिको विकास गर्नमा सबै जना जनाएका छन् ।
रन टु शाईन भन्ने नाराका साथ बैंकले आगामी फागुन ११ गते ‘शाइन रेसुङ्गा राष्ट्रिय टेन के रन’ प्रतियोगिता आयोजना गर्न लागेको जनाएको छ ।
बैंकको १७औं वार्षिकोत्सवको अवसरमा एथलेटिक्समा लोकप्रिय विधाको रुपमा रहेको १० किलोमिटरको राष्ट्रिय स्तरको दौड प्रतियोगिताको सुरुवात गर्न लागेको हो । राष्ट्रिय स्तरका धावक सहभागी रहने प्रतियोगिताको पुरस्कार राशी ५ लाख रुपियाँँ राखिएको छ । प्रतियोगितामा खुल्ला, स्थानीय ५० बर्षसम्म र स्थानीय ५० वर्ष भन्दा माथीको गरि तीन विधा रहेका छन् ।
लुम्बिनी प्रदेशका कुनै पनि जिल्ला (अर्घाखाँची जिल्ला, बाँके जिल्ला, बर्दिया जिल्ला, दाङ देउखुरी जिल्ला, पूर्वी रुकुम जिल्ला, गुल्मी जिल्ला, कपिलवस्तु जिल्ला, नवलपरासी (बर्दघाट सुस्ता पश्चिम), पाल्पा जिल्ला, प्युठान जिल्ला, रोल्पा जिल्ला, रुपन्देही जिल्लाका नागरिकता भएका धावकहरूले मात्र स्थानीय क्याटेगरीहरूमा सहभागी हुन पाउने छन् । लुम्बिनी प्रदेशको कुनै पनि जिल्लाको नागरिकता नभएका धावकले स्थानीय क्याटेगरीहरूमा आवेदन दिए पनि स्वतः खुला क्याटेगरीमा दर्ता हुनेछन् । सहभागीताको लागि ईच्छुक प्रतियोगिले एउटा विधामा मात्र नाम दर्ता गर्न सक्ने छन् ।
प्रतियोगिताको पुरुष तथा महिला विधाका विजेता धावकले जनही १ लाख रुपियाँँ प्राप्त गर्नेछन् । दोस्रो हुनेले जनही ४० हजार, तेस्रो हुनेले २० हजार, चौथों हुनेले १५ हजार र पाँचौं हुनेले जनही १० हजार प्राप्त गर्नेछन् । यस्तै, स्थानीय धावकको सहभागीता बढाउन ५ किलोमिटरको दौडमा ५० बर्ष सम्म र ५० वर्ष भन्दा माथीको गरि दुई विधा राखिएको छ । विजेता महिला पुरुष खेलाडीले जनही १५ हजार, दोस्रोले १० हजार, तेस्रोले ५ हजार, चौथोंले २ हजार पाँच सय प्राप्त गर्नेछन् ।

लेटेष्ट समाचार

हमासको ग्रिनेड फालेर साथीहरूलाई जोगाए, आफू युद्धभूमिमै बिलाए विपिन

इजरायल र हमासबीचको युद्ध दुई वर्षपछि अन्त्य भएपछि सोमबार हमासले २० इजरायली बन्धक मुक्त गर्‍यो। गाजामा बन्धक बनाइएकाहरुको परिवारमा पुनर्मिलन हुँदाको क्षणले इजरायलमा खुसीयाली छ।...

‘जेनजी विद्रोह’पछि एमाले र माओवादीद्वारा मंसिरमा महाधिवेशन घोषणा, माैन कांग्रेस

काठमाडौं । भदौ २३ र २४ गतेको ‘जेनजी विद्रोह’पछि देशको राजनीतिक परिदृश्य उथलपुथल बनेको छ । यसबीच, दुई ठूला कम्युनिस्ट दल—नेकपा एमाले र नेकपा...

ओली–लेखकविरुद्धको जाहेरी प्रहरीबाटै सीधै जाँचबुझ आयोगमा

काठमाडौं । निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली र निवर्तमान गृहमन्त्री रमेश लेखकविरुद्ध परेको जाहेरी प्रहरीमार्फत दर्ता नभई सीधै जाँचबुझ आयोगमा पुगेको छ। जेनजी आन्दोलनका क्रममा...