Page 12

रास्वपाका पूर्वमहामन्त्री ढकालको रिट सर्वोच्च अदालतद्वारा खारेज

काठमाण्डौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पूर्वमहामन्त्री डा. मुकुल ढकालले दायर गरेको रिट सर्वोच्च अदालतले खारेज गरेको छ ।
रास्वपा महामन्त्री पदमा पुनर्बहाली गर्न माग गर्दै उनले दायर गरेको रिट सर्वोच्च अदालतले खारेज गरेको छ ।
मंगलबार न्यायाधीश नहकुल सुवेदी र सुनिलकुमार पोखरेलको संयुक्त इजलासले ढकालको रिट खारेज गर्ने फैसला गरेको छ । सर्वोच्चको फैसलासँगै रास्वपाले गरेको कविन्द्र बुर्लाकोटीलाई महामन्त्री बनाउने निर्णयले कानूनी मान्यता पाएको छ ।
रास्वपाले २०८१ भदौमा डा। ढकाललाई साधारण सदस्य समेत नरहने गरी कारबाही गरेकोमा निर्णय निर्वाचन आयोगमा अद्यावधिक नगर्दा आयोगको रेकर्डमा ढकाल नै महामन्त्री रहेका थिए । सोही कागजातलाई आधार बनाउँदै ढकालले गत असार ११ गते आफू नै वैधानिक महामन्त्री रहेको दाबीसहित सर्वोच्च अदालतमा रिट दायर गरेका थिए ।
रिटमा रास्वपा कार्यालय, केन्द्रीय कार्यसमिति, हालका महामन्त्री कविन्द्र बुर्लाकोटी, प्रवक्ता मनिष झा र सभापति रवि लामिछानेलाई विपक्षी बनाइएको थियो ।

रामहरि खतिवडाले दिए राजीनामा

काठमाडौं । प्रतिनिधिसभाको राज्यव्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडा राजीनामा दिएका छन् ।
मंगलबारको प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले राजीनामाको घोषणा गरेका हुन् । संघीय निजामती सेवा विधेयकको प्रतिवेदनमा त्रुटि भएको भन्ने सम्बन्धमा अध्ययन तथा छानबिन गर्न गठित विशेष समितिले आफूलाई दोषी करार नगरिएको दाबी गर्दै उनले पदलाई भन्दा प्रश्नलाई माथि राखेर राजीनामा दिएको जनाए ।
संघीय निजामति विधेयकलाई समितिबाट पारित गर्दा समितिले कर्मचारी प्रशासनको दाउपेच शक्ति प्रदर्शन झेल्नुपरेको उनको भनाइ थियो ।
कुलिङ अफ पिरियडको गडबडी छानबिन विशेष समितिले सभापति खतिवडा र समितिका सचिव सुरजकुमार दुरालाई जिम्मेवार ठहर गरेको थियो । आफूले विधेयक गलत हुन नदिन प्रयास गरेको र निजामती विधेयकमा कुलिङ अफ पिरियड लागू गर्ने कार्यमा आफू नेतृत्वको समिति अन्तिमसम्म लागेको उनले जनाए । उनले निजामती विधेयकमा भएको त्रुटि आफू र राज्य व्यवस्था समितिका सदस्यहरूबाट नभएको दलिल र गरिहिएर नहेर्नु आफ्नो कमजोरी रहेको स्वीकार गरे ।
‘राजनीतिमा निष्ठाको कमि रहेको अवस्थामा म इतिहासमा मेरो नाम दर्ज गर्न चाहन्छु । यस्ता कुरामा सबैको ध्यान पुगोस् । संघीय निजामति विधेयक पारित गर्दा राज्य व्यवस्था तथा सुशासन समितिले धेरै कष्ट व्यहोर्नुपर्‍यो,ु उनले भने, ुउक्त विधेयकमाथिको दाउपेच र शक्ति प्रदर्शनको खेल तपाईँहरुले पनि देख्नुभयो । तिनीहरुको दबाब मैले, संसदीय समिति र सदनले पनि झेल्नु नै पर्‍यो । समितिकै सदस्यहरु संसदमा हुनुहुन्छ । उहाँहरुले पनि कुनै न कुनै झमेला खेप्नुभएकै छ ।’
उनले आफ्नो सभापतित्वको समयमा समितिबाट महत्त्वपूर्ण विधेयकहरु पारित गर्न सफल भएको दाबी गरे ।

मल आपूर्ति र उत्पादन वृद्धिमा प्रधानमन्त्रीको तीन बुँदे निर्देशन

काठमाडौं । कृषि मल व्यवस्थापन र उत्पादन वृद्धिबारे सिंहदरबारमा आयोजित गहन छलफलपछि प्रधानमन्त्री केपी शर्मा ओलीले तीन दिनभित्र कार्यान्वयनयोग्य योजना ल्याउन सम्बन्धित निकायलाई तीन बुँदे निर्देशन दिएका छन्।
प्रधानमन्त्री ओलीले कृषि तथा उद्योगमन्त्रीसहित सम्बद्ध अधिकारीहरूसँगको बैठकपछि पहिलो, रासायनिक मलको आपूर्ति व्यवस्था चुस्त बनाउन नयाँ ढाँचासहितको ठोस योजना पेश गर्न, दोस्रो, कम्पोष्ट र अर्ग्यानिक मलको उत्पादन तथा प्रयोगका लागि राष्ट्रिय अभियान सञ्चालन गरी अनुदान नीतिको प्रस्ताव ल्याउन, र तेस्रो, माटोको उर्वरता जोगाउने प्रकारको रासायनिक मल कारखाना नेपालमै खोल्ने सम्भाव्यता अध्ययनको खाका तयार गर्न निर्देशन दिएका हुन्।
उनले समयमै मल आपूर्ति र उत्पादनको दिगो व्यवस्थापनका लागि स्पष्ट योजना र व्यवहारिक कदम आवश्यक रहेको भन्दै तोकिएको म्यादभित्र प्रतिवेदन पेस गर्न सम्बद्ध निकायलाई आग्रह गरेका छन्।

हिमालयन बैंकको नाफा १ अर्ब ५१ करोड

काठमाडौँ । हिमालयन बैंकले आर्थिक वर्ष २०८१, ८२ मा १ अर्ब ५१ करोड नाफा कमाएको छ । बैंकले प्रकाशन गरेको वित्तीय विवरण अनुसार बैंकको खुद नाफा सामान्य वृद्धि भएर सो बराबर पुगेको हो । अघिल्लो वर्ष बैंकले यही अवधिमा १ अर्ब २३ करोड रुपैयाँ नाफा कमाएको थियो । समीक्षा अवधिमा बैंकको यस्तो नाफा २२.१५ प्रतिशत बढेको हो।
बैंकको नाफा बढ्नुमा इम्पेरमेन्ट चार्ज घट्नु मुख्य कारण देखिएको छ । समीक्षा अवधिमा बैंकको इम्पेरमेन्ट चार्ज ५ अर्ब २६ करोड रुपैयाँबाट घटेर १ अर्ब ५३ करोड रुपैयाँमा झरेको छ। एक वर्षको अवधिमा बैंकको खुद ब्याज आम्दानी घटेर १० अर्ब ४५ करोडमा झरेको छ । गत वर्ष यस्तो आम्दानी ११ अर्ब ६१ करोड रहेको थियो । शुल्क तथा कमिसनतर्फको आम्दानीमा भने सामाइन वृद्धि भई १ अर्ब १५ करोड रुपैयाँ पुगेको छ ।
२१ अर्ब ६५ करोड ६६ लाख रुपैयाँ चुक्ता पुँजी रहेको यस बैंकको जगेडा कोषमा १६ अर्ब २५ करोड रुपैयाँ सञ्चित छ। यस अनुसार बैंकको प्रतिशेयर नेटवर्थ १७५.०७ रुपैयाँ बराबर हुन आउँछ । असार मसान्तसम्ममा बैंकले ३ खर्ब ९ अर्ब १५ करोड रुपैयाँ निक्षेप सङ्कलन गरी २ खर्ब ३२ अर्ब ८५ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ।
बैंकको नाफा सकारात्मक भए पनि उठ्नुपर्ने ब्याजबापत नियामकीय समायोजनमा छुट्याउनुपर्ने रकम तथा अन्य रिजर्भका कारणले लाभांश बाँड्न नसक्ने अवस्थामा छ । बैंकको वितरणयोग्य मुनाफा ७ अर्ब १० करोड रुपैयाँ ऋणात्मक रहेको छ जुन प्रतिशेयर आम्दानी ३२.७९ रुपैयाँ ऋणात्मक हो ।
असार मसान्तमा बैंकको पुँजीकोष अनुपात ११.६४ प्रतिशत, निष्क्रिय कर्जा अनुपात ७.२८ प्रतिशत, कस्ट अफ फण्ड ४.८४ प्रतिशत, बेसरेट ६.६३ प्रतिशत एवं ब्याजको स्प्रेडदर ३.२९ प्रतिशत रहेको छ ।

माछापुच्छ्रे बैंकको नाफा २ अर्ब

काठमाडौं । व्यवसाय विस्तारसँगै आम्दानीमा भएको वृद्धि र सम्भावित कर्जा नोक्सानी व्यवस्था घट्दा माछापुच्छ्रे बैंकको नाफा उल्ल्लेख्य बढेको छ । बैंकले गत आर्थिक वर्ष २०८१, ८२ मा २ अर्ब १ करोड १५ लाख रुपैयाँ नाफा आर्जन गरेको हो जुन अघिल्लो आर्थिक वर्ष २०८०, ८१ को १ अर्ब ४ करोड ५२ लाख भन्दा ९२.४५ प्रतिशतले बढेको हो ।
बैंकको गत आर्थिक वर्षमा निक्षेप १६.०९ प्रतिशतले बढेर १ खर्ब १४ अर्ब १८ करोड र कर्जा ११.७४ प्रतिशतले बढेर १ खर्ब ४१ अर्ब ६४ करोड पुगेको छ । बैंकको व्यवसाय बढेसँगै खुद ब्याज आम्दानी १५.४१ प्रतिशतले बढेर ५ अर्ब ७५ करोड ६७ लाख पुगेको छ । त्यस्तै खुद फि तथा कमिसन आम्दानी १८.१६ प्रतिशतले बढेर १ अर्ब २८ करोड ५२३ लाख पुगेको छ ।
यता कर्जा नोक्सानी व्यवस्थाको लागि छुट्याएको रकम अघिल्लो वर्षको भन्दा कम अर्थात् ३५ करोड ३८ लाख मात्रै हुँदा बैंकको सञ्चालन आम्दानीसँगै नाफा उल्लेख्य बढेको हो । अघिल्लो आवमा बैंकले कर्जा नोक्सानीको लागि १ अर्ब ३९ करोड ४२ लाख रुपैयाँ छुट्याएको थियो । आम्दानी बढेको र कर्जा नोक्सानी व्यवस्थालाई छुट्याएको रकम घटेसँगै बैंकको सञ्चालन नाफासँगै नाफा पनि बढेको हो । बैंकको सञ्चालन नाफा अघिल्लो वर्षको तुलनामा ९९.९१ प्रतिशतले बढेर ३ अर्ब ३३ करोड २ लाख रुपैयाँ पुगेको छ । गत आर्थिक वर्षमा बैंकको गैर सञ्चालन खर्च ४७ करोड ८३ लाख छ । यसले गर्दा सञ्चालन नाफाको तुलनामा बैंकको खुद नाफा बढेको छैन ।
११ अर्ब ६२ करोड १४ लाख चुक्ता पुँजी रहेको बैंकको सञ्चित नाफा १ अर्ब ७ करोड ६९ लाख रुपैयाँ छ । यस्तै जगेडा कोषमा ६ अर्ब ३१ करोड रुपैयाँ पुगेको छ । चुक्ता पूँजी नबढेको बैंकको नाफा बढेसँगै प्रतिसेयर आम्दानी ८ रुपैयाँ ९९ पैसाबाट बढेर १७ रुपैयाँ ३० पैसा पुगेको छ । त्यस्तै निष्कृय कर्जा सामान्य घटेर ३.८६ प्रतिशतबाट ३.८३ प्रतिशतमा झरेको छ । खुद निष्कृय कर्जा १.१९ प्रतिशत छ ।
बैंकको बक्यौता ब्याज २ अर्ब २ करोड र कर्जा नोक्सानीको लागि गरेको कुल प्रोभिजन ४ अर्ब ४६ करोड पुगेको छ । नाफा बढेर सञ्चित नाफा पनि बढ्दा बैंकको प्राथमिक पुँजीकोष अनुपात ९.४१ प्रतिशत पुगेको छ । बैंकको लगानीमा प्रतिफल ११.१३ प्रतिशत पुगेको छ । आधार दर ६.३० प्रतिशतमा झरेको छ भने मुल्य आम्दानी अनुपात १४.९९ प्रतिशत र प्रतिसेयर नेटवर्थ १६३ रुपैयाँ ८ पैसा पुगेको छ । बैंकको लाभांश क्षमता ९.२३ प्रतिशत छ ।
गत आर्थिक वर्षमा १ अर्ब ४४ करोड वितरणयोग्य नाफा आर्जन गरेपनि गत आवको सञ्चित घाटाले वितरणयोग्य नाफा १ अर्ब ७ करोड मात्रै छ । बैंकले गैर बैंकिङ सम्पत्ती बिक्री गर्दा रेगुलेटरी रिर्जभबाट ४६ करोड १४ लाख ब्याक गरेको छ । त्यस्तै उठ्न नसकेको बक्यौता ब्याज उठाएर २ अर्ब ९१ करोड नियाकमीय जगेडा कोषबाट सञ्चित नाफामा ट्रान्सफर भएको छ ।

एनएमबि बैंकको नाफा सवा ३ अर्ब

काठमाडौं । एनएमबि बैंक लिमिटेडको नाफा गत आर्थिक वर्षमा ४६.२२ प्रतिशतले बढेको देखिएको छ ।
अघिल्लो आव २०८०, ०८१ मा २ अर्ब २४ करोड रुपियाँ नाफा कमाएको बैंकले गत आव २०८१, ०८२ मा ३ अर्ब २८ करोड रुपियाँ नाफा कमाएको छ ।
समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी ११.१४ प्रतिशतले बढेर ८ अर्ब २ करोड ८ लाख रुपियाँ र खुद फी तथा कमिशन आम्दानी २१.६२ प्रतिशतले बढेर २ अर्ब १८ करोड १७ लाख रुपियाँ पुगेको छ ।
त्यस्तै, बैंकको कुल सञ्चालन आम्दानी १४.३४ प्रतिशत र सञ्चालन मुनाफा ६४.४६ प्रतिशत बढेको छ ।
नाफासँगै बैंकको प्रतिशेयर आम्दानी पनि बढेको छ । यस अवधिमा बैंकको प्रतिशेयर आम्दानी ५.६६ रुपियाँले बढेर १७.९०रुपियाँ पुगेको छ भने प्रतिशेयर नेटवर्थ १८०.६८ रुपियाँ र मूल्य आम्दानी अनुपात १५.१० गुणा रहेको छ ।
१८ अर्ब ३३ करोड ६७ लाख रुपियाँ चुक्ता पुँजी रहेको बैंकको जगेडा कोषमा १४ अर्ब ३१ करोड रुपियाँ सञ्चित छ । गत आवको चौथो त्रैमाससम्म बैंकको वितरणयोग्य मुनाफा १ अर्ब ९० करोड रुपियाँ रहेको छ भने वितरणयोग्य प्रतिशेयर आम्दानी १०.४१ रुपियाँ रहेको छ।

नबिल बैंकको नाफामा १५ प्रतिशतको वृद्धि, खराब कर्जा घट्यो, लाभांश क्षमता बढ्यो

काठमाडौं । नबिल बैंकले गत आर्थिक वर्षमा ७ अर्ब १२ करोड ७५ लाख रुपियाँ नाफा निकालेको छ । यो अघिल्लो आवको तुलनामा १५ प्रतिशतले बढी हो । अघिल्लो आवमा बैंकले ६ अर्ब १९ करोड ७१ लाख रुपियाँ नाफा कमाएको थियो ।
गत आवको चौथो त्रैमाससम्म बैंकको खुद ब्याज आम्दानी सामान्य बढेर १६ अर्ब ३२ करोड ७२ लाख, खुद शुल्क तथा कमिसन आम्दानी ५.३८ प्रतिशत बढेर ३ अर्ब ४१ करोड ६१ लाख, कुल सञ्चालन आम्दानी ३.४० प्रतिशतले बढेर २१ अर्ब ५१ लाख र सञ्चालन नाफा २५.४४ प्रतिशत बढेर १० अर्ब ८४ करोड ७८ लाख रुपियाँ पुगेको छ ।
यस अवधिमा बैंकको नाफासँगै प्रतिशेयर आम्दानी पनि बढेको छ । अघिल्लो आवमा ३.४४ रुपियाँ रहेको यस्तो आम्दानी गत आवमा बढेर २६.३४ रुपियाँ पुगेको छ । त्यस्तै, बैंकको प्रतिशेयर नेटवर्थ २३५.५८ रुपियाँ र मूल्य आम्दानी अनुपात २०.५५ गुणा रहेको छ ।
अघिल्लो आवमा ४.४५ प्रतिशत रहेको खराब कर्जा गत आवमा ४.२७ प्रतिशतमा झरेको छ ।
त्यस्तै, गत आवमा बैंकको वितरणयोग्य नाफा ५४.८६ प्रतिशतले बढेर अर्ब ७७ करोड रुपियाँ रहेको छ । यसका आधारमा बैंकको लाभांश वितरण क्षमता १७.६४ प्रतिशत रहेको देखिन्छ । अघिल्लो आवमा यस्तो क्षमता लाभांश क्षमता ११.३९ प्रतिशत थियो ।
२७ अर्ब ५ करोड ६९ लाख चुक्ता पुँजी रहेको बैंकको जगेडा कोषमा करिब ३१ अर्ब ९१ करोड रुपियाँ सञ्चित छ ।

आज बागमतीका मुख्यमन्त्री बानियाँले विश्वासको मत लिँदै

काठमाण्डौैं । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आज प्रदेशसभाबाट विश्वासको मत लिने भएका छन् ।
यसअघि नेकपा एमाले र नेपाली कांग्रेसको समर्थनमा सरकार गठन गरेका बानियाँले संवैधानिक प्रावधान अनुसार विश्वासको मत लिन लागेका हुन् ।
यही साउन २० मा मुख्यमन्त्री पदमा नियुक्त बानियाँले ३० दिनभित्र संसद्बाट विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था छ ।
नेपालको संविधानको धारा १६८ को उपधारा (४) तथा प्रदेश सभा नियमावली, २०७४ को नियम १४३ को उपनियम (१) अनुसार मुख्यमन्त्री बानियाँले विश्वासको मत प्रस्ताव पेश गर्ने उल्लेख गरिएको छ ।
यसका लागि सभामुख भुवन कुमार पाठकले आज अपरान्ह ४ बजे प्रदेश सभा बैठक बस्नेगरी मिति निर्धारण गरेका छन् । बैठकमा विश्वासको मत प्रस्तावमाथि छलफल गरी मतदान गरिनेछ ।
मुख्यमन्त्री बानियाँले हाल प्रदेशको नेतृत्व गरिरहेका छन् । हालको सत्ता समीकरणमा नेपाली कांग्रेस र नेकपा एमालेसहितको समर्थनमा बनेको सरकारलाई विश्वासको मत पाउनुपर्ने संवैधानिक आवश्यकता छ । विश्वासको मत प्रक्रिया प्रदेश सरकारको स्थायित्व र आगामी नीतिगत निर्णयका लागि महत्वपूर्ण मानिन्छ ।
कांग्रेसका बागमती प्रदेश सभापतिसमेत रहेका बानियाँ आफ्नो दलका ३७ र सत्ता साझेदार एमालेका २७ गरी कुल ६४ सांसदको समर्थनमा मुख्यमन्त्री बनेका हुन् । आफ्नै दलका नेता बहादुरसिंह लामालाई विस्थापन गर्दै बानियाँ मुख्यमन्त्री बनेका हुन् ।

आज संघीय संसद्का दुवै सदनको बैठक बस्दै

काठमाडौं । आज संघीय संसद्का दुवै सदनको बैठक बस्दैछ।
प्रतिनिधिसभाको बैठक आज अपराह्न १ बजे र राष्ट्रियसभाको बैठक १ः१५ बजे बस्दैछ।
प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले ‘राष्ट्रिय दलित आयोगको वार्षिक प्रतिवेदन आव २०८०, ८१’ पेस गर्ने सम्भावित कार्यसूची छ।
शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले ‘राष्ट्रियसभामा उत्पत्ति भएको तिलगङ्गा नेत्र विश्वविद्यालय विधेयक, २०८१ लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन्।
यसैगरी, राष्ट्रियसभाको बैठकमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले ‘अभौतिक सांस्कृतिक सम्पदा (संरक्षण) विधेयक, २०८१’ सभासमक्ष पेस गर्ने कार्यसूची छ।
संविधानसभा सदस्य एवं पूर्वराज्यमन्त्री खड्गबहादुर बस्यालको निधनप्रति दुवै सदनमा श्रद्धाञ्जली अर्पण गर्दै शोक प्रस्ताव प्रस्तुत गर्ने कार्यक्रम पनि छ।

युवाको ऊर्जा, सिर्जनशीलता र सपनामा नै राष्ट्रको भविष्य छ ः प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले फूलको मुस्कान कोपिलामा भएजस्तै युवाको ऊर्जा, सिर्जनशीलता र सपनामा नै राष्ट्रको भविष्य रहेको जनाएका छन् ।
मंगलबार अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा शुभकामना दिँदै प्रधानमन्त्री ओलीले हाम्रो सकारात्मक सोच, निरन्तरको प्रयास र एकताबद्ध व्यवहारले देशलाई समृद्ध बनाउने सङ्कल्प पूरा हुने जनाएका हुन् ।
आज अन्तर्राष्ट्रिय युवा दिवस । सन् १९९९ मा संयुक्त राष्ट्रसंघले युवाहरूको योगदान, अधिकार र अवसरको सम्मान गर्ने दिनका रूपमा हरेक वर्ष अगस्ट १२ लाई युवा दिवस घोषणा गर्‍यो । ‘पहिलो पटक सन् २००० मा युवा दिवस मनाइएको थियो । यसले युवालाई सामाजिक, आर्थिक, सांस्कृतिक र राजनीतिक क्षेत्रमा सशक्त बनाउन प्रेरणा दिएको छ ।’ प्रधानमन्त्री ओलीले सामाजिक सञ्जालमा लेखेका छन् ।
युवा शक्ति परिवर्तनका संवाहक रहेको प्रधानमन्त्री ओलीको भनाइ छ ।

लेटेष्ट समाचार

समानुपातिक बन्दसूचीका ७६ जना उम्मेदवार अयोग्य ठहर

काठमाण्डौं । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै निर्वाचन आयोगले समानुपातिक प्रणालीअन्तर्गत दलहरूले पेस गरेका बन्दसूचीबाट ७६ जना उम्मेदवारलाई अयोग्य...

नेपालले आज युएईविरुद्ध टी–२० क्रिकेट विश्वकपको वार्मअप खेल खेल्दै

काठमाडौँ । आईसीसी टी २० विश्वकपअन्तर्गत समूह चरणको खेल खेल्नुअघि पहिलो वार्म अप खेलमा नेपालले आज यूएईसँग खेल्दै छ। नेपाल र यूएईबीचको वार्म अप खेल...

झापा–५ मा बालेनको चुनावी अभियान तीव्र

काठमाण्डौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन शाह यतिखेर झापामा छन्। निर्वाचन नजिकिँदै जाँदा उनले झापा–५ मा चुनावी प्रचारप्रसार तीव्र बनाएका...